ट्रेंडिंग:

>> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो
विशेष समाचार

लुम्बिनी प्रदेश सरकार : उद्योग नीतिमा फेल

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ मा गरी २४ वटा औद्योगिक ग्रामको डिपिआर तयार गरेको भएपनि औद्योगिक ग्राम स्थापनाका लागि प्रभावकारी काम भएको छैन । प्रदेश सरकारले उद्योगमार्फत रोजगारी दिने ठूला गफ गरे पनि औद्योगिक ग्राम स्थापनाको काम लामो समयसम्म कागजमै सीमित भएको छ ।
७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

बुटवल, ७ माघ ।

लुम्बिनी प्रदेश सरकारले औद्योगिक लगानी भित्र्याउन भन्दै २०७५ सालमा औद्योगिक व्यवसाय सम्बन्धी ऐन ल्यायो । उद्योग दर्ता, नवीकरण, स्थानान्तरण, उद्योगमा भएको क्षतिको क्षेतिपूर्ति लगायतका कुरा समेट्दै ऐन ल्याइएको थियो । तर उक्त ऐन आएपछि पनि न त प्रयाप्त औद्योगिक लगानी भित्रियो, न त यसबाट उद्योगी व्यवसायीले प्रयाप्त सुविधा लिए । ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा अहिलेसम्म औद्योगिक व्यवसाय ऐन कागजमै सीमित भएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले २०७६ साल भदौमा “प्राइभेट फर्म दर्ता ऐन २०७६” ल्यायो । यो ऐनले व्यापार र उद्योग व्यवसाय गर्ने प्राइभेट फर्महरुको दर्ता, नियमन, सहजीकरण र अन्य व्यवस्थाहरु गरी प्रदेशको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । तर यो ऐन आएपछि पनि प्रदेशमा लघु, घरेल तथा साना उद्योगहरुको दर्ता त भयो, तर प्रदेश सरकारले यसको नियमन भने गरेन । ऐन ल्याउने र कागजमै थन्काउने परिपाटीले प्रदेश सरकारले ऐन मार्फत उद्योग क्षेत्र सुधार गर्न ल्याएको यो योजना पनि कमजोर रह्यो ।

उद्योग क्षेत्रका लागि एकातर्फ ऐन नियम कार्यान्वयन नगर्नु र अर्कोतर्फ आवश्यक ऐन नियम नबन्दा प्रदेशका १२ वटा जिल्लामा दर्ता भएका उद्योगलाई हेरेर प्रदेश सरकारले उपलव्धिको रुपमा व्याख्या गर्दै आएको छ । तीन वर्षयता प्रदेशमा २५ हजार ५८९ वटा साना, लघु तथा घरेलु उद्योगहरु दर्ता भएका छन् । यिनै दर्ता भएका उद्योगलाई प्रदेश सरकारले उपलव्धि मानिरहेको छ । तर ती उद्योगको अवस्था के छ भन्नेबारे भने प्रदेश सरकारसँग जवाफ छैन । त्यस्तै विभिन्न उद्यम विकास तालिमबाट १४ हजार ५६८ नयाँ लघु उद्यमीहरु तयार भएको प्रदेश सरकारको दावी छ । विभिन्न उद्योगमा गरी प्रदेश सरकार स्थापना भएयता ४३ हजार ९४६ जनालाई रोजगारी उपलव्ध गराएको तथ्यांक छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा १० वटा औद्योगिक ग्रामको डिपिआर तयार गरेको भएपनि औद्योगिक ग्राम स्थापनाका लागि प्रभावकारी काम भएको छैन । ती औद्योगिक ग्राम स्थापना नहुँदै प्रदेश सरकारले फेरि आर्थिक वर्ष २०७७÷७८ मा १५ वटा औद्योगिक ग्रामको डिपिआर तयार ग¥यो । तर डिपिआर त बन्यो, त्यसपछिका प्रक्रिया तीव्ररुपमा अगाडि नबढ्दा औद्योगिक ग्राम स्थापनाको काम पनि लामो समयसम्म कागजमै सीमित भएको छ ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका घरेलु कार्यालयहरुमा प्रदेश स्थापना हुनुपुर्व आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तसम्म कुल ४६ हजार ४०७ उद्योग दर्ता थिए । यसमा साना उद्योगको संख्या मात्रै ४० हजारको हाराहारीमा रहेको मन्त्रालयको तथ्यांक छ ।

अहिले भने यो संख्या ९० हजार ५९१ रहेको छ । लघु तथा घरेलु उद्योग स्थापनाको क्रम बढेपनि प्रदेश सरकारले उद्योग व्यवसाय क्षेत्र माथि उकास्ने गरी कुनै नीतिगत व्यवस्था गर्न सकेको छैन । मन्त्रालयका अधिकृत बालकृष्ण गैरे भन्छन्–“उद्योग क्षेत्रलाई लक्षित गरी ठोस् सुधारका काम भएका छैनन् ।” उद्योग क्षेत्रमा सुधार ल्याउने खालका ऐन नियम नबनेको र केही बनेका ऐन पनि विभिन्न प्राविधिक समस्याका कारण प्रभावकारी कार्यान्वयनमा आउन नसकेको उनले स्वीकार गरे ।

लुम्बिनी प्रदेश सरकारले उद्यमीलाई लक्षित गर्दै ब्याज अनुदान कार्यक्रम समेत ल्यायो । यो कार्यक्रममार्फत बाँकेका ४६ जना उद्यमीले सिफारिस पाए तर अनुदान रकम भने पाएनन् । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै उद्यमीले सिफारिस पाएर पनि बैंकले रकम दिएन । रुकुम, प्यूठान, अर्घाखाँचीका उद्यमीले पनि अनुदानका लागि आवदेन दिए तर कसैले अनुदान पाएनन् ।

कपिलवस्तुबाट ४८ जनालाई सिफारिस गरिएकामा पाँच जनाले मात्रै अनुदान पाए । अनुदानका लागि नवलपरासीबाट आठ जनामध्ये चार, रुपन्देहीमा पाँच जनामध्ये एक, बर्दियामा नौ जनामध्ये दुई, गुल्मीमा १२ जनामध्ये दुई जनाले मात्रै अनुदान पाए । रुकुममा ५० जना सिफारिसमा परे पनि आठ जनाले अनुदान पाए । पाल्पामा एक जनाले पाए । अनुदान रकम सबैभन्दा बढी दाङका २६ जना उद्यमीलाई सिफारिस गरिएकामा २५ जनाले अनुदानबापतको ऋण रकम पाए ।

उद्यम, व्यवसाय प्रवद्र्धनका लागि ‘उद्यमीको साथ लुम्बिनी प्रदेश सरकार’ भन्ने नारासहित नयाँ उद्यमीलाई ब्याज अनुदान कार्यक्रम ल्याए पनि प्रभावकारी हुन सकेन । अनुदान रकम न्यून हुनु र बैंकिङ प्रक्रिया निकै झन्झटिलो भएपछि आवेदन दिएका धेरैले ऋण रकम पाउन सकेनन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल प्रदेश सरकारले स्वदेशमै उद्यम गर्न चाहनेका लागि ब्याज अनुदान कार्यक्रम ल्याए पनि प्रक्रिया झन्झटिलो भएपछि अनुदान लिनेको संख्या कम रहेकोे बताउँछन् । अर्का उद्योगी दिनेश प्रसाद श्रेष्ठले सरकारले गरेको लगानी सही ठाउँमा हुनुपर्ने भन्दै पहुँचका भरमा अनुदान दिँदा उपलब्धि राम्रो नआउने बताउँछन् ।

प्रदेश सरकारको उद्योग, वन तथा वातावरण मन्त्रालयले कुनै सरकारी निकायबाट अनुदान प्राप्त नगरेका नयाँ उद्यमीलाई घरेलु तथा साना उद्योग कार्यालयको सिफारिसमा नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमार्फत ऋण रकम लिन सकिने व्यवस्था गरेको थियो तर अधिकाँश उद्यमी बैंकिङ प्रक्रिया झन्झटिलो हुँदा अनुदान लिन नसकेको बताउँछन् ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा १३ हजार ५७५ उद्योग छन् । जसमा रु ९७ अर्ब ६९ करोड कुल पुँजी लगानी छ । यी यद्योगको वार्षिक उत्पादन क्षमता रु ३४ अर्ब ४० करोड छ । प्रदेशमा १४ हजार ६४३ उद्यमीको संख्या रहेको मन्त्रालयको तथ्याङ्क छ । ती उद्योगमा ४९ हजार ९४ जनाले रोजगारी पाएका छन् । मन्त्रालयका सचिव रामहरि ज्ञवाली जनशक्ति अभाव, आवश्यक ऐन, नियम कार्यविधीहरु नबन्दा पनि उद्योग क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?