ट्रेंडिंग:

>> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत
फ्रन्टपेज

रामनाथ बन्दैछन् अगुवा किसान

रामनाथले जानेको समस्या आए आफै समस्या समाधान गर्दछन् । नजानेको समस्या आए आफु भन्दा अग्रज प्राविधिकहरुको सर सल्लाह लिन्छन् । त्यसरी मात्र होइन प्रविधिको प्रयोगबाट घरमा नै समस्याका पहिचान गरी सोही अनुसारको उपचार गर्न समेत उनले थालेका छन् ।
७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

बुटवल,  माघ – रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का रामनाथ उपाध्याय २०५५ सालमा रुपन्देहीको एक दाना उद्योगमा काम गर्थे । अन्नपूर्ण एग्रो भेटमा काम गर्दै आएका उनलाई तत्कालीन प्राविधिक प्रमुख चित्र बहादुर गौतमले एउटा अवसर बारेमा जानकारी दिए । उद्योगमा काम गर्दै गरेका उपाध्यायलाई दिएको सुझाव थियो, ३ महिना पशु प्राविधिक तालिम लिने ।

तत्कालीन समयमा ३ महिनाको जेटिए तालिम गर्ने र त्यसपश्चात जेटीएको प्रमाण पत्र प्राप्त गरेपछि जेटिए साप हुन पाउने अवस्था थियो । सोही अनुसार उनले दाङ जिल्लामा रहेको राप्ती प्राविधिक शिक्षालयमा ३ महिनाको जेटीए तालिमका लागि गए । आफैले पैसा लगानी गरेर जेटीए तालिम लिएका उपाध्याको रुची कृषि क्षेत्रमा हुँदाहँुदै पनि उनले पशुतर्फको भेटेनरी जेटिएको कक्षा लिए ।

३ महिना पश्चात हुन पुनः अन्नपूर्णमा नै फर्के । त्यसपश्चात उनले आफै एग्रोभेट पनि चलाए र नेपालगञ्ज रोडमा उनले एग्रोभेट पसल सञ्चालन समेत गरेका थिए । कृषि क्षेत्रमा अगाध रुची भएका रामनाथले भेटेनेरीको काम त्यति रुची लागेको थिएन । उनले कृषि क्षेत्रमा नै फर्किए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १४ बिल्किए बेलबरियामा आफ्नै जग्गामा कृषि कर्म सुरुवात गरे । अहिले उनले खाद्यान्न, तरकारी र फलुल गरी १ विघा १० कट्ठा भन्दा बढी क्षेत्रफलमा खेती गर्दै आएका छन् । तरकारी खेतीमा विशेष रुची भएका रामनाथले वि.स. २०५२ देखि ०५४ सम्म अन्नपूर्णमा काम गरेको अनुभव र २०५४ देखि ०५८ सम्म भेटेनरी पसल सञ्चालन गरेको अनुभवलाई छाडेर पूर्णरुपमा व्यवसायी किसानको रुपमा होमिए । उनी भन्छन्, “यता भन्दा यत्ता नै मज्जा आउन थाल्यो, अनी यहि नै पूर्ण पेशा बनाएर लागेको छु ।”

तरकारी खेतीमा विशेष रुची कएका रामनाथले पशुपालन समेत गरेका छन् भने फलफुल खेतीतर्फ सुन कागती समेत रोपेका छन् । छोरीलाई पशु प्राविधिक विषय पढाएर हाल स्थायी जागिर समेत बनाएका उनले सबै खर्चको जोहो यही कृषि कर्म नै बनाएको बताउँछन् ।

धान खेती, गहुँ खेती, तोरी सहित अन्य स्थानमा व्यावसायिक मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । अहिले उनको फार्ममा टमाटर लटरम्म फल्ने तयारीमा छ भने बन्दा गोभी पनि बजार पठाउने तयारीमा पुगेका छन् ।

तरकारीका विरुवा उत्पादनको लागि आधुनिक टनेल समेत उनले निर्माण गरेका छन् । जसमा बुटवल उपमहानगरपालिकाको समेत ५० प्रतिशत लागत साझेदारी रहेको छ । धौलागिरी कृषि तथा पशुपंक्षी फार्म स्थापना गरेका गरेका उपाध्यायले १० बर्षदेखि यही फार्म सञ्चालन गरेका छन् ।

अहिले ३ कठ्ठा बढीमा टमाटर खेती गरिरहेका छन् भने बन्दा गोभी १.५ कट्ठामा रहेको छ । यस्तै हिउँदे सिमी, तरुल लगायतका तरकारी समेत उत्पादन भैरहेका छन् । यता गर्मी सिजनमा लगाउने तरकारीका लागि उनले अहिले नर्सरीमा विरुवा उत्पादन गरिरहेका छन् । करिव ३ कट्ठा बढीमा उनले काँक्रा, करेला, फर्सी साग खाने र फलखाने गरी तरकारीका विरुवा उत्पादन गरिरहेका छन् । १० कट्ठा जमिन उनले भाडामा लिएका हुन् ।

उनले विरुवा समेत बिक्री गर्दैै आएका छन् । बुटवल–१५ मा रहेको बुटवल जैविक तरकारी संकलन केन्द्र तथा सहकारीका लेखा समिति संयोजक समेत रहेका रामनाथ गाउँका अगुवा किसान हुन् । बुटवल १४ र १५ का अधिकांश किसानहरुले आफ्नो तरकारी वा अन्य बालीमा समस्या आयो भने उनलाई नै सोधेर सल्लाह लिने गरेका छन् ।

आफुले जानेको कुरा सिकाउन पाउँदा खुसी लाग्ने उनको भनाई छ । आफुले जानेको कुरा उनी आफै समस्या समाधान गर्दछन् भने नजानेको कुराहरु आफु भन्दा अग्रज प्राविधिकहरुको सर सल्लाह लिन्छन् । प्रविधिको प्रयोगबाट घरमा नै समस्याको पहिचान गरी सोही अनुसारको उपचार गर्ने गरेकोे उनी विभिन्न स्थानमा रहेका प्राविधिहरुलाई समस्याको फोटो खिचेर पठाएर सोही अनुसारको सल्लाह सुझाव अनुुसारको उपचार गर्दै आएका छन् ।

पूर्णरुपमा अर्गानिक खेती गर्दै आएका उनले अन्य किसानलाई समेत अर्गानिक विषादी वा मल प्रयोगको लागि सल्लाह सुझाव दिदै आएका छन् । २ वटा गाई, २ बाच्छाबाच्छी रहेका उनको फार्ममा केही समय पहिले १५ वटा सम्म पशु थिए । तर अहिले विस्तारै पशुपालनलाई घटाएर कृषिमा जोड दिएका छन् । “पशु विना कृषि संभव रहेनछ, अर्गानिक कृषिका लागि अझ पशुपालन त गर्नै पर्यो,” उनी भन्छन् ।

३ कट्ठामा टमाटर खेती लगाएका उपाध्यायले ५० क्वीन्टल बढी उत्पादन हुने अपेक्षा यो सिजनमा गरेका छन् । अघिल्लो बर्षमा २० क्वीन्टलमा टमाटर उत्पादन भएको उनको उत्पादन बुटवल जैविक तरकारी उपज तथा संकलन केन्द्रले खरिद गर्ने गरेको छ भने कतिपय व्यवसायीहरुले घरमा नै आएर लैजाने गरेका छन् ।

बुटवल उपमहानगरपालिकाले अर्गानिक खेतीलाई प्रोत्साहन गर्नको लागि उत्पादित अर्गानिक उत्पादन अनिवार्य उपभोग गर्ने नीति ल्याउनुपर्ने उनको तर्क रहेको छ । बुटवल उपमहानरापलिकाका कर्मचारी, जनप्रनिधिहरुले साथै प्रयोग हुने सरकारी क्यान्टीन लगायतका अनिवार्य रुपमा बुटवलमा नै उत्पादन गरेको अर्गानिक तरकारी प्रयोग हुनुपर्ने नियम आउँदा वित्तिकै अझ व्यापक रुपमा बुटवलमा अर्गानिक खेती फस्टाउने उनको तर्क रहेको छ ।

तरकारी खेती पशुपालनबाट आउने आम्दानीले घर खर्च चलाउनेको लागि मात्रै ठिक्क हुने गरेको बताउने उनले बर्षमा २ देखि साढे २ लाख आम्दानी हुने गरेको बताउँछन् । कृषि कर्मबाट नै परिवार चलेको बताउँदै उनले कृषि क्षेत्रलाई अझ विस्तृत रुपमा फराकिलो बनाएर लैजानुपर्ने तर्क राख्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?