ट्रेंडिंग:

>> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल
पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनमा पदस्थापन

पेट्रोलियम पदार्थको मूल्यमा राजनीति नगर्न व्यवसायीको माग

७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

बुटवल, ७ माघ ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको ८ औ अधिबेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको शुक्रबार पदस्थापन गरिएको छ । एशोसियशनका नव निर्वाचित अध्यक्ष हिमाल गैरे सहित उनको निर्वाचित टिमलाई पदस्थापन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिले सपथग्रहणसँगै शुक्रबारदेखि नै पदभार ग्रहण गरेको छ । नवनिर्वाचित अध्यक्षलाई निर्वाचन आयुक्त पत्रकार खिमानन्द भट्टराईले सपथ ग्रहण गराउँदै पदस्थापन गराएका थिए भने निर्वाचित पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष गैरेले सपथ खुवाउँदै पदस्थापन गराएका थिए । कार्यक्रममा निवर्तमान बनेका प्रेम न्यौपानेले नव निर्वाचित अध्यक्ष गैरेलाई एशोसिएशनको अध्यक्षको पिन लगाइदिएका थिए ।

गत पुस १४ गते सम्पन्न साधारणसभाले गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो । एशोसिएशनको वरिष्ठ उपाध्यक्षमा योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्षमा रजनीश राज आचार्य, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल, महासचिवमा हरिराम कसौधन निर्वाचित भएका छन् ।

त्यस्तै सस्थाको कोषाध्यक्षमा विशाल गैरे, सचिवमा डासिराम अधिकारी, सहकोषाध्यक्षमा लोकप्रसाद भुसाल, सहसचिवमा घनश्यामप्रसाद कान्दु निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा दुर्गाप्रसाद चापागाई, भतरजङ्ग कुँवर, सुखराम बर्मा सोनार, प्रदिपकुमार कानोडिया, विजयकुमार जयसवाल, नारायणबहादुर विष्ट, सुनिल थापा, दिनेशकुमार कसौधन, मोहम्मद अस्लाम खान निर्वाचित भएका थिए ।

त्यस्तै अध्यक्ष हिमाल गैरेले दुईजना सदस्यमा दिनेश न्यौपाने र मकवुल मियालाई मनोनीत गरेका छन् । एशोसिएशनको जिल्ला प्रतिनिधि सदस्यमा रुपन्देहीबाट अभिषेक भारी, नवलपरासीबाट राजेशकुमार गुप्ता, कपिलबस्तुबाट ढुण्डिराज अधिकारी, अर्घाखाँची–गुल्मीबाट कृष्णप्रसाद भुसाल, पाल्पा–स्याङ्जाबाट ज्ञानप्रसाद भट्टराई सहित लेखा समितिको संयोजक बृजेन्द्रकुमार कसौधन तथा सदस्यहरुमा नवराज भट्टराई र विष्णुप्रसाद यादवलाई पद तथा गोपनियताको सपथग्हण गराएर पदभार हस्तान्तरण गरिएको निर्वाचन आयुक्त खिमानन्द भट्टराईले जानकारी दिए ।

पदस्थापन समारोहमा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले पेट्रोलियम पदार्थको गुणस्तरीयता र परिमाणमा उपभोक्ताको हितलाई ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका राष्ट्रिय अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोलियम पदार्थको मूल्यमा राजनीति गर्न नहुने बताए । ‘पेट्रोलियम पदार्थ राजनीतिक वस्तु हो कि आर्थिक वस्तु हो भनेर राज्यले छुट्याउनुपर्छ । राजनीतिक वस्तुको रुपमा प्रयोग गर्ने हो भने अनुदान दिनुपर्छ, आर्थिक वस्तुको रुपमा मान्ने हो भने यसमा राजनीतिकरण हुदैन’, उनले भने ।

लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएको भन्दै यसको कारोबारमा व्यवसायीहरु संवेदनशील बन्नुपर्ने बताए । उपभोक्ताबाट प्रश्न उठ्ने गरी काम नगर्न पनि उनले पेट्रोलियम व्यवसायीहरुलाई आग्रह गरे ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय महासचिव विश्वाज अर्यालले पेट्रोलियम पदार्थको मूल्यलाई राजनीतिक लाभहानीको विषयको रुपमा हेर्न नहुने बताए । उनले डिजेलको मूल्यवृद्धिको असर बहुआयामिक हुने भन्दै कम्तीमा यसलाई सरकारले कर उठाउने माध्यमको रुपमा प्रयोग नहुनेमा जोड दिए ।

त्यस अवसरमा नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष टंक पोखरेल, नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झा, नेपाल आयल निगम लुम्बिनी प्रदेश कार्यालय प्रमुख जगदीशचन्द्र यादव, एशोसिएशनका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, पश्चिमाञ्चल ट्यांकर समितिका अध्यक्ष राकेश कसौधन, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नवनिर्वाचित अध्यक्ष हिमाल गैरे, निवर्तमान अध्यक्ष प्रेम न्यौपाने, महासचिव मनोज भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष एमके मियालाई मरणोप्रान्त सम्मान गर्दै उनकी धर्मपत्नी जैतुन मियालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?