Logo
२४ माघ २०७९, मंगलवार
Logo

व्यावसायिक बाख्रा पालनमा रम्दै दाङका युवा


दाङ, ६ माघ ।

दाङमा व्यावसायिक बाख्रापालनबाट राम्रो आम्दानीमा हुँदै आएको छ । धेरै लगानी र खर्च पनि कम गरेर प्रशस्त आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । घोराही –६ कि सुनिता वलीले एक वर्ष अघिदेखि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आएकी छन् । ‘चिसापानी बाख्रा तथा कुखुरा फर्म’ का नामबाट उनले बाख्रा पालन सुरु गरेकी छन् । दुइवटा व्यवस्थित खोर बनाएर बाख्रा पाल्न सुरु गरेको उनले बताइन् । एउटा खोरमा माउ बस्छन्, अर्कोमा साना पाठापाठी बस्छन् । स्थानीय दुइजना महिलालाई रोजगारी दिएको सुनिताले बताइन् । फर्ममा अहिले ५० वटा बाख्रा छन्, जसमध्ये २० माउ बाख्रा, १८ वटा खसी र १२ वटा पाठापाठी छन् । सात लाखको लगानीबाट सुरु गरेको व्यवसाय अहिले १५ लाखको भएको छ । गएको दशैमा १० वटा बाख्रा बिक्री गरेर १ लाख ८६ हजार आम्दानी गरेको उनले बताइन् । सहकारीले बाख्रा खरिद गर्ने गर्दछ, बिक्रीको समस्या छैन । “नजिकै सामुदायिक वन छ, बाख्रालाई त्यही वनमा चराउने गर्दछौ,” उनले भनिन् । खाली समयको सदुपयोग पनि हुने आम्दानी पनि हुने त्यसैले बाख्रा पालनतिर आकर्षित भएको उनको भनाई छ ।

घोराही –२ अघर्रेका गोविन्दहरी भण्डारीले आफ्नै घर छेउँमा राप्ती बोयर बाख्रा फार्मका नाममा व्यावसायिक बाख्रा फार्म खोलेर कृषिमा जोडिएका छन् । डिप्लोमा कम्प्युटर इन्जिनियर गरेका भण्डारी पाँच वर्ष जापानमा बसेर फर्किएका हुन् । चार वर्ष अघिदेखि आफ्नै घर छेउँमा व्यवसाय बाख्रा पालन सुरु गरेको उनले बताए । घरमा बाबाआमाले घर खर्चका लागि पालेका ५ वटा बाख्राबाट व्यवसाय सुरु भएको उनको फार्ममा अहिले ५० वटा बाख्रा छन् । २५ लाखको लगानीमा खोर बनाएका छन् । १० कठ्ठा जमिन वर्षको दुई हजार दिने शर्तमा भाडामा ल्याएर घाँस खेती गरेको उनले बताए । बाख्रा पालन गर्दा घाँस दानाको समस्या रहेको उनको धारणा रहेको छ । सजिनको घाँसलाई साइलेस बनाएर प्रयोग गर्न सकेमा किसानलाई सजिलो हुने उनको भनाई छ । दाङमा अहिलेसम्म साइलेस बनाउने मेसिन उपलव्ध हुन सकेको छैन । भुइँ घाँसको लागि सिचाइँको सुविधा नभएका कराण घाँस खेती गर्न समस्या भएको उनको भनाई छ ।

आफ्नो व्यवसाय सानो ठूलो केही नभनी आफ्नै भूमीमा घर परिवारसँग बसेर काम गर्न युवाहरुलाई आग्रह गरेका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले किसानमुखी कार्यक्रम ल्याएर किसानको लागि सहयोग गरेमा आफूजस्ता वास्तबिक किसानलाई राहत हुने र स्वदेशमै आम्दानी गर्न सकिने उनले बताए ।

घोराही उपमहानगरपालिका वडा न –१ निवासी सुमन थापाले ३ वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् । “अर्काको भूमीमा दुःख गर्नु भन्दा आफ्नो माटोमा पसिना बगाउँदा आनन्द आएको छ”, उनले भने । कष्ट सहेर काम गर्दा विदेशमा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेकाहरु पनि नेपालमा आएर व्यावसायिक रुपमा बाख्रा पालनमा आकर्षण भएका छन् ।

चार वर्ष मलेसिया बसेँ त्यहाँ केही फाइदा नदेखे पछि घर पर्केर बाख्रा पाल्न शुरु गरेको थापा बताउछन् । आफ्नो गाँउठाँउमा केही गरौं भन्ने सोचाइ आएपछि बाख्रा पालनमा लागेको बताए । ‘एक लाखको लगानीमा खोर बनाएर चार वटा पाठीबाट सुरु गरेको व्यवसाय अहिले २५ वटा बच्चा दिने माउ, २० वटा पाठापाठी र २ वटा बोका छन् । एउटा माउले वर्षमा २ पटक बच्चा दिन्छ र एक पटकमा दुईवटासम्म दिने गरेका छन् । नजिकै सामुदायिक वन छ, घर वरीपरी भुईँ घाँस, डाले घाँस लगाएको भएर घाँसको समस्या छैन, उनले भने ।

खर्च कटाएर बार्षिक पाँच लाख आम्दानी हुने गरेको उनले बताए । उनी अगाडि थप्छन्, “२५ प्रतिशत जिल्ला बाहिर जान्छ भने अरु सबै जिल्ला भित्र बिक्री भैरहेको छ । दुई महिनाको पाठापाठी दश हजारका दरले बिक्री हुने गरेका छन् ।” सबै स्थानीय (खरी, जमुना पारी) जातका छन् । पाठापाठी ठूला हुन नपाई सानैमा बिक्री हुने हुँदा पाल्न सजिलो भएको छ । गतवर्ष घोराही उपमहानगर पशु शाखाले बोयर जातको बोका दिएको छ । क्रस पाठापाठी भयो भने आम्दानी राम्रो हुन्छ की ! भन्ने लागेको थापाको भनाई छ ।

घोराही उपमहानगरपालिका पशु शाखा प्रमुख खिमबहादुर बस्नेतले उपमहानगरपलिका भित्रका पशुपालक किसानलाई निःशुल्क खोप र प्राबिधिक सहयोग गर्ने गरेको बताए । ५० प्रतिशत अनुदानमा बरर्सिम र जै घाँसको बिउ वितरण गरेको बताए । किसानलाई व्यवसायमा थप उर्जा मिलोस भनेर सहयोग गर्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी