ट्रेंडिंग:

>> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता
मुख्य समाचार

संघर्षले बनायो सफल उद्यमी

६ माघ २०७९, शुक्रबार
६ माघ २०७९, शुक्रबार

बुटवल, ४ माघ ।

घरको काम र परिवार व्यवस्थापनमा व्यस्त हुने तिलोत्तमाकी मन्जु भुसाल बेलवासे विगत एक दशकदेखि आफ्नै व्यवसायमा व्यस्त छिन् । अहिले पनि उनको यात्रा निरन्तर उद्यममा छ । उनी रुपन्देहीमा सफल उद्यमीको रुपमा परिचित छिन् । महिलाहरुको लागि परिवार व्यवस्थापन पहिलो पाटो र उद्यमलाई दोस्रो पाटोको रुपमा अगाडि बढाएको उनी बताउँछिन् ।

२०६९ सालदेखि रुपन्देहीको तिलोत्तमामा नवदुर्गा फुड ईन्डिष्ट्रिज संचालन गरेकी मन्जुले उक्त इण्डष्ट्रिजमा चाउमिन र फ्रोजन मःम बनाउँछिन् । १५ लाख लगानीमा सुरु गरेको उद्योगमा अहिले मासिक डेढलाख आम्दानी हुने गरेको उनी बतनउँछिन । उनको उद्योगमा सुरुवातदेखि नै १५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । उनको ईन्डिष्ट्रजमा बनाएका वस्तुहरु अहिले लुम्बिनी, बागमती र कर्णाली गरी तीन प्रदेश सम्म निर्यात हुने गरेको छ । बिशेष गरी विभिन्न होटल रेष्टुरेन्ट र स्कुलका क्यान्टिनहरुमा पठाईन्छ । भुसाल बिहानै ६ बजे देखि साँझ ७ बजे सम्म फिल्डमै खटिन्छिन । कार्यालयदेखि बजार व्यवस्थापनमा समेत उनी आफै दौडिन्छिन् ।

“व्यवसाय सुरु गर्दा महिलाको व्यवसायप्रति बिश्वास नगर्ने, बिहानदेखि साँझसम्म बजारमा रहँदा समाजले हेर्ने दृष्टिकोण पनि फरक हुने गथ्र्यो । तर अहिले भने व्यवसाय फस्टाउँदै गएको छ”–उनी भन्छिन् ।
स्थानीय सरकारले यस्ता विषयमा ध्यान दिएमा खुला सीमाबाट आउने गुणस्तरहीन खाद्यवस्तु रोक्दै नेपाली उपभोक्तालाई नेपालमै निर्मित स्वस्थ वस्तु दिन सकिने उनको सुझाव छ ।

पछिल्लो समय उद्योग क्षेत्रमा महिलाको आकर्षण र उपस्थिति बढ्दै गएको छ । अहिले उद्यमी महिलाहरुको संख्या बढ्दै गएको छ । घर परिवार व्यवस्थापनको लामो अभ्यास गरिरहेका महिलाहरुले व्यवसाय एवम् उद्योग क्षेत्रमा पनि अब्बल रुपमा व्यवस्थापकीय क्षमताको प्रदर्शन गरिरहेका छन् । अझ, समग्र उद्योग क्षेत्रको व्यवस्थापन एवम् विकासका लागि पुरुषको दाँजोमा महिलाहरु अब्बल रहने उद्यमी महिलाहरुको भनाई छ ।

उद्योगमा फलाम सम्बन्धी काम गर्न त्यति सजिलो छैन । तर अवसर पाए महिलाले पनि पुरुष सरह काम सक्छन् भन्ने उदाहरण बनेकी छन् अर्की उद्यमी महिला मिना थापा तुलाधर । २०६८ सालदेखि मैनाबगरमा सानो लगानीमा उद्योग सञ्चालन गरेकी उनी अहिले सक्षम र सफल उद्योगी बनेकी छन् । ११ बर्ष अघि ४ लाख लगानीमा सुरु गरेको ग्रिल उद्योगमा अहिले बार्षिक २० लाखको आम्दानी हुने गरेको उनी बताउँछिन् । थापाको आकाश कृषि ओैजार तथा ग्रील उद्योगमा ग्रील, सटर, कम्पाउण्ड जाली, टस्ट्र लगायत फलामबाट निर्मित सबै वस्तुहरु पाईन्छन् । उक्त उपकरण तथा वस्तुहरु रुपन्देही, गुल्मी, अर्घाखाँची, कपिलवस्तु लगायतका जिल्लाहरुमा निर्यात गरिन्छ । उद्योग सुरु गर्दा एक्लै सुरु गरेकी थापाले अहिले ६ जनालाई रोजगार समेत दिएकी छन् । उनी बिहान घर परिवार कोभिडको कारणले उद्योगहरु बन्द हुँदा आर्थिक मन्दीसँगै फलमको काम गर्न सक्दैनन् भन्नेहरुको सोच नै परिवर्तन भएको बताउँछिन् ।

“समाजमा महिला भएर फलामको काम गर्ने भनेर हेप्नेहरुको उदाहरण पात्रको रुपमा उभिएकी छु, मलाई यो पेशा प्रति गर्व लाग्छ”–उनी भन्छिन् । एकातिर फलामे पेशा आफैमा पनि निकै चुनौतीपूर्ण छ भने अर्काेतिर महिलाहरुलाई परिवारसँग उद्यममा जोडिंदा अर्काे चुनौतीको बिषय बनेको हुन्छ । तर आफु आत्मनिर्भर हुनु पर्छ भनेर नै अन्य महिलाहरुले भन्दा फरक पेशा रोजेर आगाडि बढेको उनी बताउँछिन् । “पछिल्लो समय कोभिडको कारण उद्योगहरु बन्द हँुदा अहिले जिविका मात्रै चलेको छ, मुनाफामा छैन”– उनले भनिन्, “तर पनि घाटमा छैन ।” महिला पुरुषबीच समान कामको समान ज्यालाप्रति राज्यले ध्यान दिए यो पेशमा महिलाहरुले पनि अवसरसँगै आकर्षण बढ्ने उनी बताउँछिन् ।

  • पछिल्लो समय उद्योग क्षेत्रमा महिलाको आकर्षण र उपस्थिति बढ्दै गएको छ । अहिले उद्यमी महिलाहरुको संख्या बढ्दै गएको छ । घर परिवार व्यवस्थापनको लामो अभ्यास गरिरहेका महिलाहरुले व्यवसाय एवम् उद्योग क्षेत्रमा पनि अब्बल रुपमा व्यवस्थापकीय क्षमताको प्रदर्शन गरिरहेका छन् ।

रुपन्देहीमा उद्योग सञ्चालन गरेर सफल उद्यमीको परिचय बनाएकी छन्, अर्की उद्यमी महिला मन्जु ज्ञवाली भुसाल । उनले रुपन्देही जिल्लामा रहेर २०५६ सालमा २ लाख ५० हजारबाट सुरु गरेको उद्योगमा अहिले २५ करोड पूँजी पुगेको छ । एनबी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्शन प्रालिमार्फत अहिले उनले आफै फिल्डमा खटिएर ठेक्कापट्टाको लागि पुरुषसँग प्रतिस्पर्धामा जुधेर टेण्डर आफ्नो कम्पनीमा ल्याउँछिन् । करोडौ लगानीमा बन्ने सडक पुल लगायतका निर्माण सम्बन्धी सबै काम उनी आफै सम्हालेकी छिन् । सुरुमा (ड) वर्गबाट सुरु भएको उद्योग अहिले (क) वर्गमा पुगेको उनी बताउँछिन् । झण्डै २५० जनालाई उनले रोजगार दिएकी छिन् । आफ्नो पेश प्रति गर्व गर्ने भुसालले कुनै पनि महिला यो पेशमा टिक्न सक्दैन भन्ने समाजको नकारात्मक सोचलाई चुनौती दिएकी छन् । परिवारको सहयोग पाए जस्तोसुकै व्यवसायमा महिला सफल बन्न सक्ने उनी बताउँछिन् । “मेरो विचारमा पुरुषले गर्न सक्ने अनि महिलाले गर्न नसक्ने भन्ने केही हुँदैन”, उनी भन्छिन्, “व्यवसाय गर्न चुनौती छ तर सम्भावना पनि छ । महिला भनेर आत्मबल घटाउनु हुँदैन ।” यो व्यवसायमा सुरु गर्दा सुरुमा परिवार नै सशंकित बनेका थिए । “यो जोखिमको काम हो । यो काम गर्न सक्दिनस् भन्नुहुन्थ्यो”, उनी भन्छिन्, “तर मैले परिवारलाई कन्भिन्स गर्न सकेँ । नेपालमै पनि व्यवसाय गरेर सफल भइन्छ भन्ने मलाई लाग्छ ।” योजना अनुसार लगानी हुन सके सफल उद्यमी बन्न सकिने उनले बताइन् । व्यवसायमा आउन सक्ने चुनौतीले अवसर मिल्छ र त्यही अवसरले सम्भावना हुन्छ । भुसालले महिला उद्यमीलाई सरकारले पनि प्रोत्साहन गर्न जरुरी रहेको बताउँछिन् ।

पछिल्लो समय उद्यमी महिलाहरु बढेका छन । उद्यमी महिलाहरू बढेसँगै सरकारले दिएको विना धितो १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने सरकारी व्यवस्था भए पनि लक्षित वर्ग र व्यावसायिक उद्यमी सम्म नपुगेको र निकै झन्झटिलो पनि भएको सुवेदी बताउँछिन् । सरकारको यो सेवा पहुँचवालालाई मात्रै भएको, उद्यमी महिलाहरुलाई प्रत्यक्ष प्रभाव नपरेको भन्दै उक्त अनुदान आफुले नलिएको उनले बताईन् ।

अहिले उनले बुटवलको बेलवासमा आफ्नै घरमा सौर्य गार्मेन्ट उद्योग संचालन गरेकी छन् । उनले २०७५ सालदेखि उद्योग सञ्चालन गरेकी हुन् १५ लाख लगानीमा संचालन गरेको गार्मेन्टको बार्षिक ६० लाख पूँजी हुने गरेको उनी बताउँछिन् । उनको उद्योगबाट उत्पादित सामान अहिले लुम्बिनी प्रदेशका लगभग सबै जिल्लामा जान्छ । विभिन्न संघ संस्था, सरकारी कार्यालय, स्कुलहरुमा
आवश्यकता अनुसार सामान जाने गर्छ । स्कूल, बोर्डिङ तथा कलेजका ड्रेस, टिसर्ट, ट्रयाकसुट, टाई बेल्ट, उत्पादन तथा बिक्री गरिने उनले बताइन ।

उनले १७ जना कर्मचारीलाई प्रत्यक्ष रोजगार समेत दिएकी छन् । उनले भनिन्, “महिलाहरुलाई सिपका माध्यमबाट स्वरोजगारसँगै आत्मनिर्भर बनाउने उद्देश्यले उद्योग सञ्चालन गरेकी छु । आर्थिक रुपमा सवल भए र लगानी गर्न सके महिलाहरुलाई अवसर धेरै छ ।” सुरुवातीको समय चुनौतीपूर्ण काम भए पनि आफ्नो लागि त्यो अवसर भएको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?