ट्रेंडिंग:

>> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो >> उजिरसिहमा बिदाई तथा शुभकामना

शान्ति नमूना माविमा खेल सप्ताह जारी

५ माघ २०७९, बिहीबार
५ माघ २०७९, बिहीबार

बुटवल,५ माघ। रूपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६४ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत बुधबार पनि विभिन्न क्षेत्रमा खेल भएका छन् ।

जुनियर १(३, सेक्टर २ ९४(५०, ६ देखि ९ कक्षामा विभिन्न कार्यक्रम भइरहेका हुन् ।
दोस्रो दिनको खेलमा कक्षा ६ देखि ९ तर्फका २०० मिटर र ४०० मिटर दौड, म्याथमेटिकल दौड, ब्याडमिन्टन,चेस, टेबल टेनिस, सट पुट लगायतका खेल सम्पन्न भएका छन् ।

२०० मिटर दौड अन्तर्गत कक्षा ६ छात्रबाट नेत्र बानिया प्रथम, तिलक बुढा मगर द्वितीय र दिपेन्द्र बानिया तृतीय भएका छन् । छात्रा तर्फ गरिमा गुप्ता प्रथम, अन्किता पंगेनी द्वितीय र सुवाना परियार तृतीय भएका छन् । कक्षा सात छात्रबाट प्रकाश बानिया प्रथम, रामु गौडेल द्वितीय र लक्ष्मण गौडेल तृतीय भएका छन् । छात्रा तर्फ निकिता ज्ञवाली प्रथम, पुर्णिमा थारु द्वितीय र प्राप्ति अर्याल तृतीय भएका छन्।

कक्षा ८ छात्रबाट आकाश नेपाली प्रथम, समीर नेपाली द्वितीय र विक्रम गाहा तृतीय भएका छन् । कक्षा ८ छात्रा तर्फ एन्जेल सारु प्रथम, अन्सु उप्रेती द्वितीय र सावित्रा गौडेल तृतीय भएका छन् । त्यसैगरि कक्षा ९ छात्रबाट विकास श्रेष्ठ प्रथम, सुजन सुनार द्वितीय र शिव खनाल तृतीय भएका छन् । छात्रा तर्फ अस्मिता परियार प्रथम, आयुशा आचार्य द्वितीय र स्नेहा भट्टराई र जोश्ना पन्थी तृतीय भएका छन् ।
४०० मिटर दौड अन्तर्गत कक्षा ६ छात्रबाट तिलक बुढा मगर प्रथम, नेत्र बानिया द्वितीय र अविरल गौतम तृतीय भएका छन् । छात्रा तर्फ रितिका पौडेल प्रथम, चन्डिका वश्याल द्वितीय र सुवाना अर्याल तृतीय भएका छन् ।

कक्षा सात छात्रबाट लक्ष्मण गौडेल प्रथम, रामु गौडेल द्वितीय र प्रकाश बानिया तृतीय भएका छन् । छात्रा तर्फ निकिता ज्ञवाली प्रथम, अमृता पाण्डे द्वितीय र प्राप्ति अर्याल तृतीय भएका छन्।
कक्षा ८ छात्रबाट आकाश नेपाली प्रथम, दर्शन खनाल द्वितीय र रोशन अर्याल तृतीय भएका छन् । कक्षा ८ छात्रा तर्फ सावित्रा गौडेल प्रथम, अन्सु उप्रेती द्वितीय र सृष्टि परियार तृतीय भएका छन् । त्यसैगरि कक्षा ९ छात्रबाट रन्जित कुँवर प्रथम, विकास श्रेष्ठ द्वितीय र राम बहादुर थापा तृतीय भएका छन् । छात्रा तर्फ अस्मिता परियार प्रथम, आयुशा आचार्य द्वितीय र खुश्बु थापा तृतीय भएका एथलेटिक्स संयोजक शिव खनालले बताए ।
त्यसैगरी टेवल टेनिस ६ देखि ७ अन्तर्गत रामु गौडेल प्रथम, शाहिल परियार द्वितीय र दिप्सन सापकोटा तृतीय भएका छन् । रमन भण्डारी सान्त्वना भएका छन् । त्यसैगरी कक्षा ८देखि ९ अन्तर्गत आर्यन सुनार प्रथम, समिर खत्री द्वितीय र भिम भुषाल तृतीय र शान्जङ रायमाझी सान्त्वना भएका छन् । कक्षा ६देखि ९ छात्रा अन्तर्गत आशिका पन्थ प्रथम, विपाशा काफ्ले द्वितीय, विद्या पाण्डे तृतीय र सुधा पौडेल सान्त्वना भएको टेबल टेबल टेनिस खेल संयोजक सुग्रिम बानियाले जानकारी दिए।

जुनियर तर्फ प्लेट दौड, १०० मि दौड छात्र छात्रा, थ्री लेग रेस, मिठाई दौड,शुज रेस र इनआउट, मेमोरी टेस्ट, हट पोट्याटो, बलुन ब्रष्ट, स्पुन रेस, फ्लोर रेस र म्याथमेटिकल रेस लगायतका खेलहरु सम्पन्न भएको प्राथमिक तह इन्चार्ज वसन्ती भण्डारीले जानकारी दिइन् ।
बिहीबारदेखि कक्षा ११ र १२ तर्फ पनि खेलकूद प्रतियोगिता हुने विद्यालयले जनाएको छ । खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, कबड्डी, एथलेटिक्स लगायतका कार्यक्रम रहने छन् ।

वार्षिकोत्सब विशेष कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता, साहित्यिक कार्यक्रम, रक्तदान, खाना महोत्सव, पढाई महोत्सव, खेलकुद सप्ताह, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम सञ्चालन हुने विद्यालयका सूचना संयोजक दिनेश खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?