ट्रेंडिंग:

>> एनजी मार्केटको बम्पर उपहार डेढकरोडको घर विजेतालाई हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही

घर लिलामीमा बुहारी र बैंक कर्मचारीको मिलेमतो भएको आरोप

४ माघ २०७९, बुधबार
४ माघ २०७९, बुधबार

बुटवल,४ माघ ।   आफ्नै ससुराको नाममा रहेको घर लिलामी गराउन बुहारीले बैंकका कर्मचारीसंग मिलेमतो गरेको बुटवल–१४ बेलभरियाका एक व्यक्तिले गुनासो गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल बेलबास शाखाका ऋणी खेमराज शर्मा (नेपाल) ले किस्ता र ब्याज तिरिरहेको अवस्थामा बैंकले घर लिलामी गरेर आफुलाई घर न घाटको बनाउन लागेको गुनासो गरे । नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी आफ्नो एक करोड बढी पर्ने घरलाई आफ्नै बुहारी अस्मिताको स्वार्थका लागि उनले बैंक कर्मचारीसंग मिलेर लिलामी गराएको गुनासो गरे ।

लिलामी प्रकृयामा पनि गोप्य शिलबन्दी बोलपत्रको मान्यता उल्लंघन गरी बैंक कर्मचारीले तीन बजेसम्म बोलपत्र बुझाउनुपर्नेमा तीन बजेपछि बुझेको र आफ्नो बोलपत्र रकमबारे अर्को पक्षलाई जानकारी गराएर बढी रकमको बोलपत्र हाल्न लगाई लिलामी गराउन खोजेको गुनासो गरे । ‘मेरो घर लिलामीमा आफ्नै बुहारी अस्मिताले बैंकका कर्मचारीको चाहना अनुसार सहमति जनाइन्’–पत्रकार सम्मेलनमा खेमराजले भने–‘लिलामी प्रकृया गलत भयो भनेर नेपाल राष्ट्र बैंकमा पनि निवेदन दिएको छु, ममाथि परिवारकै सदस्यले अन्याय गरे ।’

बैंकले लिलामीको अन्तिम सूचना पुस १९ गते सात दिने सुचना प्रकाशित गरेको थियो । सूचना अनुसार बोलकवुल गर्ने रकमको १० प्रतिशत रकम गोप्य शिलबन्दी गरी धरौटी जम्मा गर्न भनेको थियो । उक्त लिलामीको सूचना अनुसार खेमराजले गोप्य शिलबन्दीको लागि चेक बैंकमा ५ लाख ७० हजारको चेक लगेर दिएपनि बैंकका कर्मचारीले खोलेर, भौचरमा नै रकम उल्लेख गरिदिएको र त्यो रकम अरुलाई देखाएर आफ्नो मान्छेलाई लिलामी पार्ने ठुलो चलखेल गरेको शर्माले दावी गरे ।

खेमराजको बेलबासमा रहेको कित्ता नं १६८ र १३८ मा बनेको घर जग्गा बैंकले लिलामीका लागि सूचना निकालेको थियो । पिडित नेपालले आफ्नो घरजग्गालाई जसरी पनि लिलामी पार्ने योजनावद्ध जाल रचेको भन्दै न्यायका लागि अपिल गरेका छन् । ‘मैले पौने ३ बजे शिलबन्दी बोलपत्र बुझाएं पछि त्यो शिलवबन्दी बैंकको ब्रान्च म्यानेजरले प्रमाणित गर्नुपर्छ भनेर खोलेर हेरेर रकम समेत लेखी सहि छाप गरिदिए । अनि पछि मेरो रकम हेरेर उनै म्यानेजरले मैले राखेको रकममा १० हजार बढि राखी अर्को व्यक्तिलाई बोलपत्र राख्न लगाए । यो सरासर योजनाबद्ध हो’ – पत्रकार सम्मेलनमा उनले भने ।

साथै उनले कार्यालय समयमा आफ्नो मात्र बोलपत्र परेको भएपनि कार्यालय समय पछाडि दोस्रो व्यक्तिको बोलपत्र दर्ता गरेको भन्दै बैंकको सिसिटीभि फुटेज हेर्न पाउनुपर्ने माग राखे ।
जेठ ९ गते बैंकले ३५ दिने म्याद निकालेको र त्यसपछि असोजमा आफुले किस्ता र व्याज सवै दिएको, कार्तिकमा पनि सवै व्याज तिरेको आवस्थामा मंसिरमा भने बैंकले ओभरड्राफ्ट (ओडि) को बहानामा व्याज रकम नबुझि पुसमा लिलामीको सूचना निकालेको उनको भनाई छ ।
उनले सिटिजन बैंकबाट आफ्नै बुहारीका फेन्सी पसलका लागि भनेर घरजग्गा राखी ४० लाख रुपैया ऋण लिएका थिए । पछि उक्त फेन्सी बुहारीले आफ्नो नाममा गराएको र छोरा बुहारीको ऋणको किस्ता र व्याज तिर्नुपर्दा आफु सडकमा आउनुपर्ने वाध्यता आएको उनले बताए ।
छोराले तिर्नुपर्ने ऋण बापतको रकम ५७ लाख अदालतले समेत तिर्न आदेश गरेपनि छोराले पैसा नतिरेको र बुहारिले आफ्नो सम्पत्ती हड्प्न बैंक म्यानेजरसंग मिलेर योजनाबद्ध रुपमा घरजग्गा लिलामीमा चलखेल गरेको उनले बताए ।
बुटवल वडा नं. १४ का वडाध्यक्ष दधिराम न्यौपानेले पनि घटना विवरणहरुको अध्ययन गर्दा खेमराज नेपाल अन्यायमा परेका देखिएको बताए ।
सिटजिन्स बैंक यन्टरनेसनल लुम्बिनी प्रदेश प्रमुख प्रदीपकुमार श्रेष्ठले बैंकले नेपाल राष्ट्र बैंकको निति निर्देशन अनुसार नै घर लिलामी प्रकृया अघि बढाएको तर घरायसी विवादका कारण ऋणी पक्षले बैंकको मिलेमतो भन्ने झुठो आरोप लगाएको स्पष्ट पारे । बैंकले सकेसम्म व्यवहारिक हिसाबले कसैलाई अन्याय नहोस् भनेर प्रयास गरेको पनि श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?