ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

सर्वदलीय बैठकमा कांग्रेस र एमालेबीच चर्काचर्की

३ माघ २०७९, मंगलवार
३ माघ २०७९, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ ।  विश्वासको मत दिने दलहरुको बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले आफू सबैलाई मिलाएर जाने सोचमा रहेको बताए ।’हामी बढो गाह्रो परिस्थितिमा छौं । चुनावताको गठबन्धन काम हुन सकेन । २०७४ को एउटा राजनीति परिस्थिति थियो भने ०७९मा अर्कै परिस्थिति छ,’ उनले भने, ‘७४ मा सबै भोट एमाले को थिएन । एमाले र माओवादीको भोट थियो । अहिले सबै भोट कांग्रेसको छैन । माओवादीको पनि छ । एकीकृत समाजवादीको पनि छ । सबै मिलेर जाँदा राम्रो हुन्छ भन्ने मेरो बुझाइ छ ।’

त्यसपछि कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनमा मिलेर जानुपर्ने धारणा राखे । उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तटस्थ पद हो । यसमा सत्ता र प्रतिपक्षी सबै मिलेर जानुपर्छ । संविधान र अर्थतन्त्र जोगाउन सबै मिलेर जानुको विकल्प छैन ।’

पौडेललाई विचैमा रोकेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिवादमा उत्रिए । उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पुस १० गते नै टुंगिसकेको छ । राष्ट्रपति र सभामुख  एमालेले लिनेछ । उपराष्ट्रपति माओवादी र उपसभामुख राष्ट्यि स्वतन्त्र पार्टीले लिने सहमति  भएको छ । यसमा चर्चा गर्नु बेकार छ ।’

यस्तै ओलीले कांग्रेसले गर्न खोजेको संसदीय अभ्यासमाथि पनि प्रश्न उठाए । ‘यो कस्तो अभ्यास गर्न खोजेको हो ? संसदमा प्रतिपक्ष नै छैन । प्रमुख प्रतिपक्षले सरकारलाई विश्वासको मत दिसकेको छ । कांग्रेस त प्रतिपक्षी दल नै होइन,’ ओलीले भने ।

ओलीको अभिव्यक्तिलाई कांग्रेस संसदीय दलका मुख्य सचेतक रेमश लेखकले खण्डन गरे ।  ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौँ बरु राष्ट्रिय सहमतिको पक्षमा छौँ । संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएका हौँ,’ ओलीलाई लेखकको जवाफ थियो ।

आफूहरु प्रमुख प्रतिपक्षी दलको हैसियतमा बैठकमा उपस्थित भएका लेखकको भनाइ छ । ‘हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको र कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेता रहेको कुरा राख्यौं’ लेखकले भने । त्यसपछि ओली बैठकबाट बाहिरिए । तर एमाले वरिष्ठ नेता ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल भने बैठकमै सहभागी थिए । त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बैठकमा जतना समाजवादी पार्टी नेपालको खोजी गरेका थिए ।

बैठकमा नेपालले भने, ‘तपाईंहरुको हालत यही देखिसकेको छ । सरकारलाई समर्थन गरेका उपेन्द्रजी हुनुहुन्न, उहाँ किन आउनु भएको होइन ?’ जवाफमा प्रचण्डले आफूहरुले जसपालाई मधेस मुख्यमन्त्री, अन्य प्रदेशमा मन्त्री र संघमा दुई मन्त्री दिँदा पनि असन्तुष्ट भएको बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको लोसपा र जसपाले सर्वदलीय बैठक बहिस्कार गरेका  थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई प्रतिपक्षी भूमिका बस्न सुझाएका थिए ।

उनले भने, ‘मुलुकको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसका योगदानका हामी सम्मान गर्छौं । कांग्रेसबाट रचनात्मक प्रतिपक्षी भूमिकाको अपेक्षा गर्छौं ।’ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखबारे सत्ता साझेदार दलबीच हुने सहमति अनुसार रास्वपा अगाडि बढ्ने लामिछानेको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकमा धेरै कुरा गरेनन् । उनले भने,  ‘हामी सरकारमा छौं । गठबन्धनको निर्णय अनुसार अगाडि बढ्छौं ।’ यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बैठकमा वर्तमान सत्ता गठबन्धनले पाँच वर्ष चल्नुपर्ने तर्क गरेका थिए ।

उनले भने, ‘शान्ति प्रक्रिया लगायत थुप्रै काम बाँकी छन् । संघीयता कार्यान्वयनमा चुनौती छन् । सिमाना विवादहरु पनि छन् । लिपुलेक र लिम्पियाधुराका विषय बाँकी छन् । त्यसैले सहमतिमा जानुपर्छ ।’ जनमत पार्टीका प्रवक्ता तथा खानेपानीमन्त्री  अब्दुल खानले सत्ता गठबन्धनमा भएको सहमति पालना नभएकोप्रति असन्तुष्टि पोखेका छन् । ‘गठबन्धनमा हामीले आफूलाई मागेको मन्त्रालय दिइएन । हामीले उद्योग मन्त्रालय मागेका थियौं । तर, भागबन्डामा खानेपानी दिइयो,’ उनले भने , ‘त्यसैले हामी शपथमा सहभागी भएनौं । त्यस विषयमा पुनर्विचार गर्नुपर्छ ।’

बैठकमा सहभागी स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले वर्तमान संविधान नमान्नेलाई नै उपप्रधानमन्त्री बनाएकोमा आपत्ति जनाए । संविधान तलमाथि परे त्यसको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने सिंहको टिप्पणी थियो । उनले भने, ‘तपाईको नेतृत्वमा जनयुद्ध भएको थियो । त्यसैको बलमा यो व्यवस्था आएको थियो । तपाईकै नेतृत्वमा यो संविधान र यो व्यवस्था जाने भयो ।’ कांग्रेस र एमालेलाई सँगै राखेर अगाडि बढ्ने कुरा घातक हुने सिंहले प्रधानमन्त्री प्रचण्डलाई सुझाएका थिए ।

‘सभामुखमा कसैको आँखा गएको छैन । राष्ट्रपतिको निर्वाचनसम्म मुलुकमा दुर्घटना हुन्छ,’ उनले भने, ‘तपाईले एमाले र कांग्रेससँगको कित्ता क्लियर गर्नै पर्छ ।’ यस्तै उनले जनयुद्धलाई लिएर दौरासुरुवालमा लिएर विसर्जन गरेको आरोप लगाए । एउटा गणतन्त्र बान्ने र एउटा गणतन्त्र बास्नेसँगै कसरी हुन्छ ? यो सरकारको जिम्मा के हो ?,’ उनको प्रश्न थियो, ‘सरकार अग्रगमनको प्रतिक हो कि प्रतिगमनको ? मत भन्छु यो प्रतिगामीको प्रतिक हो । यो सरकार समावेशी पनि नैन ।

सिंहले चेतावनी दिएपछि प्रचण्डले बैठकबाहिर आएर उनीसँग गुनासो पोखेका थिए । प्रधानमन्त्री प्रचण्डले सिंहलाई ‘तपाईको कुरा मैले बुझेको छु । तपाईंले मेरो बारेमा बैठकमा त्यस्तो कुरा नगर्दिनुभए हुन्थ्यो ,’ भनेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?