Logo
२४ माघ २०७९, मंगलवार
Logo
संस्मरण :

सुरेन्द्र हमाल जस्ता सरल र निस्वार्थी राजनीतिज्ञ कमै होलान्


प्रतिनिधि सभाको बिगठन देखि तरङ्गित राजनिति लयमा थिएन । दिनानुदिन नयाँनयाँ राजनितिक खबर र परिदृश्यहरु छरपष्ट भइराखेकै थिए ।अदालतको परमादेश पछि केन्द्रको सरकार गठन पछि प्रदेशका सरकारहरु ढल्ने र गठन हुने क्रम चलिराखेको थियो ।यसैबिच लुम्बिनी प्रदेश सरकारबाट शंकर पोख्रेल हटेर मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त साउन अन्तिम साता भइसक्नुभएको थियो। मुख्यमन्त्रीको नियुक्ति भएपनि केहि मन्त्रालयका मन्त्रि बाहेक अरु मन्त्रिहरु नियुक्त भइसकेको अवस्था थिएन । यसै बिच म कार्यरत वन तथा वातावरण मन्त्रालयमा समेत मन्त्रीज्यूको नियुक्त भएको थिएन । मन्त्रालयको कार्यभार मुख्यमन्त्रीसँगै थियो ।२०७८ असोज अन्तिम सातामा दिनहरु चलिरहेका थिए ।दशैं नजिक थियो । म मन्त्रालयमा योजना शाखामा अधिकृत पदमा कार्यरत थिए । मन्त्रालयमा स्थायी ठेगानाका हिसाबले अलि टाढाको म नै भएकाले असोज २१ गते केही दिनको बिदा लिई म दशै मनाउन रुकुम हिडे ।
बुटवल देखी दाङ हुदै म असोज २३ गते गाउ पुगे । यसै बिच असोज २४ गते नयाँ मन्त्रीज्यूहरुको नियुक्ति भई वन तथा वातावरण मन्त्रालयमा मन्त्रीज्यू बहाली हुनु भएछ । मन्त्रीज्यूलाइ बहाली हुदा कुनै न कुनै फाइल सदर गराउने चलन हुन्छ । योजना शाखामा कुनै फाइल मन्त्रिस्तरबाट सदर गराउनु पर्ने छ कि भनेर मलाइ अफिसबाट फोन आएपछि नयाँ मन्त्रीज्यूको बहालीबारे थाहा पाइयो ।मन्त्रालयमा को मन्त्रीज्यू आउनु भो भन्ने मेरो प्रश्नमा मन्त्रालयका महाशाखा प्रमुखज्यूबाट नाम सुने सुरेन्द्र हमाल ।
दिनहरु बिते । दशै सकियो । दशै सकेर फेरि कार्यालयको नियमित कामका लागि म बुटवल फर्किए । म बुटवल पुगेको सायद एक सातापछि मन्त्री ज्यू मन्त्रालय आउनु भो । मन्त्रीज्यूलार्इ औपचारिक बधाइ दिन र आफ्नो परिचयका लागि म अपरान्ह ३ बजेतिर मन्त्रीज्यूको कार्यकक्षमा पसें । हंसिलो चेहेराको,दरिलो जिउको,फुक्क पेट निक्लेका मान्छे तिनचार जना अरु सहित सोफा बसेको देखें । सबैलाइ नमस्कार त गरियो तर म अलमल परें । मन्त्रिज्यूको कुर्सिमा कोहि थिएन,सबै सोफामा बसेका ।मैले मौनता तोड्दै उनै मान्छेतिर फर्केर आफ्नो परिचय दिएं र बधाइ भनें । मुसुक्क हास्दै मसँग दरो हात मिलाउदै अंगालो हाल्दै धन्यवाद भाइ भन्नु भो ।
केहि गफगाफ पछि म एकछिनमा मन्त्रिको कार्यकक्षबाट निस्किएं । मनमा लागिरह्यो यत्रो स्तरको मान्छेले म जस्तोलार्इ पनि किन अङ्गालो हालेर धाप मारेको ? किन पहिलो चोटी भेटेको मान्छेले पहिल्यै देखिकै चिनजान झैं गरेको ः तर पछि थाहा भो वहाँको यो सरलता सबैसँग उस्तै र एउटै रहेछ । हात मिलाएर अंगालो मार्ने वहाँको आफ्नो आदत रहेछ । दिनहरु बित्दै गए । मन्त्रीज्यू मन्त्रालयका बिबिध पक्षहरुमा छलफल र चासो पनि बढाउदै जानु भो । यसै बिच मन्त्रिको सचिवालयमा काम गर्ने एउटा निजि सचिवको खोजि मन्त्रिज्यूले गर्नु भो । निजि सचिव खासगरि कर्मचारि नेतृत्व र राजनितिक नेतृत्व बिचको समन्वय गर्न र मन्त्रीज्यूलाइ मन्त्रालयका कामकार्बाहीका बारेमा सहजिकरणका लागी आवश्यक पर्दछ ।
वहाँले सचिवालयमा काम गर्न निजि सचिवको खोजि गरिराख्नु भएकै थियो । शुरुमा बाँकेको एउटा प्राइभेट बैंकमा काम गर्ने कर्मचारी वहाँले ल्याउन खोज्नु भो। पछि ति सायद आउन मानेनन् कि के भयो,त्यो निर्णय भएन । सायद मंसिरको २ गते सांझमा हो, मान बहादुर दाइले फोन गर्नु भो । मान बहादुर दाइ मेरो फुफुको छोरा पश्चिम दाङमा बस्नुहुन्छ । मान बहादुर दाइ र मन्त्रिज्यू सँगै पढेका साथी हुनुहुंदो रहेछ । दाइले फोनमा एउटा प्रस्ताव गर्नु भो, मन्त्रीज्यू कहाँ निजि सचिवकारुपमा बसू । मैले हुदैन । म सक्दिन भनें । मलाइ मन्त्रिको सचिवालयमा मान्छेहरु बदनाम भएका थाहै नै थियो । अर्को आफ्नो बानी त्यसरी मन्त्री नजिक बसेर काम गर्ने खालको छ जस्तो आफुलाइ लागेन । बारम्बार नाई भनिरहे ।
तर बारबार बिभिन्न ब्यक्तिहरुबाट त्यहि प्रस्ताव आइरहने र अरु कोहि मान्छे आउन तयार पनि नभएपछि मन्त्रिज्यूको ब्यक्तित्व र सरलता हेरेर वहाँलाइ सघाउनै पर्छ भन्ने मनमा आयो । मंसिर ६ गते हुन्छ भन्दिएं । मंसिर ८ गते म निजि सचिवका रुपमा सुरेन्द्र दाईको सचिवालयमा काम गर्न नियुक्त भएं । यता पहिले काम गरिरहेको शाखामा समेत सचिवज्यूको प्रस्तावमा अरु कोहि नभएकाले जिम्मेवारी छाड्न मिलेन । दोहोरो जिम्मेवारीको चेपुवामा परिने भो भन्ने डर मनमा ब्याप्त थियो । बिस्तारै कामहरु समालियो । दिनहरु अघि बढे । सबै एकदम सौहार्दरुपमा कामहरु सम्पादन हुंदै गए । सचिवालयको काममा मजा आउन थाल्यो । बिभिन्न नयाँनयाँ कामको अनुभव मेरा लागि अबसरहरु बनिरहे । यस बिचमा मन्त्रिज्यूका सचिवालयमा बिभिन्न परिदृश्यहरु नबिर्सने गरि मनमा गडिरहे ।

एकबर्ष बढी कार्यकाल मन्त्रिबिहिन कुर्सि,सुरेन्द्र दाई सधै सोफामा ।

म शुरुमा मन्त्रिज्यूको कार्यकक्षमा पस्दा मन्त्रिज्यूको कुर्सि खाली देखेर को मन्त्रि भन्ने अलमलमा परें । वहाँलाइ पहिलो चोटि भेट्नेहरु सबै झुक्किएर जान्थे ।पदभार ग्रहण गर्दा मन्त्रिले पाएको कुर्सि त्यसपछि सधै खाली रह्यो । वहाँले कहिल्यै त्यो कुर्सि प्रयोग गर्नुभएन । सधै सोफामा तल बसेर भेटघाट र कार्यसम्पादन गर्दै कार्यकाल सक्काउनु भयो । वहाँलाइ मैले पछि सोधें दाई किन कुर्सि र टेवल प्रयोग गर्नु नभएको ?
वहाँले हास्दै भन्नुहुन्थो,यो कुर्सिमा बस्दा मान्छेमा मनोबैज्ञानिक असर पर्छ । म मन्त्रिको कुर्सिमा छु भन्ने अहमता पलाउछ । म मन्त्रि हुँ भन्ने लाग्नु नै अहमता हो । यो कुर्सि सधै आफ्नो हुने पनि हैन । त्यसकारण म किन यसमा गजक्क पर्नु । यहां सबै आउंछन्, संगै बसेर गफ गर्न कति मज्जा छ । त्यो मज्जा त्यो कुर्सि माथिबाट आउदैन भाई । मलाई सम्झना छ मैले टाउको हल्लाएं । केहि बोलिन ।

लुम्बिनी वन प्रशासनमा आवश्यक पर्ने सबै कानुनका जननी भए,सुरेन्द्र दाई

मन्त्रिज्यू भन्ने शब्दको करेक्सन भयो । मैले वहाँकै निर्देशनमा सचिवालयमा काम गर्न थालेको तेस्रो दिनबाट सुरेन्द्र दाई भन्न थालिसकेको थिएं । वहाँलाइ मन्त्रिज्यू शब्द साह्रै ‍औपचारिक लाग्थ्यो । वहाँमा एउटा भावना थियो । ब्यबहार र कर्ममा जति हामि ‍औपचारिक भयौं त्यति परिणाम सुस्त हुन्छ ।सुरेन्द्र दाईको एक बर्ष बढी कार्यकालमा वन ऐन,नियमावली तथा अन्य आवश्यक चारवटा कार्यबिधि पारित भइ कार्यन्वयनमा गए । लगभग वन क्षेत्रको नियमन र ब्यबस्थापनका लागि चाहिने सबै कानुन वहाँको पालामा आए । कुनै कानुन नभर्इ चलेको प्रदेश वन प्रसासनलाइ कानुनी जग हाल्न वहाँ सफल हुनु भो । पहिलो सरकारले दर्ता गरेको वन ऐनलाइ फास्ट ट्रयाकबाट पारित गराउन वहाँको भुमिका प्रसंसायोग्य रह्यो । त्यो भन्दा बढि वहाँको पालामा अन्योलमा रहेको बैज्ञानिक वन ब्यबस्थापनले पुनर्जिवन पायो । लुम्बिनि प्रदेश पहिलो प्रदेश बन्यो ।
प्रदेश वन ऐन पारित पछि नियमावलीको तयारीमा लाग्दा एउटा स्मरण यहाँनेर सम्झौं । वन नियमावली मन्त्रिपरिषदबाट पास गराउनु पर्ने थियो । कानुन र अर्थ मन्त्रालयमा राय मागियो जुन क्याबिनेट प्रस्तावका लागि आवश्यक रहन्छ । त्यतिबेला तत्कालिन अर्थसँग ठुलै डिवेट पर्यो । खासगरि तत्कालिन अर्थ सचिवले संघिय कानुन देखाउदै राय दिन नमिल्ने ठाउमा उभिनु भो । दुर्इ मन्त्रालयका सचिवहरु बिच जुहारी नै पर्यो । उक्त बैठकमा लफडा नै हुन थालेपछि मन्त्रिज्यूलाइ बोलाउने कुरा भो । सुरेन्द्र दाई अर्थ सचिवकहाँ आउनु भयो । त्यसपछि माहोलै शान्त भो । एकछिन अघि तात्तिएका अर्थ सचिवलाई सुरेन्द्र दाईले दश मिनेटमै चिस्याए । त्यतिबेला वहाँका २–४ शब्दहरु अहिले पनि सम्झनामा छन, सचिव ज्यू जमाना समन्वय र सहकार्यको छ । सबैलार्इ आआफ्ना बाध्यता छन् । तपाइ एकचोटि वन मन्त्री वा वन सचिव भएर सोच्दिनुहोसू। त्यसपछि अर्थको सहमति भोलिपल्टै आयो ।

न मन्त्रि क्वाटर चाहियो न क्वाटरमा सहयोगी

सामान्यतया मन्त्रीज्यूहरु आउने बित्तिकै माग गर्ने मन्त्री क्वाटर,राम्रा सामान र खानापिन गराउने तथा सफा गर्ने सहयोगी न्यूनतम कुरा हुन । यी चिज मन्त्रालयले ब्यबस्थापन गरिदिनै पर्छ तर सुरेन्द्र दाईलाइ यी चिज आवश्यक लागेन । वहाँ पहिलेदेखि नै बस्दै आउनु भएको एउटा किचन र एउटा बेडरुम सहितको किचिक्क कोठा नै प्यारो लाग्यो । कहिल्यै वहाँले अर्को क्वाटर माग गर्नु भएन । यतिसम्म त ठिकै थ्यो । वहाँले मन्त्रिपछि पनि किचनको काम गर्ने,भांडा माझ्ने लुगा धुने सम्मका नियमित काम आफै गर्नु भो । यसका लागि कुनै सहयोगी राख्न चाहानु भएन । सुरेन्द्र दाइ बजारमा तरकारी किन्दै गरेको धेरै चोटी भेटिनुहुन्थ्यो ।

आफ्नो गाडि धकेल्दै मल्लरानी उक्लिंदा पिएससोको घरमा रात बिताउने मन्त्रिज्यूको रहर

२०७८ फागुनतिर डिभिजन वन कार्यालयले प्यूठानले आफ्नो नयाँ भवन उद्धघाटन गरिदिन मन्त्रीज्यूलाइ निमन्त्रणा पठायो । तत्कालिन प्रमुख अजित कुमार कर्णले पटकपटक फोन गरेपछि सुरेन्द्र दाई प्यूठान जाने हुनु भो । साँझ प्यूठान पुगियो । भोलिपल्ट बिहान ८ बजे भवनको उद्धघाटन सम्पन्न भो। कार्यक्रम सकिएपछि पर्यटन ब्यावसायीहरुले भेटघाट गरि आफ्ना योजना सुनाउनु भो। वहाँहरुले सामुदायिक वनक्षेत्रमा गर्न सकिने पर्यापर्यटनका कामका बारेमा व्यवसायीसँग लामो छलफल गर्नु भो । छलफलकै क्रममा प्यूठान सदरमुकाम माथिको डाडा मल्लरानी भन्ने ठाउमा जाने कुरा भो। त्यहाँबाट देखिने दृश्य अवलोकन गर्न व्यवसायीले उक्साएपछि मन्त्री जाउ भन्दै तयार हुनु भो । बाटो कच्चि खराब थियो । मन्त्रीज्यूको गाडी पनि उकालोमा नतान्ने भइसकेको थिएन ।सधै दुख दिने गर्थ्यो । हामीले गाडि जान सक्दैन कि भन्ने प्रश्न गरियो । मन्त्रीज्यू गाडिले नताने हिडेर जाने भन्दै अगाडि लाग्नु भो ।अलि अगाडि गइयो,गाडी उकालोमा रोकियो । ड्राइभर यसो हेर्दैथियो । सुरेन्द्र दाई गाडिबाट निस्कि हाल्नु भो । हजुर बस्नुहोस हामी हेर्छौं भन्न नपाउदै वहाले आउ सबै भन्दै गाडि धक्का लगाउन शुरु गर्नु भो । गाडि धकेलेसि उक्लियो । मल्लारानी डांडामा पुगेर सबै दृश्य हेरियो । सुन्दर ठाउं रहेछ । सबैलाइ मन पर्यो । एकछिनपछि हामी त्यहाँबाट सबैसंग बिदा मागी हिडियो । प्यूठान सदरमुकामबाट अलि पर पुगेसि सुरेन्द्र दाइले आज अमरको घरमा बस्ने भन्न थाल्नु भो । अमर मन्त्रिज्यूको पिएसओका रुपमा खटिएको थियो । उसको घर प्यूठानको गाउमा पर्थ्यो । पिएसओ अलमलियो । मन्त्रिज्यू नै आफ्नो घरमा जान्छु भनेसि उसलाइ के भनौं भनौं भो सायद । टाढा छ हजुर धेरै,बाटो साह्रै अफ्ठेरो,दुर्गम छ पुग्न के सकिएला र हजुर भन्दै अमर बोल्यो । सुरेन्द्र दाई जसरि जाने मुडमा हुनुहुन्थ्यो । पछि बल्लतल्ल गाडि नै जाने खाले बाटो छैन,पछि जाउंला भनेर वहाँलाइ जानबाट रोकियो । सन्तुष्ट नभइ नभइ ठिकै छ भन्नु भो ।

मन्त्रिले बजेट खन्यायो भन्छन,मेरो निर्बाचन क्षेत्रमा केहि बजेट नराख्नु

संबिधानतः प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउनु पर्छ । असारमा मन्त्रालयहरुमा भ्याइनभ्याइ हुन्छ । सांसद देखी मेयरहरुसम्मको भिडभाड हुन्छ मन्त्रालयमा । कार्यक्रमहरु राख्दिनका लागि प्रेसर दबाब थेगिनसक्नुको हुन्छ । यसपटको बजेट निर्माणको काम शुरु भइसकेको थियो । म योजना शाखा र सचिवालयमा दोहोरो जिमम्वारीमा रहेकाले यसपटक मलाइ बजेट र कार्यक्रमका लागी अध्याधिक प्रेसर रहन्छ भन्ने मनोबैज्ञानिकरुपमा म तयार नै थिएं । बजेट कार्यक्रमको एक किसिमको ड्राफ्ट तयार भो । सचिवले मन्त्रिकहाँ प्रस्तुत गर्नु भो । एक दुइवटा कार्यक्रम थपिए । वनकर्मिहरु शारिरिकरुपमा फिट हुनुपर्छ भन्ने वहाँको मान्यता थियो । त्यही अनुरुप सबै कार्यालयमा खुल्ला जिम बनाउने कार्यक्रम समटियो । वन रक्षक बिमा कार्यक्रम शुरु हुने भयो । एक वडा एक पोखरी र एक पालिका एक वन नर्सरी कार्यक्रमको जन्म भो । अरु सबै कार्यक्रमहरुमा वहाँको सर्मथन रह्यो । एकछिन मै बार्षिक बजेट टुङ्गियो ।
बेलुका ८ बजेतिर कोठा पुगियो । सुरेन्द्र दाइको फोन आयो, केशब मन्त्रिले बजेट खन्यायो भन्छन, मेरो निर्बाचन क्षेत्रमा तोकेर कुनै बजेट नराख्नु म ट्वाल्ल परें । मन्त्रिहरु सबै बजेट आफ्नै क्षेत्रमा केन्द्रित गर्छन तर सुरेन्द्र दाइ के भका हुन् भनेर ।
अहिलेको बार्षिक कार्यक्रम हेरे हुन्छ । वहाँको निर्बाचन क्षेत्र बांके २ मा कुनै कार्यक्रम र बजेट मन्त्रालयको छैन । यो कुराले मलाइ पछिसम्म अचम्मित बनाईरह्यो ।
निर्बाचन नजिक छ सरुवाले म बिबादित हुन्छु, सबै सरुवा निर्बाचन पछि बन्ने सरकारले गर्छ
लुम्बिनि प्रदेशको कर्मचारीहरुको सरुवा भदौ असोजमा नियमित हुने कार्यबिधि छ । यसपटक पनि सरुवा लहर र हल्ला चल्न सुरु भैसकेको थियो । खासगरि डिभिजन वन प्रमुखहरुको सरुवा र लामो समय एकै जिल्लामा बसेका अधिकृतहरुको सरुवा सधै पेचिलो बन्ने गर्छ । यसपटक मन्त्रिज्यूको एउटै जिल्लामा ५ बर्ष बढी बसेका सबै कर्मचारीहरुको सरुवा व्यवस्थापन गर्ने र कार्यप्रणाली सुधार गर्ने हुटहुटि शुरु बाटै थियो । ब्यबसायिक मर्यादा खुम्चदै गएको कारण हाम्रो सरुवा प्रणाली अव्यवस्थित हुनु नै हो भन्ने सुरेन्द्र दाईमा परेको थियो । त्यसकारण हामीले साउनमै वन रक्षक सहितको सरुवा गर्न लामो अबधी बसेकाहरुलाइ समेटेर ३६१ जनाको सरुवा गर्न उचित भनि मन्त्रिकहाँ छलफल गरेका थियौं । सचिवालयमा भएको त्यो छलफल अनौपचारिक भएपनि हामी न्यायसंगत र वनप्रशासनको मर्यादा उचो हुने गरि सरुवा हुनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं ।लगतै निर्बाचन घोषणा भयो । अब यो सरुवा नगर्ने भन्दै सुरेन्द्र दाईले अडान लिनु भो । बिचमा धेरै रस्साकस्सि भो तर सबै सरुवा रोकियो । सरुवा रोकिने मन्त्रालय प्रदेशभर हाम्रो मात्रै परेछ ।वहाँले निर्बाचन पछि बन्ने सरकारले गर्ने काम हतारमा अघि गर्न हुन्न भन्दै सरुवा सबै काम निर्बाचनपछिको सरकारलाइ २०७९ भदौमा नै हस्तान्तरण गर्नु भो ।
यस्ता अनेकौ यादगर नया पलहरु सुरेन्द्र दाईको सचिवालयमा बिताइयो । निर्बाचनमा होमिएका सुरेन्द्र दाई पराजित हुनु भो । त्यसपछि वहाँले भनेको कुरा अहिले पनि याद छ,ूजनताले जहिले नयां खोजिरहेछन । म यो बिचमा नयां हुन सकिन या जनताले ममा नयाँपन देखेनन, हारें । फेरि जनतासँग नविन सोचका साथ जान्छु । फेरि जितेर आउंछु । मलाइ राजनिति सरल र सादगी होस भन्ने चाहना छ।
सुरेन्द्र दाइको पृष्ठभुमि खेलको हो त्यसकारण वहाँमा खेल जिवनको अनुशासन छ,लगाव छ,सकारात्मक सोच छ । त्यो भन्दा बढी वहाँमा अहमता छैन । अहमता शुन्य मान्छे राजनितीमा पाउन मुस्किल छ । त्यसकारण यस्तो शुन्य अहमताको पोजिटिभ लिडर राजनितिमा कमै होलान भन्ने मलाइ लागेको छ ।सुरेन्द्र दाइको सचिवालयबाट यहि डायरि सहित आज देखी बिदा हुंदै छु । सबैमा धन्यवाद ।
 (लेखक खड्का वन तथा वातावरण मन्त्रालय लुम्बिनि प्रदेशमा कार्यरत छन् )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी