Logo
२४ माघ २०७९, मंगलवार
Logo

पुराना जहाज विस्थापन गर


आईतवार काठमाण्डौंबाट पोखरा उडेको जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्युको घटनाले सिंगो देश शोकमग्न वनेको छ । नेपालको इतिहासमा आन्तरिक उडानतर्फ यो सवैभन्दा ठूलो र विभत्स दुर्घटना हो । आईतवार भएको दुर्घटनामा परेकामध्ये केहीको खोजी र उद्धारको काम सोमवारसम्मै भएको छ । सेतीको खोँचमा भएको दुर्घटनाले उद्धारमा कठिनाई हुँदा दुर्घटनामा ज्यान गुमाएका आफन्त परिवारले समयमै शव पाउन समेत कठिनाईको अवस्था उत्पन्न भयो । यतिको जहाज दुर्घटनाले सिंगो देशलाई शोकमा परिणतमात्रै गरेको छैन, देशका होनहार नागरिकको अवसानले ठूलो क्षति भएको छ । विभिन्न विधामा अब्बल नेपाली नागरिकको दुर्घटनामा भएको आकस्मिक अवसानले भएको क्षति देशले धेरै बर्ष भोग्नुपर्ने छ । त्यसो त नेपालमा आन्तरिक उडान सुरक्षित छैनन् । नेपालमा ६ महिना अघिपनि पोखराबाट मुस्ताङका लागि उडेको जहाज दुर्घटनामा परेको थियो । त्यसअघि पनि आन्तरिकतर्फका धेरै जहाज दुर्घटनामा परेको उदाहरण र इतिहास नेपालको उडड्यन क्षेत्रमा छन् । जहाज दुर्घटनामा नेपालले ठूलो मानवीय क्षति बेहोर्दै आएको छ । आईतवार भएको जहाज दुर्घटनामा परि ज्यान गुमाएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली भन्नुको अर्को विकल्प छैन । तर, एउटा महत्वपूर्ण मुद्दा भने अव नेपालको हवाई क्षेत्रले उठाउनै पर्ने भएको छ । नेपालमा पुराना र जीर्ण भएका जहाजको विकल्प खोज्नुपर्ने भएको छ । बाहिर विदेशमा चलाएर पत्रु परेका जहाज लिलामीमा नेपालमा आउने र ती नेपाली बायुसेवा कम्पनीले चलाउने गरेको उदाहरण छ । तसर्थ नेपालमा अव थोत्रा र पुराना जहाज चलाउनै प्रतिवन्ध गर्नुपर्दछ । नेपाल सरकारले कति बर्ष पुराना जहाज चलाउन रोक लगाउने हो, त्यसमा अव एउटा ठोस निर्णय गर्नैपर्दछ । जहाजको आन्तरिक परिक्षणमा पनि ध्यान दिनेतर्फ सोच्नु जरुरी छ । सरकारले आईतवार नै आन्तरिक उडान अनिवार्य जाँच गरेरमात्र उडाउन दिने निर्णय त गरेको छ तर ढिलोगरी हुने निर्णयले क्षति रोक्न सकिरहेको छैन । ७२ जनाको ज्यान गएपछिमात्र सरकारले आन्तरिक उडानमा कडाई गर्ने भएको छ । यदी पहिले नै त्यसमा कडाई गरेको भए सायद यति धेरै मानवीय क्षति हुने थिएन । तर, सरकार यसमा चुकेको छ । नेपालमा घटना भएपछि मात्रै प्रतिकृया जनाउने वा लिने परम्परा छ । त्यसमा अव सुधार जरुरी छ । सरकारले अहिलेदेखि नै यो क्षेत्रमा गंभीर ढंगले कदम चालोस् ।

यति एयरको जहाज बनेको १५ बर्ष भएकोले त्यसलाई धेरै पुरानो भन्न मिल्दैन तर उक्त जहाज विदेशमा असफल भएपछि नेपाल ल्याइएको रहेछ । त्यसमा गंभीर गल्ती भएको थियो । विदेशबाट खरिद गरेर ल्याउने जहाजका विषयमा पनि अव खोज अनुसन्धान गरेरमात्र उडान अनुमति दिनुपर्ने देखिन्छ । भारतमा समेत यो विमान चलेको देखियो तर त्यहाँ यसमा समस्या देखिएपछि थाईल्याण्डमा नोक कम्पनीले चलायो । पछि सन. २०१९ मा यति एयरले विमान नेपाल ल्याएर चलाएको देखिएकोले यसमा नेपाल सरकारकै उडड्यन नीतिको त्रुटी देखिएको छ । बाहिर असफल भैसकेको जहाजलाई नेपालमा उडानको अनुमति दिनु नै गलत थियो, जसको परिणाम आज देशले भोगिरहेको छ । तसर्थ अव नेपाल सरकारले नेपालको उडड्यन क्षेत्रलाई सुरक्षित वनाउने हो भने धेरै सुधारको पहल लिन जरुरी छ । छानवीन समिति गठन गरेर मात्रै हुँदैन । त्यसका प्रतिवेदन नै अहिलेसम्म कार्यान्वयन हुन सकेका छैनन् । शोकको यो घडीमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना दिदै गर्दा आगामी दिनमा यस प्रकारको क्षतिको घटना दोहोरिन नदिनेतर्फ ध्यान दिनु जरुरी छ । खासगरी नेपाल सरकारले नेपालको उडड्यन क्षेत्रलाई सुरक्षित वनाउने हो भने आजैबाट आमूल सुधारको पहल गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी