Logo
२४ माघ २०७९, मंगलवार
Logo

बसपार्क बनाउन सार्वजनिक जग्गाका निजी संरचनामा डोजर


सल्यान, २ माघ ।

आधुनिक बसपार्क निर्माणका लागि भन्दै सल्यानकै प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित सरकारी प्रती ऐलानी जग्गामा बनाएका घर टहराहरु शारदा नगरपालिकाले भत्काएको छ । शारदा नगरपालिकाले वडा नम्बर १ स्थित श्रीनगरमा निर्मित संरचनाहरु सोमबार डोजर प्रयोग ररेर हटाएको हो । घर टहरा भत्काउन डोजर सहित पुगेका नगर प्रमुख प्रकाश भण्डारीले बजार व्यवस्थित र सुन्दर बनाउने अभियान सुरु भएको भन्दै बजारमा बाँकी जति पनि ऐलानी जग्गामा बनेका संरचना छन् सबै हटाउने बताए ।

मंसिर २६ गते संरचना हटाउन ३५ दिने सूचना जारी गरेको नगरपालिकाले ३५ दिन कटेको भोली पल्टैबाट बसपार्क क्षेत्रमा निर्माण भएका संरचना भत्काएको हो । संरचनाहरु भत्काए पनि घर टहरा निर्माण गरेका सरोकारवालाहरुले सामान व्यवस्थापनकोे लागि तीन दिनको समय मागेकाले नगरपालिकाले माघ ४ गते सम्मलाई समय थप गरेकोे छ । घर टहरा भत्काएपछि इटा, ढुंगा, छड, जस्ता पाता, झ्याल, ढोका जस्ता सामानको व्यवस्थापनका लागि नगरपालिकाले एक सूचना जारी गर्दै तीन दिनको समय दिएको छ । सम्बन्धितले तोकिएको समयमा सामानको व्यवस्थापन नगरे नगरपालिको हटाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर बुढाथोकीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले अन्यत्र अवास नै नभएकाहरूलाई अहिले भाडा तिरेर बस्ने व्यवस्था मिलाएको जनाएको छ । नगरपालिकाले श्रीनगरमा आधुनिक बसपार्क निर्माणसँगै व्यवस्थित संरचना तयार गर्ने र ती संरचनामा अहिले बसिरहेका व्यवसायीलाई पहिलो प्राथमिकता दिएर भाडामा दिने नगर प्रमुख भण्डारीले जानकारी दिए । उनले आफ्नै कार्यकालमा आधुनिक बसपार्क निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

शारदा नगरपालिकाले २०७६ सालमा नै श्रीनगरमा व्यवस्थित र आधुनिक बसपार्क बनाउने योजना अघि सारेको थियो । त्यतिखेर पनि नगरपालिकाले सूचना जारी गर्दै ऐलानी जग्गामा बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो । यद्यपि नगरपालिकाको पहिलो कार्यकालमा जनप्रतिनिधिले संरचना भत्काउने आँट गर्न सकेनन् । अहिले आएर नगरपालिकाले परिणाममुखी काम गरेको र दृढ इक्षा शक्तिका साथ नेतृत्व गरेको भन्दै जिल्लाबासीले नगरप्रमुख भण्डारीको प्रशंसा गरेका छन् ।

आधुनिक बसपार्क जिल्लाकै आवश्यकता भएको भन्दै स्थानीय व्यापारीहरुले बसपार्क निर्माण पश्चात श्रीनगर बजार व्यवस्थित हुने, यत्रतत्र हुने सवारी पार्किङको समस्या हल हुने, यसले दुर्घटनाको जोखिम पनि कम हुने अपेक्षा गरेका छन् ।

बसपार्क क्षेत्रमा मात्रै ऐलानी जग्गा अतिक्रमण गरेर दर्जनौँ घरटहरा निर्माण गरिएका थिए । त्यस क्षेत्रमा करिव ८७ रोपनी ऐलानी जग्गा रहेको बताइएको छ । नगरले कसैको घर भत्काउने र कसैलाई छोडेमा आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् ।

शारदा नगरपालिकाले दुई दिनअघि पनि एक सूचना जारी गर्दै संरचना हटाउन तथा आफ्ना सामग्रीको व्यवस्थापन गर्न अनुरोध गरेको थियो । कतिपयले आफ्नो घर आफै भत्काएर सामान व्यवस्थापन गरेका थिए । नगर प्रमुख भण्डारीले संरचना हटाउनुको अघिल्लो दिन श्रीनगर स्थित सरकारी प्रति ऐलानी जग्गामा बसोबास गरिरहेका बासिन्दाहरुसँग भेट पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी