Logo
२४ माघ २०७९, मंगलवार
Logo

मन्दिरमा लगेर मामाले गरे आठ वर्षीय भान्जाको हत्या


सल्यान, १ माघ ।

सल्यानमा धारिलो हतियार प्रयोग गरी मामाले ८ वर्षीय बालक (आफ्नै भान्जा) को हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार दिउँसो पुरीले आफ्नै घर आँगनमा रहेको मन्दिर भित्र लगी बालकको हत्या गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्या गर्ने पुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए ।

स्थानीयले भने पुरी मानसिक रुपमा ठिक नभएको र विगत केही महिनादेखि औषधी सेवन गरिरहेको जनाएका छन् । पुरीको मानसिक अवस्था ठिक भए नभएको उनको स्वास्थ्य परीक्षणपछि मात्र थाहा हुने श्रेष्ठको भनाई छ । बालकको शव मन्दिर भित्र जमिन मुनी गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी