Logo
२४ माघ २०७९, मंगलवार
Logo

लुम्बिनीमा मन्त्री छान्न केन्द्रकै भर


बुटवल, ३० पुस ।

मुख्यमन्त्री नियुक्ति भएको तीन दिन सम्म पनि लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डा टुंगिन सकेको छैन । लुम्बिनी प्रदेशमा गत बुधबार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता लिला गिरीले बिहीबार सपथग्रहण गरेका थिए । मुख्यमन्त्री गिरीसँगै तीनजना मन्त्रीलाई विनाविभागीयको रुपमा सपथग्रहण गराइएको थियो ।

तर मन्त्रालय भण्गबण्डा टुंगिन अझै ५–७ दिन लाग्ने नेताहरुले बताएका छन् । खासगरी मन्त्रालय भाण्बण्डामा नेताहरुले केन्द्रकै मुख ताकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रालय भागबण्डा गरिदिएमा सहज हुने आशमा नेताहरु बसेका छन् । त्यसमा पनि माओवादी केन्द्रले मन्त्रालय भागबण्डामा केन्द्रकै मुख ताकिरहेको छ । माओवादी नेता सुदर्शन बरालले माथिबाटै सहमति बनेर आएपछि मन्त्रीहरु नियुक्त हुने बताए । “मन्त्रालय भाण्गबण्डा माथिबाट टुंगिएर आयो भने सजिलो हुन्छ, अव केही दिनमा आउला”द्दउनले भने ।

एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले भने स–सानो कुरामा समेत केन्द्रकै मुख ताक्ने प्रवृत्ति गलत रहेको बताए । यहाँ टुंगो लगाउन नसकेपछि केन्द्रकै मुख ताक्नु स्वाभाविक भएपनि यसले गलत परिपाटीको विकास गर्ने उनको भनाई छ । “अव केन्द्रबाट टुंगो लाग्ने जस्तो स्थिति देखियो, यो हिसावले अझै ५–७ दिन मन्त्रिमण्डल बिस्तार हुँदैन”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी