ट्रेंडिंग:

>> विशेष अदालतमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ >> गण्डक नहरमा डल्फिन भेटियो >> नवलपरासीमा सोमबारदेखि अन्तरप्रदेश राष्ट्रिय पुरुष कवड्डी प्रतियोगिता हुँदै >> नेपालगञ्जमा दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य >> रुख कटानको काम सुरु >> श्रम स्वीकृतिको काम एकै दिनमा हुने >> आयरल्यान्ड वुल्भ्सले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य >> एसईई अनुगमनका जथाभावी अनुमति पत्र रद्द >> १९ वर्षीया पद्मा सुनार हत्याका अभियुक्त सार्की सार्वजनिक >> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ?

लैङ्गिक हिंसा विरुद्ध विद्यालय तहबाटै सचेतना आवश्यक

१४ पुष २०७९, बिहीबार
१४ पुष २०७९, बिहीबार

कपिलवस्तु, १३ पुस ।

लैङ्गिक हिंसा न्युनीकरणका लागि बिद्यालय तहबाटै सचेतना अभियान चलाउन आवश्यक रहेकोमा कपिलवस्तुका जनप्रतिनिधि र सरोकारवालाले जोड दिएका छन् । जिल्ला समन्वय समिति कपिलवस्तु र साथी संस्थाको आयोजनामा तौलिहवामा आयोजित लैङ्गिक हिंसा निवारणका लागि सामूहिक प्रयास विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो बिषयमा जोड दिएका हुन् । हिंसा न्युनीकरणका लागि घर देखि बिद्यालय सम्म सचेतनाका कार्यमा जोड दिनुपर्ने जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । जिल्लामा साथी संस्थाको अगुवाईमा लैङ्गिक हिंसा र घरेलु हिंसा प्रभावितका लागि सञ्चालन गरिएको आश्रयगृहका लागि आवश्यक पर्ने भवनका लागि जग्गा व्यवस्थापन गर्न सकिए पूर्वाधारका लागि प्रदेश सरकारमा पहल गर्ने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघ सिड कमिटीकी सदस्य बन्दना राणाले लैङ्गिक हिंसाका आयामहरु परिवर्तन हुँदै गएको सन्दर्भमा महिला बालबालिकामाथि हिंसाको बिषयलाई सरोकारको बिषय बनाउन आवश्यक रहेकोमा जोड दिईन् । पछिल्लो समय यौन हिंसामा नाबालकहरु पर्ने गरेको तथ्यलाई आत्मसात गरी सोही अनुसारको सचेतना र सम्बोधनका कार्य गर्नु पर्ने उनले बताईन् ।

सिडले बिश्वका हरेक राष्ट्रहरुको हरेक चार चार बर्षको अवधिमा महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा रोक्न गरिएका प्रयासबारे सुझाव दिंदै आएको बताईन् । अन्तर्राष्ट्रियस्तरमा नेपालमा भएका प्रयासका सन्दर्भमा नीति, कार्यक्रम र संयन्त्र भए पनि कार्यान्वयनको पक्ष केही कमजोरी देखिदै आएको उनको प्रष्टोक्ति थियो । सबै प्रकारका लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशिलताको नीति कार्यान्वयनका लागि सबै पक्षको तत्परता आवश्यक रहेकोमा राणाले जोड दिईन् । लैङ्गिक हिंसा रोक्न टोल तहकै सञ्जालिकरण र सचेतनाका कार्य आवश्यक रहेको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए । जिल्लाको शिक्षाको अवस्था दयनीय देखिएको बताउँदै उनले स्थानीय जनप्रतिनिधिसँग शैक्षिक बातावरण र गुणस्तर सुधारमा ध्यान दिन आग्रह गरे । हिंसाका घटनामा कुनै पनि सम्झौता गर्न नहुनेमा जोड दिदै हिंसा विरुद्ध शुन्य सहनशिलताको नीति कार्यान्वयन गर्न प्रशासन तत्पर रहेको प्रजिअ मिश्रको भनाई थियो ।

विद्यालयस्तरमै हिंसा र विद्युतीय अपराध (साईबर क्राईम) बारे सचेतना कार्यक्रम सञ्चालन गर्न पहल गरिने साथीकी केन्द्रीय अध्यक्ष सजनी प्रधान आमात्यले बताईन् । आफुहरु जिल्लामा आश्रय गृहका लागि मापदण्डयुक्त संरचना तयार पार्नका लागि समन्वय गर्न अग्रसर रहेको उनको भनाई थियो । लैङ्गिक हिंसाका मुद्दालाई जटिल बनाउनु भन्दा पनि यर्थातपरक बनाएर पीडितलाई न्याय र पिडकलाई सजाय पाउने अवस्था सिर्जनामा सरोकारवाला लाग्नु पर्नेमा जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीले जोड दिए ।

हिंसा न्युनीकरणका लागि समुदायमा सचेतना प्रवाह गर्न स्थानीय तहले पहलकदमी लिने कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । आश्रय गृहको निरन्तरताका लागि जग्गाको व्यवस्थापन भए जिल्लाका सबै पालिकाले पूर्वाधार निर्माणका लागि सहयोग गर्ने पौडेलको प्रतिबद्धता थियो । सरकारी संयन्त्र र सरोकारवालाबीचको समन्वयमा कमी हुँदा हिंसा प्रभावितले न्याय पाउन समस्या पर्ने गरेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए ।

हिंसा प्रभावितलाई न्यायमा पहुचँ पुर्याउन स्थानीय तहका जनप्रतिनिधि तत्पर रहने बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए । साथी संस्थाले जिल्लामा हिंसा प्रभावित महिला र बालबालिकाका लागि १० शैयाको आश्रय गृह निरन्तर सञ्चालन गर्दै आएको भए पनि श्रोत अभावले समस्या पर्ने गरेको आश्रय गृहकी प्रमुख बिमला घिमिरेले बताईन् । उनले स्थानीय तहले आश्रय गृह सञ्चालनका लागि श्रोत व्यवस्थापन र पूर्वाधार निर्माणका लागि सहयोग गर्नेमा विश्वास व्यक्त गरिन् ।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता चौधरी, जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, ईन्सेककी जिल्ला प्रतिनिधि पार्वती आचार्य, समन्वय समितिका खरिदार सुरेन्द्र बेल्वासे लगायतले हिंसा बिरुद्ध बिद्यालय तहको सचेतना, प्रभावितलाई न्यायको सुनिश्तिता र आश्रय गृहको निरन्तरताका लागि श्रोतको सुनिश्चितता गर्न सबैले सहकार्य गर्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?