ट्रेंडिंग:

>> रुख कटानको काम सुरु >> श्रम स्वीकृतिको काम एकै दिनमा हुने >> आयरल्यान्ड वुल्भ्सले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य >> एसईई अनुगमनका जथाभावी अनुमति पत्र रद्द >> १९ वर्षीया पद्मा सुनार हत्याका अभियुक्त सार्की सार्वजनिक >> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला

नेत्रहीन संघ रोल्पाद्वारा नगरप्रमुखलाई ज्ञापन पत्र

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

रोल्पा, १२ पुस ।

रोल्पामा अपांगता भएका व्यक्तिहरुले रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीलाई ज्ञापन पत्र वुझाएका छन् । रोल्पा नेत्रहीन संघ रोल्पाको आयोजनामा वुझाइएको ज्ञापन पत्रमा अन्य अपाङ्गता भएका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

अपांगता भएका व्यक्तिहरु आर्थिक रुपमा गरिव र सामजिक रुपमा अपहेलित जीवन विताउन वाध्य भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आफुहरु देश भित्रै दोश्रो दर्जाको नागरिकको रुपमा जीउन वाध्य भएको उल्लेख गर्दै जीवन समेत अत्यन्तै कष्टकर रहेको उल्लेख गरिएको छ ।

“घर आँगनको सरकार भएका कारण स्थानीय सरकार अपाङ्गताका विषयमा बढी गम्भीर र जिम्मेवार वन्ने कुरामा दुई मत छैन” ज्ञापन पत्रमा भनिएको छ । सवैभन्दा नजिक भेटिने सरकार भएका कारण हामी रोल्पाली अपांगता भएका व्यक्तिहरुले स्थानीय सरकार खोज्दै आएको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा रोल्पा जिल्लामा रहेका तीन वटा श्रोत कक्षाहरुमा श्रोत शिक्षकको सट्टामा साङ्ग शिक्षक रहेकाले ती कोटामा अपांग शिक्षक भर्ना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । यसैगरी तीनवटै श्रोत कक्षाहरुमा शिक्षाको गुणस्तर वृद्धिका लागि थप अपांगमैत्र शैक्षिक सामग्री र खेलकुद सामग्रीको यथोचित व्यवस्था गर्न, अपांगता भएका व्यक्तिहरुको आयआर्जन र सशक्तीकरणका लागि सीपमुलक तालिम तथा क्षमता विकास तालिमको व्यवस्था गर्न आग्रह गरिएको छ ।

ज्ञापन पत्रमा जिल्लाका तीनवटै श्रोत कक्षाहरुमा अपांगमैत्री भवन नहँुदा अपांगता भएका विद्यार्थीहरुले कठिनाई भोग्दै आएको हँुदा ती श्रोत कक्षाहरुलाई अपांगमैत्री वनाउन आवश्यक वजेट व्यवस्था गर्न आग्रह गरिएको छ । ज्ञापन पत्रमा तीनवटै विशेष कक्षाको पठनपाठनलाई थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजना सहित अघि वढ्न पहल गर्न आग्रह गरिएको छ ।

रोल्पा नेत्रहीन संघ रोल्पाले पेश गरेको ज्ञापन पत्रमारोल्पाका तीनवटै श्रोत कक्षाहरुमा अध्यापन गराउने अपांग शिक्षक नभएकाले हाल जिल्लामै त्यस्तो जनशक्ति उपलव्ध भएकाले नगरपालिकावाट अनुदान शिक्षकको रुपमा ती विद्यालयहरुमा अपांग शिक्षक भर्ना गर्न पहल माग गरिएको छ ।

ज्ञापन पत्र वुझ्दै रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीले ज्ञापन पत्रवारे आफु गम्भिर रहेको वताएका थिए । अपांगता भएका व्यक्तिहरुको सामाजिक र आर्थिक सशक्तीकरणका लागि नगरपालिकाका सहकार्य गरेर अघि वढ्न तयार रहेको नगरप्रमुख घर्तीको भनाई थियो ।

कार्यक्रमको सहजीकरण रोल्पा नेत्रहीन संघ रोल्पाका सचिव शिशिर डाँगीले गरेका थिए । ज्ञापन पत्र वुझाउँदा अपांगता भएका विद्यार्थीहरुको समेत सहभागिता थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?