ट्रेंडिंग:

>> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर
मुख्य समाचार

वर्ल्डलिङ्कले ग्राहकलाई उपहारमा दियो ४३ इन्चको स्मार्ट टिभी

१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार

काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कोसेलीको रूपमा आफ्ना सात जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी प्रदान गरेको छ । कम्पनीले देशभरबाट छनौटमा परेका ग्राहकलाई स्मार्ट टिभी उपहार दिएको हो ।

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले सेवा सुरु गरेको २७ वर्षमा सात लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी आफ्ना ग्राहकलाई टेलिभिजन दिएको हो ।

एक लाखदेखि सातौँ लाख नम्बरका ग्राहकलाई कोसेली प्रदान गरिएको वर्ल्डलिङ्कले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिषा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अधिकारी छन् ।

बराइली वर्ल्डलिङ्कको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन् । सन् २०१७ को मे मा वर्ल्डलिङ्कले एक लाख ग्राहक पुर्‍याएको थियो ।

यस्तै, बिर्तामोडकी राई वर्ल्डलिङ्ककी २ लाख नम्बरकी ग्राहक हुन् । सन् २०१८ मा कम्पनीको ग्राहक सङ्ख्या दुई लाख नाघेको थियो ।

बुटवलका थापा तीन लाख नम्बरका ग्राहक हुन् । उनी सन् २०१९ मा वर्ल्डलिङ्कको ग्राहक बनेका थिए । सोही वर्षको फेब्रुअरीमा वर्ल्डलिङ्कले तीन लाख ग्राहक बनाउन सफल भएको थियो ।सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल, पोखराका रविन र बालाजुका अधिकारी क्रमशः चार लाख, पाँच लाख, छ लाख र सात लाख नम्बरका ग्राहक हुन् । उनीहरू सन् २०२० यता वर्ल्डलिङ्कको ग्राहक बनेका हुन् ।

सन् १९९५ मा सेवा सुरु गरेको वर्ल्डलिङ्कले गत नोभेम्बर १४ मा ग्राहकको सङ्ख्या सात लाख पुर्‍याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको कम्पनीले जनाएको छ । सन् २०१९ को फेब्रुअरीसम्म तीन लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म नयाँ चार लाख ग्राहक थपिएका हुन् ।

देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा पाँच हजार जनाले रोजगारी पाएका छन् । देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट पहुँच पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङ जिल्लामा पनि चाँडै आफ्नो सेवा विस्तार गर्ने वर्ल्डलिङ्कले जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत हिस्सा वर्ल्डलिङ्कको छ । साथै कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाई(फाई एक्सप्रेसमार्फत निःशुल्क वाई(फाई सेवा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जानकारी अनुसार एउटा घररकार्यालयमा लिइएको इन्टरनेट कनेक्सन औसतमा ४।३ जना प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । यसलाई आधार मान्दा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?