Logo
२४ माघ २०७९, मंगलवार
Logo

पश्चिम नवलपरासीमा समानुपातिकतर्फ काँग्रेस अगाडि


बुटवल, १० मंसिर ।

पश्चिम नवलपरासीमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएको छ । प्राप्त परिणाम अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ नेपाली काग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । जिल्लाका दुई ओटा संघीय निर्वाचन क्षेत्रबाट काग्रेसले कुल ३९ हजार १ सय २६ मत प्राप्त गरेको छ । देशैभरमा सबैभन्दा बढी समानुपातिक मत ल्याउने नेकपा एमाले पश्चिम नवलपरासीमा भने दोस्रो स्थानमा छ । कुनै पनि क्षेत्रमा विजयी हासिल गर्न नसकेको एमालेको सुर्य चिन्हमा समानुपातिक तर्फ काग्रेसलाई भन्दा ११ हजार २ सय ८७ मत कम परेको छ ।

एमालेले कुल २७ हजार ८ सय ३९ मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २४ हजार ५ सय ६ मत प्राप्त गर्दै जिल्लामा तेस्रो लोकप्रिय पार्टी बन्न सफल भएको छ । चौथो स्थानमा भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ । उसको घण्टी चुनाव चिन्हमा कुल २१ हजार ३ सय ९५ मत परेको छ । यस्तै मधेसवादी शक्तिको रुपमा दाबी गर्दैे आएका अन्य पार्टीलाई पछि पार्दे पाँचौ स्थानमा जनमत पार्र्टी छ । जनमतले १२ हजार ३ सय ४२ मत प्राप्त गरी समानुपातिक तर्फ जिल्लामा छैठौँ स्थानमा रहदा ढकिया चुनाव चिन्ह रहेको नागरिक उन्मुक्ति पार्टीले ९ हजार ७ सय २३ मत ल्याएर सातौँ स्थानमा छ । नेकपा माओवादी केन्द्रको जनमत जिल्लामा कमजोर देखिएको छ । माओवादीका लागि समानुपातिक तर्फ जम्मा ६ हजार १ सय ३२ मत परेको छ । जुन जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको भन्दा पनि कम हो ।

जिल्लाका दुई ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट जसपाले ६ हजार ६ सय ८६ मत ल्याएको जस्मा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपालाई जम्मा २ सय ६९ मत मात्रै समानुपातिक तर्फ प्राप्त भएको छ । यसैगरी लोसपाले कुल ६ हजार ३ सय ७४ मत पाएको छ जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट जम्मा ५८ मत परेको छ । यसैगरी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी ९जप्रपा० ले ४ हजार ५२ मत प्राप्त गरेको छ । जिल्लामा सबैभन्दा कमजोर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी छ । सो पार्र्टीले दुई ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र बाट जम्मा ६ सय ४६ मत मात्र पाएको छ । जसमा क्षेत्र नम्बर १ बाट ४ सय १ र क्षेत्र नम्बर २ बाट २ सय ४५ मत प्राप्त गरेको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । जिल्लामा कुल १ लाख ७३ हजार १ सय २५ मत खसेको थियो ।

प्रत्यक्ष तर्फ चुनाव जितेका उम्मेदवारको मतदातालाई धन्यवाद दिन र्याली चलिरहेको छ । प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रतिनिधिले अहिले आ–आफ्नो निर्वाचन क्षेत्रमा गई मतदातालाई आभार व्यक्त गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी