Logo
२४ माघ २०७९, मंगलवार
Logo

चुनाव हारेपछि शंकर पोखरेल : पछाडि फर्कन चाहन्न


दाङ, १० मंसिर । दाङ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले हारलाई अवसरका रुपमा लिएको बताएका छन् । उनी गठबन्धनकी उम्मेदवार माओवादीकी रेखा शर्मा संगको प्रतिस्पर्धामा १ सय ९६ मतान्तरले पराजीत भएका थिए । शुक्रवार घोराहीमा पत्रकार भेटघाट कार्यक्रमलाई संवोधन गर्दे हार जीत स्वाभाविक प्रक्रिया भएको भन्दै अव पार्टी निर्माणमा ध्यान केन्द्रित गर्ने बताए । ‘राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने र त्यसैका माध्यमवाट समग्र दाङको विकास गर्ने सपना तुहिएको छ, तर अवको पाँच वर्षमा पार्टी निर्माणमा लाग्नेछु,उनले भने । विजयी भएका साथीहरुसंग सहकार्य गर्र्देै दाङको बिकाश निर्माणमा सघाउनेछु’–उनले भने, । ‘म पछाडी फर्कन चाहान्न, अवको दिनमा वलियो राजनीतिक शक्ति निर्माणको माध्यमवाट मुलुकलाई स्थायित्वको दिशामा लैजान ध्यान केन्द्रित गर्नेछु’ ।
पत्रकार भेटघाट कार्यक्रमलाई सबोधन गर्दे महासचिव पोखरेलले नीति र एजेण्डामा आधारित सरकार बनोस् र देशलाई अहिलेको समस्यावाट निकाल्न सकियोस् भन्दै शुभकामना व्यक्त गरे । उनले अहिले जिल्लाबाट निर्वाचित भएका प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई दाङको फोरलेन सडक, एरपोर्ट, औद्योगिक क्षेत्रको निर्माणका कामको थालनीका लागि भूमिका खेल्न आग्रह गरे ।
दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी