Logo
२४ माघ २०७९, मंगलवार
Logo

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण


दाङ, १० मङ्सिर ।

नव निर्वाचित प्रतिनिधि र प्रदेश सभाका सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले प्रदेश र प्रतिनिधि सभा सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री कृष्णध्वज खडकाको प्रमुख आथित्यतामा भएको थियोे ।

नव निर्वाचित प्रतिनिधि सभा सदस्य रेखा शर्माले सबैको साथ सहयोगले निर्वाचन जितेको बताइन् । सबै पार्टीको सहयोगमा मात्रै काम गर्न सजिलो हुने भएकाले सबैको सहयोगको अपेक्षा गरेको बताइन् । प्रदेश सभा सदस्यमा निर्वाचित राजु खनालले दाङको विकासमा एकजुट भएर लाग्ने बताए ।

अर्का बिजेता उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले जनताले विश्वास गरेर काम गर्न पठाएकाले जनताको मनोभावना अनुसार काम गर्ने बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रदेशसभा सदस्य दामा शर्मा, । सहायक निर्वाचन अधिकृत हिरण्यलाल भन्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी