ट्रेंडिंग:

>> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र

गठवन्धनको ‘साईट ईफेक्ट’: रोल्पा रुकुममा बागीको बिगबिगी

१० मंसिर २०७९, शनिबार
१० मंसिर २०७९, शनिबार

रोल्पा, १० मंसिर ।

रुकुमपूर्व र रोल्पा भौगोलिक मात्रै हैन सामाजिक, आर्थिक र सांस्कृतिक रुपले पनि सामिप्य छन् । माओवादी सशस्त्र युद्धमा सवभन्दा धेरै बलिदानी यिनै दुई जिल्लाले गरे । सशस्त्र युद्धमा राज्य र विद्रोही पक्ष गरी रोल्पाबाट ९६९ र रुकुमवाट ५५८ जनाको बलिदानी भयो ।

रुकुम अहिले पूर्व र पश्चिम गरी २ जिल्ला बनेको छ । रुकुमबाट बलिदान गर्ने मध्ये अधिकांश अहिलेको रुकुमपुर्वका बढी छन् ।

रुकुमको चुनवाङ बैठकबाट माओवादीले लोकतान्त्रिक गणतन्त्रको वाटो सोझ्यायो । वन्दुकको बलले राज्यसत्ता कव्जा गर्ने भन्दै सशस्त्र युद्ध सुरु गरेको माओवादी झण्डै १० वर्ष पछि व्यालेटको राजनीतिमा आयो । माओवादी शान्ति प्रकृयामा आएको डेढ दशक पुरा भएको छ । यस अवधिमा उ २०६४, २०७०, २०७४ र २०७९ गरी ४ वटा आम निर्वाचन तथा २०७४ र २०७९ गरी २ वटा स्थानीय तहको निर्वाचनमा सहभागी भईसकेको छ ।

सुरुआतमा व्यालेटको राजनीतिमा अम्वल माओवादी पछिल्ला चुनावमा खुम्चदै जान थालेको छ । २०७४ सालमा नेकपा एमालेको सहारामा चुनाव लडेको उसले २०७९ मा आउँदा नेपाली काँग्रेसको वैशाखी टेक्न वाध्य भयो । यसबीचमा दर्जन चिरामा विभक्त माओवादीका अधिकांश धारा अस्तित्व रक्षाको लडाई लडिरहेको बेला मुख्य भंगालोको रुपमा रहेको नेकपा माओवादी केन्द्र नेकपा एमालेसंग पार्टी एकताको अवस्था सम्म पुग्यो, भलै एकता टिकाउ हुन सकेन ।

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक वाम गठवन्धनको नाममा सहभागी माओवादीको आधार क्षेत्र मानिने रोल्पा रुकुमले भने नयाँ सन्देश दिएका छन् । गठवन्धनको साईट ईफेक्टले यहाँ बागीको बिगबिगी देखिएको छ । गठवन्धन विरुद्ध वागी उम्मेदवारी दिएका मध्ये २ जना निर्वाचित समेत भएका छन् । ३० वेैशाखको स्थानीय तह निर्वाचनमा काँग्रेस माओवादीले देशभर चोचोमोचो मिलाएपनि रोल्पा रुकुमका काँग्रेस माओवादी मिल्न सकेका थिएनन् । प्रतिगमनको मतियार भनेर आरोप लगाउने एमाले रोल्पा रुकुमेली काँग्रेसको मित्र बन्दा माओवादी केन्द्र मुख्य प्रतिष्पर्धी थियो ।

४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिटबाँड केन्द्रीय गठवन्धनले गर्यो । जुन रोल्पा रुकुमका काँग्रेस माओवादीको भावना विपरित थियो । काँग्रेस माओवादी एक्लाएक्लै भिड्न चाहन्थे तर ठूला नेताको गठवन्धन गर्नैपर्ने लहडले रोल्पा रुकुमका काँग्रेस माओवादी देखावटी मिलनको हात वढाउन वाध्य भए ।

गठवन्धनले रोल्पा र रुकुमपूर्वको प्रतिनिधि सभा र एउटा प्रदेश सभा नेकपा माओवादी केन्द्रलाई र एउटा प्रदेश सभा नेपाली काँग्रेसलाई दिने सहमति गर्यो । सोही बमोजिम रोल्पाको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन र प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा र प्रदेश सभा २ मा नेपाली काँग्रेसका अमरसिंह पुनले उम्मेदवारी दिए । रुकुमपूर्वको प्रतिनिधि सभामा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर तथा प्रदेश सभा १ मा माओवादी केन्द्रका तेजबहादुर वली र प्रदेश २ मा नेपाली काँग्रेसका धनबहादुर केसी उम्मेदवार बने ।

मनोनयन दर्ताकै दिन रोल्पा र रुकुम पुर्वको उम्मेदवार वाँडफाड गरिएको थियो । माओवादी केन्द्र रोल्पा रुकुम छाड्ने पक्षमा थिएन । नेपाली काँग्रेस माओवादी केन्द्रले नछाडे नेकपा एमालेसंँग तालमेल गर्ने पक्षमा थियो । कार्यकर्ताको भावना विपरित सिटबाँड भएको भन्दै रोल्पाको प्रदेश सभा २ मा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज दीपेन्द्र पुनले पार्टीको सवै जिम्मेवारीबाट राजीनामा दिएर लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका अमरसिंह पुनको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिए । रुकुमपूर्वमा माओवादी सशस्त्र द्वन्द्वमा मरेको भनेर फालिएका सुरुल पुनले लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर वली विरुद्ध उम्मेदवारी दिए ।

उम्मेदवारी फिर्ता गर्न र पछि निष्कृय पार्न धेरै प्रयास भयो तर दुवै जना राजी नभएपछि चुनावी प्रतिस्पर्धामा उत्रिए । मत परिणाम अनुसार रोल्पा प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन विजयी भए । उनी १४ हजार ९२७ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका अमरसिंह पुनले १० हजार ४०६ मत प्राप्त गरे । उनले २०७४ सालको प्रदेश सभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रवाट लुम्विनी प्रदेश सभा सदस्य जितेका थिए । सुरुआतीदेखि नै सशस्त्र द्वन्द्वमा सहभागी पुन घाईते समेत हुन् ।

रुकुमपूर्वबाट स्वतन्त्र उम्मेदवारी दिएका सुरुलले आफ्नै पुर्व सहकर्मी तेजबहादुर वलीलाई हराए । प्रदेश सभा १ मा सुरुल ४ हजार ४६५ मतका साथ विजयी भए । लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका वलीलाई ५३३ मतान्तरले पराजित गरे । लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार वलीले ३ हजार ९३२ मत प्राप्त गरे ।

सुरुल सशस्त्र द्वन्द्वको घाईते योद्धा हुन । लडाईको मोर्चामा घाईते भएर ढलेका उनलाई साथीहरुले मर्यो भनेर श्रद्धाञ्जली दिएर हिंडेका थिए । सशस्त्र द्वन्द्वमा मृत्यु भएको भन्दै शहीदको नाममा उनको नाम चढ्यो । उनी आफ्नै पिसाव पिएर बाँचे । शान्ति वार्ता पछि जीवन चलाउन भारत छिरे । मंसिर ४ को निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बने र विजयी पनि भए ।

रुकुमपूर्वकै प्रदेश सभा २ मा भने पनि स्वतन्त्र उम्मेदवारी पर्यो । त्यहाँ भने नेपाली काँग्रेसका धनवहादुर केसी ४ हजार ८६२ मतका साथ विजयी भएका छन् । लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेदवार केसीले अर्का स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६१८ मतान्तरले हराए । स्वतन्त्र उम्मेदवार खड्काले २ हजार २४४ मत प्राप्त गरे ।

“रोल्पा रुकुममा माओवादी संग काँग्रेस र काँग्रेससंग माओवादी गठवन्धन गर्न मनैदेखि तयार थिएनन् । सशस्त्र युद्धदेखिको तुष बाँकी नै थियो तर माथिकाले जवरजस्त मिल्न गरेको उर्दी यहाँ सफल भएन”–पूर्व सांसद लेखनाथ आचार्यले भने । “माओवादीसँग मिलेर काँग्रेस चुनाव लड्नु सजिलो र सिधा कुरा थिएन”–आचार्यले भने–“सशस्त्र द्वन्द्वको चरम पिडामा रहेका यी जिल्लाको भावना ठुला नेताले वुझ्न सकेनन् ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?