Logo
२४ माघ २०७९, मंगलवार
Logo

कपिलवस्तु ३ मा अभिषेकप्रतापको १७ वर्ष लामो राज तोडेर एमालेका मंगलप्रसाद विजयी


 

 चन्द्राैटा (कपिलवस्तु), १० मंसिर । कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता विजयी भएका छन् । उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरि विजयी भएका हुन् ।

सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका अभिषेक शाह १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार गुप्ताले ३ हजार ६ सय ३७ मतान्तरले गठबन्धनका उम्मेदवार शाहलाई हराएका हुन् । उम्मेदवार शाहलाई सत्ता गठबन्धनको साथ थियो । विभिन्न दलबाट लगातार तीन पटक निर्वाचित हुँदै आएका शाहलाई यस पटक हार बेहोर्नु पर्यो ।

शाह २०६४ र २०६९ मा मधेशबादी दलबाट जितेका थिए । भने २०७४ सालमा कांग्रेसबाट जीत हात पारेका थिए । गुप्ता भने पञ्चायती कालदेखि हरेक संसदीय चुनाव लड्दै आए पनि पराजित हुँदै आएका थिए । अहिले भने पहिलाे पटक नेकपा एमालेमा प्रबेशपछि टिकट ल्याउन सफल भई शाहकाे १७ वर्षे विरासत ताेड्न सफल भए ।

यस्तै कपिलवस्तु ३(१) को प्रदेश सभा सदस्य नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार केसीले ११ हजार ७ सय ३५ मत प्राप्त गरेका छन् । केसीको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रबिदत्त मिश्राले ११ हजार ७ सय २८ मत प्राप्त गरेका थिए । मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका केसी ७ मतान्तरले विजयी भएका छन् ।

निर्वाचन अधिकृत प्रकाश मरासिनीका अनुसार प्रदेश समानुपातिक मत पेटिकामा प्रत्यक्ष प्रदेश तर्फको १२ वटा मत भेटिएको छ । जसमा उम्मेदवार केसीमा ५ वटा थपिएको छ भने उम्मेदवार मिश्रमा १ मत थपिएका छन् । बाँकी ६ मत अन्यमा थपिएको र केही बदर भएको छ । समानुपातिक मतगणना चलिरहेको छ । शनिबार (आज) साँझसम्म मतगणना सकिने जनाइएको छ । त्यसैगरी कपिलवस्तु जिल्लाकाे क्षेत्र नम्बर ३(२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकी प्रसाद यादव विजयी भएका छन् । उम्मेदवार यादवले ८ हजार ५ सय ८२ मतका साथ विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार रजाउ रहमान खाँले ७ हजार ९ सय ७ मत प्राप्त गरेका हुन् । जानकी यादवले ६ सय ७५ मतान्तरका साथ नेकपा एमालेका उम्मेदवार खाँलाई हराएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी