Logo
२४ माघ २०७९, मंगलवार
Logo

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी जवान घुससहित पक्राउ


काठमाडौं, ९ मंसिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

नवलपरासी प्रतापुर गाउँपालिका वडा नम्बर १ सिसहनियाबाट घुस रकमसहित देवानलाई शुक्रबार नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी