Logo
२४ माघ २०७९, मंगलवार
Logo
प्रमुख समाचार

नेपाल बैंकको २२६ औं शाखा बुटवलचौराहमा


बुटवल, मंसिर – नेपाल बैंक लिमिटेडको २२६ औं र लुम्बिनी प्रदेशको ३४ औं शाखा बुटवल राजमार्ग चौराहमा सुरुवात गरेको छ । राजर्माग चौराहामा एक कार्यक्रमका विच समितिका अध्यक्ष गंगा प्रसाद नवाली र बुटवल उपमहानगरपालिका का नगर प्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रतिष्पर्धात्मक अध्यक्ष ज्ञवालीले बैंकिग बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको बताए । नगर प्रमुख पाण्डेयले नाफा मात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बोल्दै शाखा विस्तारले बुटबलको विकासको निम्ति नेपाल बैंक लिमिटेडको भूमिकासमेत बढाउन सहयोग पुग्ने र सरकारको बैंक भएकाले बैंकको नाफाको एक अंश सरकारको आम्दानीको रुपमा पुनः देश विकासकै लागि खर्च हुने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयुक्त हुने कुरा बताएका थिए ।

सो कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख सुशील कुमार नेपाल, नेपाल राष्ट्र बैंकका निमित्त निर्देशक जिवन प्रकाश पाण्डे, नेपाल चेम्बर अफ कमर्सका महासचिव जे.पि कडेल, बुटवल बहुमुखी क्यापसका क्याम्पसप्रमुख डा. श्री खिमानन्द न्यौपाने, प्रादेशिक कार्यालयका कर्मचारी, सिटि अफिस खस्यौली शाखाका शाखा प्रबन्धक कृष्ण बहादुर कार्की, लगायत रुपन्देही जिल्लाभरका नेपाल बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रवन्धकहरु, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु तथा स्थानीय बासीहरुको समेत सहभागिता रहेको थियो ।

नेपालभर २२६ शाखाहरु, १९९ ए.टि.एम. साथै ५० वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुत्र्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैंकिंग सेवा पुन्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी