Logo
११ मंसिर २०७९, आईतवार
Logo

रुपन्देही ३ मा ४७३ मतले पछि परे गृहमन्त्री खांण


भैरहवा, ९ मंसिर । रुपन्देहीको क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांण राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा भन्दा पछि परेका छन् । सत्ता गठबन्धनका उम्मेदवार खांणले २७१५८ मत पाउंदा बोहराले २७६३१ मत पाएर ४७३ मतले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले ४८८६ मत सहित तेस्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु ३२६९ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका प्रख्यात बन्जाडेले एक हजार २ सय ११ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार केशवविक्रा खड्काले ९७३ मत र राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अलीले ४२७ मत पाएका छन् । यहां करिब १८ हजार मत गन्न बांकी छ । गए राति बोहराले अग्रता लिएपछि कांग्रेस कार्यकर्ताहरुले विवाद निकालेर मतगणनामा खटिएका कर्मचारीमाथि दवाद दिंदै मतगणना केही घण्टा स्थगन गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?