Logo
११ मंसिर २०७९, आईतवार
Logo

पाल्पा २ मा एमालेका ठाकुर गैरेको जित निश्चित


पाल्पा, ९ मंसिर । पाल्पा क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे जित निश्चित भएको छ ।

सत्ता गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका सोमप्रसाद पाण्डेलाई पछि पार्दै गैरे जितको नजिक पुगेका हुन् । कुल ४४ वडामध्ये ३ वटा वडाको मात्र मतगणना हुन बाँकी छ।

पछिल्लो मत परिणामअनुसार गैरेले २७ हजार २८८ प्राप्त गरेका छन्। पाण्डेले २२ हजार ९९५ मत पाएका छन्।

४ हजार २९३ मतान्तरले गैरे अगाडि छन्। अहिलेसम्मको मत परिणामअनुसार उनको जित सुनिश्चित देखिएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार २७१,भाले १ हजार ५०२, क्रस खुकुरी ५०५, घर ४७९, छाता ११०, चेसबोर्ड ७, तिर १९९, तारा १११, मादल ३५, कैँची ९० र आमा चिन्हले ९८ मत प्राप्त गरेका निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?