Logo
११ मंसिर २०७९, आईतवार
Logo
लुम्बिनी प्रदेशसभा

रुपन्देही १(१) मा राप्रपाका चौधरी विजयी


बुटवल,९ मंसिर । रुपन्देहीको क्षेत्र नं. १ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार आशिष कुमार चौधरी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ यादवलाई ३ हजार १ सय ३४ मतान्तरले पराजित गर्दै चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीलाई एमाले र जसपाले समर्थन गरेको थियो ।

चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी हुंदा यादवले १४ हजार ६ सय ५१ मत ल्याएका छन् ।   चौधरीले सत्तारुढ पाँचदलीय गठबन्धनकोतर्फ कांग्रेसका उम्मेदवार विश्वनाथ यादवलाई पराजित गरेका हुन् ।  त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?