Logo
११ मंसिर २०७९, आईतवार
Logo
लुम्बिनी प्रदेश सभा

बर्दियाका दुई प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीको जित


बुटवल,९ मंसिर ।  बर्दियाका २ प्रतिनिधि सभा क्षेत्रका एक एक प्रदेश सभा क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जितेका छन् । बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका भक्तबहादुर बिकलाई १ हजार ४७ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले १३ हजार २३० मत ल्याउँदा बिकले १२ हजार १८३ मत ल्याए ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रकी अन्जु दहितले ११ हजार ४९० मत ल्याइन् । स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याए ।
यस्तै बर्दिया २ को प्रदेशसभा २ बाट नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी निर्वाचित भएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका केन्द्रका मानबहादुर थारुलाई ९ हजार १ सय ४३ मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् ।

धर्मबहादुर चौधरीले २० हजार १२७ मत ल्याउँदा माओवादीका मानबहादुर थारुले १० हजार ९८४ मत ल्याए ।

नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का धर्मराज शाहले ३ हजार १३३ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?