Logo
२४ माघ २०७९, मंगलवार
Logo

अनुसन्धान गन्तव्यको केन्द्र बन्दै वनस्पति उद्यान

पाँच सय ५० प्रजातीका वनस्पति संरक्षित

सल्यान, ९ मंसिर ।

वनस्पति सौन्दर्यका श्रोत हुन् । वनस्पतिले केवल सौन्दर्य मात्र दिलाउने होइन, पर्यावरणीय सन्तुलन कायम गर्न समेत मद्दत गरिरहेका हुन्छन् । औषधिय गुण भएका विभिन्न प्रजातीका वनस्पतिले त झन मानिसलाई जीवन प्रदान गरिरहेका हुन्छन् । वनस्पति मानव जीवनका हरेक चरणमा विभिन्न तवरले उपयोगमा आइरहेको हुन्छ । पछिल्लो समय वनस्पति तथा जडिबुटिको महत्व बढ्दै गएको पनि छ । जसका कारण सल्यान वनस्पतिको खोज, अध्ययन, अनुसन्धान र अवलोकनको केन्द्रको रुपमा स्थापित भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित वनस्पति अनुसन्धान केन्द्र र यहाँ स्थित वनस्पति उद्यानमा वार्षिक ५ हजार मानिसहरु अध्ययन अवलोकनका लागि आउने गरेका छन् । देशका विभिन्न ठाउँबाट आयुर्वेद कलेज, कृषि तथा विज्ञानका विार्थी एवम् विज्ञहरु समेत अध्ययनका लागि आउने गरेको वनस्पति अनुसन्धान केन्द्र मुलपानीका प्रमुख डाक्टर मित्रलाल पाठकले जानकारी दिए ।

केन्द्रले मुलपानी वनस्पति उद्यानमा पाँच सय ५० प्रजातीका बिरुवाहरु संरक्षित गरेर राखिएको छ । डा. पाठकले भने, ‘स्वस्थानीय र परस्थानीय गरेर ५५० प्रकारका विरुवा वनस्पति उद्यानमा संरक्षित छन् । यस मध्ये दुर्लभ, लोपोन्मुख तथा जंगली अवस्थामा कम हँुदै गएका ६० प्रजातिका विरुवा हामीकहाँ संरक्षित छन् ।’ उद्यानमा संरक्षित विरुवा मध्ये आधा जति देशका विभिन्न ठाउँ र केही शोभनीय वनस्पतिहरु विदेशबाट समेत ल्याइएको हो ।

उद्यानमा मनोरञ्जनका लागि पनि आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेको अनुसन्धान केन्द्रले जनाएको छ । उद्यानमा बोटानिकल गार्डेनका साथै हिमालको आकृति पनि छ । राप्ती लोकमार्गसंगै जोडिएको जंगलका विचमा थरिथरिका वनस्पतिसंग रमाउनका लागि मानिसहरु आउने गरेको वनस्पति अनुसन्धान केन्द्रका सुचना अधिकारी गोपाल शमाले जानकारी दिए । ‘वर्षका पाँच हजार जति व्यक्तिहरु यहाँ आउनुहुन्छ,’ उनले भने, ‘मुलपानी वनस्पति उद्यान अनुसन्धान केन्द्र संगै पर्यटकीय गन्तव्यको रुपमा पनि स्थापित हुँदै गएको छ ।’

६० हजार विरुवा संचित, विद्यार्थीलाई तालिम सञ्चालन
वनस्पति अनुसन्धान केन्द्रले औषधिय गुण भएका तथा अन्य विभिन्न महत्वपूर्ण वनस्पतिका विरुवा पनि उत्पादन गर्दै आएको छ । अहिले कार्यालयमा ६० हजार विरुवा स्टकमा रहेको सूचना अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा २० हजार विरुवा निःशुल्क वितरण गरिएको छ । निजी कृषक, कृषक समूह, विभिन्न सामुदायिक वन समूहबाट विरुवाको माग हुने गरेको छ ।

अनुसन्धान केन्द्रले ३ स्थानमा नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको छ । कपुरकोट ३ स्थित मुलपानी वनस्पति उद्यान, त्रिवेणी गाउँपालिकाको सिमापाखा जडिबुटी नर्सरी सल्लेखोला र नमुना नर्सरी मुलपानीमा विभिन्न जडिबुटीका विरुवा उत्पादन हुने गरेको छ । नर्सरीमा महत्वपूर्ण जडिबुटीहरु तेजपात, टिमुर, काउलो, रिठा, कुरिलो, हर्राे बर्राे, अमला, मालागिरी लगायतका विरुवा उत्पादन हुन्छन् ।

जडिबुटीहरु मानिसका आधारभुत आवश्यकता पूरा गर्न जति अपरिहार्य छन् पर्यावरणीय सन्तुलन कायम राख्न पनि त्यत्तिकै आवश्यक भएकाले पछिल्लो समय जटिबुटी खेतीतर्फ किसानहरुको प्रयास देखिन थालेको अनुसन्धान केन्द्रले जनाएको छ । जडिबुटी खेति विस्तारका लागि केन्द्रले सचेतना, तालिमसँंगै पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । कार्यालय प्रमुख डा.. पाठकका अनुसार किसान, समूह, सहकारीलाई तालिम सञ्चालन गरिएको छ । कर्णालीको तल्लो भेग रुकुम पश्चिम, सुर्खेत, जाजरकोट सम्म पनि अनुसन्धान केन्द्रले जडिबुटी खेती विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । उनले भने, ‘पकेट क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सक्रिय समूहहरुलाई प्राविधिक सहायता र अनुदानको कार्यक्रम पनि सञ्चालन गर्ने गरेका छौँ ।’

वनस्पतिको महत्व बुझाउने उद्देश्यले अनुसन्धान केन्द्रले विद्यालय तहमा समेत शिक्षा प्रदान गर्दै आएको छ । वार्षिक पाँच सय विद्यार्थीलाई वनस्पतिको महत्व तथा जडिबुटी खेतीको बारे तालिम र शिक्षा प्रदान गर्ने लक्ष्य रहेको सुनाउँदै डा. पाठकले भने, ‘यस आर्थिक वर्षको हाल सम्म हामीले २०० विद्यार्थीलाई शिक्षा दिएका छौँ । आधारभुत तहभन्दा माथिका विद्यार्थीलाई विद्यालयमै गएर तालिम प्रदान गर्दछौँ ।’ अनुसन्धान केन्द्रले जडिबुटी विकास कार्यक्रम अन्तर्गत अनुसन्धान कार्य गर्नका लागि एक जना रिसर्च ईन्टर्न पनि माग गरेको छ ।

प्रकूतिको अमूल्य र निःशुल्क उपहारको रुपमा पाइने जडिबुटी गाउँघरमा अत्यधिक रुपमा संकलन हुने जोखिम पनि त्यत्तिकै रहेको छ । भौतिक आवश्यकताहरु परिपूर्ति गरी व्यक्ति, समाज र राष्ट्रको आर्र्थिक स्तर उकास्न तथा स्वस्थ, आत्मनिर्भर र प्रकृतिप्रेमि बन्नका लागि वनस्पतिको पहिचानसंँगै उचित संरक्षण तथा सदुपयोग गर्न जरुरी छ । किसानहरुलाई महत्वपूर्ण जडिबुटी तथा सुगन्धित वनस्पतिहरूको खेती प्रविधि हस्तान्तरण र अनुदान उपलब्ध गराउने तथा प्राकृतिक अवस्थाको अत्यधिक दोहन रोक्दै दिगो व्यवस्थापन गर्न स्थानीय तहहरुले पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ । यसले स्वदेशमै वनस्पतिको व्यवसायीकरण गरी रोजगारीका अवसरहरू पनि सृजना गर्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी