ट्रेंडिंग:

>> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक
रुपन्देही–५

घिमिरेको मेयर हुँदै संसद यात्रा

९ मंसिर २०७९, शुक्रबार
९ मंसिर २०७९, शुक्रबार

बुटवल, ९ मंसिर ।

तीन पटक सम्म चुनाव जितेका नेपाली काग्रेसका भरत कुमार शाहलाई फराकिलो मन्तरले हराउदै रुपन्देही ५ मा नेकपा एमालेका नेता बासुदेव घिमिरे विजयी भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई देशकै नमुना नगरको रुपमा पहिचान दिलाउन सफल भएका घिमिरले आफ्नो क्षेत्र भन्दा पनि पश्चिम चुनौतिको रुपमा रहेको निर्वाचन क्षेत्रमा गएर लोकप्रिय मत सहित विजयी यात्रा सुरुवात गरेका हुन् ।

उनले काँग्रेस नेता शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए ।

सफल मेयरको रुपमा पहिचान बनाएका उनलाई चुनाव भन्दा पहिला प्रदेश सांसदको रुपमा समेत आउने हेरिएको थियो । पार्टीभित्रको आन्तरिक द्वन्द्वका बीचमा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले समेत सोही क्षेत्रबाट उम्मेद्वारी दिएका थिए । यद्यपि उनले निर्वाचन आयोगको नियम भन्दा बाहिर उम्मेदवारी दिएपछि वासुदेव घिमिरेको उम्मेद्वारी पहिले दर्ता भएकै कारण आधिकारिता रहेको थियो ।

खिमलाल खेमाका कतिपय व्यक्तिहरुले असहयोग गरेको आरोप लागेकै बेला घिमिरेले कडा मिहिनेत, जनताको साथ सहित लोकप्रिय मत सहित विजयी भएका हुन् । यसैबीच रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा जित निकालेका नेकपा एमालेका वासुदेव घिमिरे तथा प्रदेशसभा १ मा विजेता एमालेकै भूमिश्वर ढकालको विजयी ¥याली निकालिएको छ । सैनामैना नगरपालिका वडा नं. ६ स्थित कलौनीबाट निस्किएको ¥याली निर्वाचन क्षेत्रका चोकचोकमा पुगेको थियो ।

स्थानीय बासिन्दाले विजयी उम्मेदवारहरुलाई अबिर माला लगाएर भव्य स्वागत गरेका थिए ।
रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकालले १९ हजार ७८ मत ल्याएका छन् । उनका निकटतम् उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका थिए । जनमत पार्टीका अनुरागनाथ शुक्लको ८ हजार ७ सय ३८ मत छ । ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

को हुन घिमिरे ?

प्रतिनिधिसभा सदस्य पदमा रुपन्देही क्षेत्र नं. ५ बाट विजयी भएका वासुदेव घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाको निवर्तमान नगर प्रमुख हुन् । नयाँ नगरपालिका भएर पनि उनको नेतृत्वमा भएका कामका कारण तिलोत्तमा मुलुककैं उत्कृष्ट नगरपालिकाको रूपमा स्थापित छ । तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थायी ठेगाना भएका घिमिरेको जन्म वि.सं. २०२५ असार २६ गते गुल्मीको बडागाऊँ (हाल मुसिकोट नगरपालिका) मा भएको हो । बुबा स्व. छायादत्त र आमा भीमादेवीको कोखबाट जन्मिएका चार भाई मध्ये वासुदेव साइँला हुन । उनका तीन दिदीबहिनी छन् ।

सुरुवाती शिक्षादिक्षा गुल्मीको मैदान स्थित पृथ्वी माविमा भएको थियो । घिमिरे परिवार वि.सं. २०४० सालमा रुपन्देहीको शंकरनगर ड्राइभरटोलमा बसाईसराई गरेपछि उनले शान्ति माविमा पढेर एसएलसी सोही विद्यालयबाट उत्तीर्ण गरेका हुन् । बुटवलको वाणिज्य क्याम्पसबाट स्नातक तहको औपचारिक अध्ययन पूरा गरेका उनी शान्ति घिमिरेसँग बैवाहिक लगनगाँठोमा बाँधिएका बासुदेवका दुई छोरी र एक छोरा छन् । ममतामयी माता भीमादेवी ९२ वर्षीया छिन् ।

बासुदेव राजनीतिक यात्रामा २०४४ सालबाट जोडिएका हुन् । २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेका घिमिरेले पार्टीको साविक शंकरनगर गाउँ कमिटी सचिव भएर दुई कार्यकाल पूरा गरेका थिए । ईलाका सचिव हुँदै क्षेत्रीय अध्यक्ष तथा रुपन्देही जिल्ला कमिटीमा तीन कार्यकाल सदस्य भएर काम गरेको अनुभव छ । हाल उनी पार्टीको प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्थानीय तह विभाग सदस्य छन् । । युवा संघको गाउँ कमिटी हुँदै दुई पटक जिल्ला अध्यक्ष बनेका घिमिरे एक कार्यकाल केन्द्रीय सदस्यको भूमिकामा रहेर काम गरेका थिए ।

विभिन्न संघ–संस्थाहरुको कुशल व्यवस्थापन गरेको अनुभव समेत उनीसँग छ । दुई कार्यकाल तत्कालीन मिसन डेभलपमेन्ट बैंकको अध्यक्ष, विभिन्न कलेज तथा विद्यालयहरुको अध्यक्ष रहेका घिमिरेलाई सरकारी कार्यालय तथा विभिन्न आयोजनामा काम गरेको अनुभव समेत छ । घिमिरे श्रमप्रति उच्च सम्मान र विश्वास गर्दछन् । सरलता, सबैलाई मिलाएर लैजान सक्ने, निर्णय क्षमता निपूर्णता उनका विशेषता हुन् ।

घिमिरेले चीन, स्वीटजरलेण्ड, फ्रान्स, जर्मन, कोरिया, नेदरलेण्ड, सिंगापुर, मलेसिया, थाइलेण्डलगायतका विभिन्न २० मुलुक भ्रमण गरेका छन् । पाँच वर्षमा घिमिरेको नेतृत्वमा तिलोत्तमामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रैं रचनात्मक कामहरु भए । तिलोत्तमाले गरेका कतिपय काम राष्ट्रिय रुपमैं चर्चामा मात्र रहेनन्, अन्य पालिकाहरुको लागि सिकाई समेत बन्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?