Logo
११ मंसिर २०७९, आईतवार
Logo

बांके ३ मा कांग्रेसका राठौर विजयी


बुटवल,८ मंसिर । बाँके निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका किशोरसिंह राठौर विजयी भएका छन् ।

राठौरले २९ हजार ४० मत ल्याएर विजयी हुंदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्ला ७ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?