ट्रेंडिंग:

>> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर

पद अफिसर, काम टाईपिङ्ग

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

‘स्मार्ट भिलेज’ निर्माण गर्नका लागि आकर्षक सेवा सुबिधा दिएर स्थानीय तहले सूचना प्रविधि अधिकृत ( आईटी अफिसर) राखेका छन् । तर स्पष्ट योजना र पूर्वाधार तयारी गर्न जनप्रतिनिधिले चासो नदिएपछि आईटी अफिसरहरु कामबिहिन भएका छन् ।
बाँकेका सबैजसो स्थानीय तहले आईटी अफिसर राखिसकेका छन् । उनीहरु आएपछि सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति होला भन्ने ठानेका सर्बसाधारण काममा कुनै प्रगति नभएपछि यतिबेला निरास छन् । सूचना प्रविधिका क्षेत्रमा राम्रै काम गरौंला भन्ने जोश लिएर आएका आईटी अफिसरको जोश पनि हराउँदैछ । कुनै गाउँपालिकाका आईटि अफिसर अन्य कुनै काम नभएपछि दर्ता चलानीमा बसेर कार्यालयको काम गर्छन ।
‘काम त मेरो गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउने हो । तर बिभिन्न बाध्यताले गर्दा त्यस अनुरुप काम गर्न पाइएको छैन ।’ नयाँ— नयाँ भएका कारण पनि यस क्षेत्रमा काम गर्न ढिलाई भएको अनुभव उनको छ । ‘अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले पक्कै चाहानुभएको छ । तर पहिलेबाटै पूर्वाधार नभएको ठाउँ भएका कारण भने जस्तो काम हुन सकेको छैन ।’ राप्तीसोनारी गाउँपालिकाका आईटि अफिसर श्याम चौधरी कुनै पनि ‘डाटा’ लिनका लागि आफै मोटरसाईकलमा वडा कार्यालय धाउँछन् । ‘एउटा क्लिक गरेपछि सबै डाटा पाउनुपर्ने हो । तर आफै दौडिनुपर्छ । गाउँपालिका कार्यालयमा इन्टरनेटको सुबिधा भएपनि वडामा छैन,’—उनले भने ।
आईटी अफिसरको काम टाईप गर्ने, दर्ता चलानीमा बस्नेमै सीमित भएको छ । सूचना प्रविधिमैत्री स्थानीय तह बनाउनका लागि उनीहरुबाट सल्लाह, सुझाव लिने भन्दा सामान्य काम गराउने गरिएको छ । कतिपय आईटि अफिसरको काम त गाउँपालिकामा आउने जनप्रतिनिधिका लागि ‘वाईफाई’ को पासपोर्ट दिने र फेर्नेमै सीमित भएको छ । गाउँपालिकालाई सूचना प्रविधि मैत्री बनाउनका लागि क्यान महासंघ बाँकेले शनिबार जिल्लाका सबै स्थानीय तहका सूचना प्रविधि अधिकृतसंग छलफल गरेको छ । छलफलका क्रममा उनीहरुले बिकास बजेटलाई मात्र जनप्रतिनिधिले प्राथमिकता दिएको भन्दै पूर्वाधार अभावले गर्दा कुनै पनि काम गर्न नसकिएको बताएको क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाले बताए । क्यान महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष सन्जय थापाले स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?