Logo
११ मंसिर २०७९, आईतवार
Logo
लुम्बिनी प्रदेश सभा

रुपन्देही ३(१) मा लोसपाका पाण्डे विजयी


बुटवल,८ मंसिर । रुपन्देही क्षेत्र नं.३ (१) प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भएका छन् । पाण्डेले जनता समाजवादी पार्टीका महेन्द्र यादवलाई ४ हजार १३० मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेले १४ हजार ९ सय २८ मत पाएर निर्वाचित हुंदा यादवले १० हजार ७ सय ९८ मत पाएको मूख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए । लौरो चुनाव चिन्ह भएका हाम्रो नेपाली पार्टीका गोपाल भण्डारीले ५ हजार ४ सय ६२ मतसहित तेश्रो स्थानमा रहे भने राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम बहादुर गुरुङ्गले ३ हजार ६ सय ७४ मत पाए । प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डे २०७४ को चुनावमा यही क्षेत्रमा तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?