Logo
११ मंसिर २०७९, आईतवार
Logo

शंकर पोखरेलको क्षेत्रका दुबै प्रदेश सभा सदस्यमा कांग्रेस विजयी


बुटवल,८ मंसिर । दाङ क्षेत्र नं २ का दुबै प्रदेश सभा क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा १ मा राजु खनाल र २ मा प्रचण्ड विक्रम न्यौपाने निर्वाचित भएका हुन् ।

न्यौपानेले एमाले उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका हुन् भने राजु खनालले एमाले उम्मेदवार बलिभद्र रानालाई हराएका हुन् ।

यस्तै प्रतिनिधिसभातर्फ जारी मतगणनामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले एमाले उम्मेदवार शंकर पोखरेललाई पछि पार्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?