Logo
११ मंसिर २०७९, आईतवार
Logo

गोर्खा २ बाट प्रचण्ड विजयी


बुटवल, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । प्रचण्डले २६ हजार १०३ मत पाएर विजयी हुंदा राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए ।

माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक चितवनमा हार्ने निश्चित देखेर गोरखा २ रोजेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?