Logo
११ मंसिर २०७९, आईतवार
Logo

दाङ –३ (१) मा गठबन्धनका डिल्ली चौधरी बिजयी


दाङ, ८ मंसिर ।

दाङ निर्वाचन क्षेत्र नं ३ (१) मा गठवन्धन दलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतले पराजित गर्दै चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् ।

गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्ये चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकमा एमालेका पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी लुम्बिनी प्रदेश ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री हुन् भने पाण्डे तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?