Logo
११ मंसिर २०७९, आईतवार
Logo
लुम्बिनी प्रदेश सभा

रुपन्देही–५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी


बुटवल, ७ मंसिर ।

रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । अन्तिम मत परिणाममा एमाले उम्मेदवार ढकालले १९ हजार ७८ मत ल्याएका छन् । उनका निकटतम् उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् ।

जनमत पाटीका अनुरागनाथ शुक्लको ८ हजार ७ सय ३८ मत छ । ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?