Logo
११ मंसिर २०७९, आईतवार
Logo

रुपन्देही २ मा विष्णु पौडेलको पहिलो अग्रता


बुटवल,६ मंसिर ।  रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझ १५ हजार ६२४ मत गणना हुंदा नेकपा एमालेका विष्णु पौडेलले पहिलो अग्रता हासिल गरेका छन् । पौडेलले ५३११ मत पाएर अग्रता हासिल गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५१३६ मत पाएर पौडेललाई पछ्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ३९६० मत पाएर तेस्रो स्थानमा छन् । १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नं २ मा ८० हजार मत खसेको थियो ।

यो क्षेत्रमा पौडेलले यसअघिका तीनवटा निर्वाचन लगातार जितेका थिए । सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेजीपछि पौडेललाई सहज ठानिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १५ हजार मत गणनासम्म निरन्तर अग्रता कायम राखेपछि यो क्षेत्र थप चर्चामा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?