आषाढ १९   |  2022 Jul 03    


ओसन पब्लिकेशनको विज्ञान विषयको पाठ्यसामग्रीको स्वीकृती रद्द


news

ओशन पश्लिकेशनले प्रकाशनमा ल्याएको कक्षा ७ को विज्ञान तथा प्रविधि विषयको पाठ्यसामग्रीको स्वीकृत रद्द भएको छ । पाठ्यक्रम विकास केन्द्रको विहीवार बसेको बैठकले उक्त पाठ्यसामग्रीको स्वीकृती रद्द गरेको हो ।

सरकारले तोकेको मूल्य भन्दा प्रति पुस्तक ५३ रुपियाँ बढी मूल्य राखेका कारण जनाउँदै उक्त पाठ्यसामग्रीको स्वीकृती रद्द गरिएको पाठ्यक्रम विकास केन्द्रकी समकक्षता मान्यता तथा मूल्याकंन शाखाकी शाखाअधिकृत तारा पाण्डेले बताइन ।

उनका अनुसार उक्त प्रकाशनको मूल्य बढी भेटिएपछि प्रकाशनलाई स्पष्टीकरण माग गरी जवाफपछि कार्वाही गरिएको हो । पाठ्यसामग्री स्वीकृती लिदा उक्त पुस्तकको मूल्य प्रकाशनले ४८८ राखेको थियो । तर बजारमा बिक्रीमा लैजादा ५४१ कायम गरिएको थियो ।

उक्त पाठ्यसामग्री नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले मिति २०७८ चैत्र २० गते पत्राचार गरी देशभरका विद्यालयमा लागू गर्नेगरी पत्राचार गरेको थियो ।

पत्रमा ओसन पब्लिकेशनको साइन्स बुक कक्षा १ देखि १० सम्म लगाउने निर्णय भएकाले सोही अनुसार आआफ्ना मातहतका प्रदेश, जिल्ला, पालिकाका कार्यसमिति एवम् सदस्य विद्यालयहरुमा प्रयोग गर्न गराउनुहुन निर्णय गरिन्छ भनिएको थियो ।

अपडेट : 2022-05-05 16:58:14




your-image

Leave a Comment