जेठ १२   |  2022 May 26    


उहीलेको माघी अहिलेको माघी


news

आधुनिकताको नाममा नदी तलाउ भन्दा घरमै नुहाउने प्रचलन आएको छ । घरमै बनाउने परिकारलाई भन्दा बजारमा बनाइएका परिकारहरुलाई महŒव दिने, मौलिक भेषभुषा झल्काउने भन्दा हिन्दी पपगित र जिंगलमा नाँच्ने र बजाउने लगायतका कार्यहरुले माघी पर्व महँगो बन्दै गएको छ ।

000

उमेरले सात दशक पार गरेका खड्क चौधरी पछिल्लो समयमा सामाजिक कार्यमा व्यस्त छन् । उनी केन्द्रबाट जागिर पेशा सुरु गरेका चौधरी खाद्यसंस्थान कार्यालयको विभागिय प्रमुखको रुपमा काम गर्दै उमेर हदबन्दीका कारण जागिरे पेशाबाट अवकास भएका थिए ।

राप्ती गाउँपालिका पिपरी हाल लमही नगरपालिका ६ देउपुर निवासी बस्दै आएका उनी थारुको उत्थानका लागि सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताउँछन । उनलाई थारु बस्तीमा पनि गाउँकै अगुवाका रुपमा एक परिचित पात्रका रुपमा चिनिन्छन । थारु सतगौवा समाजका नेपालका अध्यक्ष थारु कल्याणकारिणी सभाको सल्लाहकारको रुपमा काम गर्दै आएको बताउँछन ।


स्नातक तहसम्मको अध्ययन गरेका चौधरी थारु परम्परा, रीतिरिवाजदेखि भेष भुषामा पनि उत्तिकै दख्खल राख्छन । उनी २०२६ सालमा परिषद पञ्चायत विकास प्रशिक्षणमा जागिरे पेशा सुरु गरि खाद्य संस्थान नेपालको विभागिय प्रमुखमा रहि काम गरि लामो समय सरकारी पेशामा रहेर अवकाश पाएका थिए । चौधरी दुई दशकदेखि सामाजिक अभियान्ताको रुपमा सक्रिय छन । उनी आफ्नो जीवन कालमै माघी मनाउने शैली कहाँबाट कहाँ पुगेको अनुभुति गर्छन ।


माघी थारु जातीले आर्थिक नयाँ वर्षमा मनाउने परम्परा वर्तमान अवस्थामा एकल परिवारसँगै बिस्तारै परिवर्तन आएको बताउँछन । संयुक्त परिवारमा हुर्केका चौधरी आफ्नो जवानीमा ६० जनाको घर परिवार र ७५ जनाको सयुक्त परिवारमा मनाएको अनुभव छ । उनका अनुसार माघी पर्वमा पारिवारिक नेतृत्वदेखि गाउँ, प्रगन्ना, मौअब्जा, मान्यजन, कचहरी, पूजारी लगायतमा वार्षिक कार्ययोजना बनाउने नेतृत्व परिवर्तन गर्ने काम समेत हुन्थ्यो । वर्षमा एकपल्ट माघीकै दिन अन्न छोएर मान्यजनलाई ढोक गर्ने चलन बिस्तारै आफ्नै अगाडि ओझेलमा पर्दै आएको खड्क बताउँछन । उनी भन्छन, पौष मसान्तको दिन विभिन्न खाले खानाका परिकार बनाउने सुगुर काट्ने, दिनमा मात्र होइन रातभर खाने, नाँच्ने र माघे सक्रान्तीको दिन नदी तलाउमा स्नान गरि अन्न छोएर मान्यजनलाई ढोक गर्ने गरिन्थ्यो । वर्षमा एक पटक मात्र मान्यजनालाई ढोग गर्ने भएका कारण पनि ढोगलाई विशेष महŒव दिने उनी बताउँछन ।


दोस्रो दिन आफ्ना मान्यजनकहाँ जाने आर्शिवाद लिने चलन थियो । त्यसपछि पहिलो कार्य परिवारमा माघी दिवानी नयाँ नेतृत्व छान्ने कार्य सुरु हुने घरको जेठो सदस्यलाई नै पारिवारिक नेतृत्व दिन गरिन्थ्यो । त्यसलाई घरधुरिया भनिने अन्य परिवारका सदस्यलाई समेत अन्य भूमिकाको जिम्मेवारी दिँदै वार्षिक योजना बनाइन्थ्यो । त्यस लगतै माघी दिवानी भुराखेल सुरु हुने त्यसलाई सवै भेलाबाट एक वर्षका कार्य योजना बनाउँदै अघुवा, अघारिया, झलारी छान्ने काम पछि मौअब्जाबाट प्रगन्नका प्रमुख उपप्रमुख, चिरागी महजुम छान्ने काम हन्थ्यो । प्रमुख, उपप्रमुखले प्रगन्ना भित्र रहेका मौअब्जाहरुका बस्तीमा हुने सवै सामाजिक कार्यहरुको निर्णय गर्ने, निर्णय गरेका सूचनाहरु चिरागीले मौअब्जाभर सूचना प्रभाह गर्ने, महजुमले मौअब्जाभर हुने काममा जनश्रमदान लगाउने, सामाजिक कार्यमा अग्रसरता दिने काम गर्ने गर्दथे भने गाउँका अघरियाले गाउँको नेतृत्व गर्ने, झलारीले कुलो सिंचाईको मोनिटरिङ गर्ने, पूजारीले पूजाआजा गर्ने लगायतका लगायतका काम गरिने चौधरी बताउँछन ।


प्रगन्नका प्रतिनिधी मध्येवाट नेपाल सरकारले एक जना मान्यजन नियुक्ती गर्ने त्यो नियुक्तीबाट आएको मान्यजन अत्यन्तै शक्तीशाली हुने उसले गलत गर्ने व्यक्तीलाई जेल समेत हाल्न सक्ने अधिकार सम्पन्न हुने हुँदा पनि सबैले मर्यादा पालन गर्ने तथा अनुसार हुने परम्परा थियो चौधरी भन्छन । अहिले पनि थारु बाहुल्यता भएका स्थानहरुमा गाउँका अघुवारे, अघरिया छान्ने काम भए पनि अन्य परम्परा हराउँदै गएको उनले बताए । मुख्य ३ कारणले परम्परा तोडिदै गएको चौधरीको अनुभव छ । पहिलो थारुहरु बिस्तारै कृषि पेशा छाडेर अन्य पेशा अगाल्नु, दोस्रो संयुक्त परिवारबाट एकल परिवार निर्माण र तेस्रो राज्यको पूर्न संचनासँगै पालिका तथा वडाहरु शक्तीशाली हुन हो । यसमा पहिलो कारण पहिला थारु धत्रीपुत्रको नामा परिचित थिए, उनीहरु कृषि पेशामा आधारित भएका कारण सबै कृषि क्षेत्रमा लाग्ने संयुक्त परिवारमा बस्ने हुन्थ्यो । त्यसकारण पारिवारिक कार्ययोजना बनाउन आवश्यक थियो । आधुनिकतासँगै परिवारिक सदस्यहरु हुने खानेहरु जागिर, व्यापार, व्यवसाय र गरि खानेहरु ज्याला मजदुरी गर्नेमा घर छाडेर जान थोलेका कारण एकागि परिवार सुरु भएको उनी बताउँछन् । तेस्रो राज्यको पूनःसंरचनासँगै पालिका वडाहरु शक्तीशाली भएका कारण पुराना संरचना सबै तोडेको तथा बसाइँ सराइका कारण सबै समुदायका संयुक्त बस्तीहरुमा बस्ने थारुजाती अन्यजातीको देखासिकी गर्ने कारण पनि हो ।


हामी माघी भन्दा दशैलाई महŒव दिन थालेका छौं । यस्ता कारण वाहेक धर्मान्तर पनि एक हो उनले भने । आधुनिकतासँगै माघी मनाउने परम्परा मात्र समाप्त भएका मात्र छैनन मनाउने शैलीमा पनि परिवर्तन आएको छ । आधुनिकताको नाममा नदी तलाउ भन्दा घरमै नुहाउने प्रचलन आएको छ । घरमै बनाउने परिकारलाई भन्दा बजारमा बनाइएका परिकारहरुलाई महŒव दिने, मौलिक भेष भुषा झल्काउने भन्दा हिन्दी पपगित र जिंगलमा नाँच्ने र बजाउने लगायतका कार्यहरुले माघी पर्व महँगो बन्दै गएको छ ।

अपडेट : 2022-01-15 08:27:33




your-image

Leave a Comment