मंसिर १६ २०७८   |  2021 Dec 02    


बी.पी.को इतिहासले देखाएको बाटो


news

बीपीको न्वारनमा पण्डितले उनको नाम चुडामणि राखेका थिए । यो नाम कालीदासलाई चित्त बुझेनछ र उनले बोलाउने नाम बिश्वेश्वर प्रसाद कोइराला राखेका रहेछन् । उनको यही नाम नै बिश्वभरी प्रख्यात भयो । बीपीको बाल्यकालको बसाइ चन्द्रगञ्जमा भयो । तर चन्द्रगञ्जको बसाइ पनि लामो हुन सकेन । किनकि कृष्णप्रसाद कोइरालाले ढाक्रेहरुको नाजुक अबस्था देखेर उनमा दया आएछ र देशका जनताको अबस्था कस्तो छ भन्ने जानकारी गराउन चन्द्र शम्शेरलाई ढाक्रेको शरीरको जुम्रा भएका कपडाहरु आफुले लिएर राम्रा कपडाहरु ढाक्रेलाई दिएर पठाएछन् भने जुम्रे लुगाहरु चन्द्र शम्शेरकहाँ पार्सल बनाई पठाएछन । चन्द्र शम्शेरले यो पार्सल हेरेपछि उनी माथि कार्वाही हुनेछ भन्ने यकीन गरेका कृष्णप्रसाद कोइरालाले संकेत पाएसँगै भारततिर लागि सकेछन् । उनको सर्वश्व हरण गरेछ राणा सरकारले । बिश्वेश्वर पनि ११ बर्षको उमेरमा परिवारको साथमा बनारसतिर लाग्नु परेको थाहा पाउन सकिन्छ ।


बालक कालमा बीपीको बसाइ स्थिर रहन नपाएको इतिहास बताउँछ । उनी कहिले बनारस हुन्थे भने कहिले कलकत्ता र कहिले बेतिया । विभिन्न ठाउँमा उनको बाल्यकालको जीवन चक्रमय बन्यो । खानपिनको पनि समस्या थियो । कहिले चना खाएर दिन रात व्यतीत गर्नुपथ्र्यो । एउटा कष्टमय जीबनको यात्रामा रहेका वीपीको अध्ययन पनि कष्टकर यात्रामै अघि बढिरह्यो । जब मानिसमा पेट भर्ने समस्याले सताउँछ अनि मुख्य कुरा खानु बाहेक के नै रहन्छ र ? भनिन्छ उनको परिवार यति दयनीय अबस्थामा गुज्रेको थियो कि उनी बिरामी भएर शरीरभरी घाउ खटिरा आउँदा ती घाउ खटिरालाई काट्ने बेलामा बेहोस बनाउने औषधिसम्म किन्ने पैसा थिएन । बिना औषधि नै उनको अपरेशन गर्नुपरेको थियो । अपरेशन सफल भएन र पुनः उनी कलकत्ता जानुपर््यो । कलकत्तामा अपरेशन सफल भएपछि बीपी वनारस फर्के । बीपीले अध्ययनको वातावरण त्यति पाउन सकेनन् तर पनि उनी साहसी थिए । वनारसमा बस्दा उनले धेरै दुख झेल्नुपर्यो । उनका बाबुले टेढी भन्ने ठाउँमा जग्गा किनेपछि बीपी पनि टेढीमा आउनुपर्यो । आधा किशोर अबस्था बीपीको टेढीमा नै बित्यो ।


बीपी बनारसमा पढ्न चाहन्थे । तर कृष्ण प्रसाद कोइरालाले खर्च पुराउन नसक्ने अबस्था थियो । कोइराला परिवारको आर्थिक अबस्थालाई हेर्दा शुरुमा सम्पन्नशाली नै थिए । जब उनको र चन्द ्रशम्शेरको बीचमा टक्कर भयो गर्दा उनी बिदेशिन पर्यो । त्यस अबस्थाबाट जबसम्म चन्द्र शम्शेर जिवित रहे तवसम्म कोइराला परिवारको आर्थिक जीबन कष्टमय नै रह्यो । बेतियामा बस्दा सबैले पिठो घोलेर खोले खाएर पनि बाँच्न बाध्य थिए ।


भनिन्छ हरिहरको मृत्यु हुँदा कात्रोसम्म किन्ने पैसा थिएन । पेट पाल्नकोलागि पत्रिका बेच्नुपर्यो । जब चन्द्र शम्शेरको मृत्यु भयो र भीम शम्शेर प्रधानमन्त्री भए तब कृष्णप्रसाद नेपाल फर्के र पुनः उनी ब्यापारमा लागे । आर्थिक अबस्था सुघ्रिदै गयो । जस्तो जस्तो विषम परिस्थिति परिवारले ब्यहोर्नु पर्यो त्यस्तै अबस्थाको प्रभाव वीपीमा पर्नु स्वभाविक थियो । उनी बालककालबाटै साहसी र मातापिताप्रति आदरभाव राख्ने आज्ञाकारी थिए । टेढीमा आएपछि (हाजीको वाग) मा जग्गा किनेर कृष्णप्रसादले स्कुल र छात्रावास बनाए । बीपीको अध्ययन यहींबाट राम्रोस‘ग थालनी भयो । बीपी टेढीबाट बनारस जान चाहन्थे । उनलाई बाटोखर्च दिन नसक्ने अबस्थाले गर्दा यो समस्या हल गर्नको लागि सानीआमा र बहिनी नलिनीले मुन्द्री दिएपछिे च्युरा र गुणलाई पोको पारेर बनारसतिर लागे । त्यो सुन बेचेको पैसाले उनी स्कुलमा भर्ना भए । मेट्रिक पास दोस्रो श्रेणीमा गरे । १२ पास पनि बीपीले बनारसबाटै गरे । सन् १९३४ मा बीपीले राजनीति र कानुनमा स्नातक गरे ।
बीपीको राजनीतिक थालनी पनि रहस्यमय छ । उनी शुरुमा आतंंकवादमा देखिए । बेतियामा भएको हत्या हिंसा र डकैतीको केशमा चार महिना थुनामा बस्नुपर्यो । मोतीहारीको डकैतीको केशमा पनि उनको नाम मुछिएको थियो, तर सफाइ पाए । यिनको राजनीतिक प्रभाव सर्बप्रथम माक्र्सवादमा परेको थियो । उनी बम्बै पनि गएका थिए र उनले माक्र्सवादको कृतिहरुको अध्ययन पनि गरेका थिए । कृष्ण प्रसाद कांग्रेसी संस्थामा आबद्व थिए । राजनीतिमा पनि कृष्णप्रसादको छाप बीपीमा परिसकेको थियो । पटनामा बस्दा यिनको नरेन्द्र, लोहिया र जेपीजस्ता भारतीय नेताहरुसंग सम्पर्क भयो । पछि यिनीहरुको सम्पर्कले गर्दा बीपी पार्टीमा पनि आबद्ध भएका थिए । भारतमा जब अंग्रेजलाई भारत छोड भन्ने आन्दोलन भयो त्यस समयमा बीपी धेरैपटक जेल गए ।


नेपालमा पनि राणाले गरेको अत्याचारबाट नेपाली जनता मुक्त हुन चाहन्थे । जन चाहनालाई बुभ्mदा साहित्यकार तथा लेखकहरुले यस्ता बेलामा चुप लागेर बस्ने अबस्था थिएन । धरणिधरले नैवेद्य लेखे, कृष्णलाल अधिकारीले मकै खेती लेखेकोमा सरकारले जेल चलान गर्यो र उनको जेलमै मृत्यु भयो । यीमात्र नभएर यिनीभन्दा पनि पहिला राणा धपाउ भन्ने अभियान नभएको होइन । तर यिनलाई राणाहरुले निर्मम तरिकाले दवाएका थिए । १९९३ साल जेठ २२ गते नेपाली जनताले मुक्तिको लागि प्रजापरिषद नामक संस्था खोले । यसमाथि पनि राणाहरुको कडा निगरानी थियो । यो मर्म बिपीलाई थाहा थियो । उनले संगठनको महशुस गरेर पटनाबाट निस्कने पत्रिका सर्चलाइटमा नेपालमा प्रजातन्त्र ल्याउनकालागि इच्छुक ब्यक्ति मेरो सम्पर्कमा आउन भनी समाचार छपाउने काम गरे । त्यसले नेपाली काँग्रेसको विजारोपण गरेको थियो ।


यो समाचारले इच्छुक नेपालीहरु बीपीको नजिक आउन थाले । वनारसमा तदर्थ समिति खोल्ने तय भयो । सुब्बा देबी प्रसादको अध्यक्षतामा उपाध्यक्ष बालचन्द्र शर्मा र बिपी संयोजक रहने गरी तदर्थ समिति गठन भयो । नेपालमा प्रजातन्त्र ल्याउनको लागि भारतमा एउटा संस्थाको जन्म भयो । यो तदर्थ समितिले भारतका कुनाकाप्चामा रहेका नेपालीहरुलाई यो सन्देश दिने काम भयो । यसै समयमा गणेशमान सिंह र बीपीकोबिचमा भेट भयो । यो तदर्थ समितिले कलकत्ताको भवानीपुरमा बृहत सभाको आयोजना गरेर सन्चालक समितिको चयन गर्ने काम भयो । १३ सदस्य रहेको समितिको सभापतित्व टंकप्रसाद आचार्यले गरेका थिए । राष्ट्रिय कांग्रेस भनेर पार्टीको नामाकरण गरियो । नेपालमा मजदुर आन्दोलन भयो । यस आन्दोलनमा पनि बीपी गिरफ्तार भए । एकातिर देशको आन्दोलनलाई अगाडी बढाउनु थियो भने अर्कोतिर पार्टीमा पनि तनाव थियो । बीपीले एक पार्टीको नेतृत्व लिएका थिए भने अर्को पार्टीको नेतृत्व डिल्लीरमण रेग्मीले ।


देशमा प्रजातन्त्र बहाली गर्न सशस्त्र क्रान्तिको महशसुस गरेर बीपीको नेतृत्वमा सशस्त्र क्रान्ति भयो । तर क्रान्ति सफल हुन सकेन । बीपी भारतमा बस्न पनि इन्दिरा गान्धीको विस्तारवादी नीतिले गर्दा कठिन भयो । देश नै नरहने हो कि भन्ने आशंकाले गर्दा बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पौष १६ गते नेपाल फर्कने निर्णय गरेर नेपाल फर्किए । नेपाल फर्कने क्रममा बीपीलाई देशद्रोह र राजद्रोहको मुद्दा चलाइयो । पन्चहरु कुर्लिए, फाँसिको सजायको माग गरियो । तर २०३४ सालमा राजा बीरेन्द्रद्वारा उपचारको लागि अमेरिका जाने र सरकारी खर्चमा उपचार गराउने भन्दै रिहा गरियो । बिपीले उपचार गराएर भारत हुँदै नेपाल फर्के । जेलमा रहंदा होस् या बाहिर बिपीको चिन्तन देशमा प्रजातन्त्र र समाजवादको स्थापनाको लागि संघर्ष नै रह्यो । सिडनीमा भएको समाजवादको सम्मेलनमा पनि बीपी सहभागी भएका थिए । र समाजवादकै लागि वकालत गरेका थिए ।


बिशाल इतिहास बोकेको देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेश अहिले सत्तामा छ । केही समय सत्ता बाहिर रहेपनि लामो समय सत्ता सम्हालेको पार्टीले खासै प्रभावकारी काम गर्न नसक्दा कार्यकर्ता निराश र तितरवितर भएका छन् । पार्टी भित्रको गुटले दललाई कमजोर बनाएको छ । अहिले १४ औं महाधिवेशनको शुरुवात संगै देखिएको गुटले अरु नजिकिएको स्थानीय निर्वाचनलाई कमजोर पार्ने हो कि भन्ने शंका उब्जिएको छ । वीपीको समाजवादको वकालत गर्ने धेरै भए । वास्तवमा वीपीको इतिहास पढेर उनले देखाएको बाटोको अनुशरण गर्न जरुरी छ तर त्यो भैराखेको छैन ।

अपडेट : 2021-11-25 08:59:05




your-image

Leave a Comment