मंसिर १६ २०७८   |  2021 Dec 02    


नेइमार र एमबाप्पे नायक


news

नेइमार र किलियन एमबाप्पे नायक बन्दा पेरिस सेन्ट जर्मन (पिएसजी) विजयी लयमा फर्किँदै शनिबार बोर्डेउक्समाथि ३-२ को जित निकाल्न सफल भएको छ ।

चोटका कारण लियोनेल मेसी यो खेलमा पनि अनुपस्थित थिए । तर नेइमार र एमबाप्पेले नायकको भूमिका निर्वाह गरेपछि माउरिसियो पोचेटिन्होको टोली संघर्षपूर्ण जित निकाल्न सफल भयो ।

जितपछि पिएसजी १३ खेलको समाप्तीमा ३४ अंक जोड्दै फ्रान्सेली लिग वान अंकतालिकाको शीर्ष स्थानमा अग्रता १० अंकले फराकिलो पार्न सफल भयो । 

मेमा लेन्सविरुद्धको खेलपछि लिग वानमा गोल गर्न नसकेका ब्राजिली स्टार नेइमारले दुई गोल गर्दा पिएसजीका लागि शनिबार एमबाप्पेले एक गोल गरे । तर एमबाप्पेले नेइमारका दुई गोलका लागि अवसर जुटाएर सबै गोलमा भूमिका खेले ।

भ्रमणकारी पिएसजीले ६३ मिनेटमा तीन गोलको अग्रता लिइसकेको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा टोलीले जितका लागि भने निक्कै संघर्ष गर्नुपर्यो ।

समय सकिन १२ मिनेट बाँकी रहँदा अलबर्थ इलिसले गोल गर्दै घरेलु टोली बोर्डेउक्सको पुनरागमन सम्भावना देखाए । त्यसपछि इन्जुरी समयमा एमबाये नियाङले अर्को गोल गरेर टोलीलाई बराबरीको नजिक पुर्याएका थिए । तर पुनरागमनका लागि त्यतिबेला सम्म ढिलो भइसकेको थियो ।

 

अपडेट : 2021-11-07 15:23:04




your-image

Leave a Comment