मंसिर १६ २०७८   |  2021 Dec 02    


मोहरको दान, करोडको आषिस !


news

‘बाल्यकालको देउसीभैलो मलाई खुबै सम्झना आउँछ । देउसीभैलो खेल्दा एक मोहर पैसा पाउँथ्यौं । सँगै हुन्थ्यो विभिन्न थरीका रोटी, चामल, सुपोमा धान अनि बलेको दियो । यस्तो कार्तिकको दान पाउँदा हाम्रो खुशीले घरको धुरी काट्थ्यो । हामीले लक्ष्मीले बास गरुन, सुख शान्ति होस् भनेर आषिस दिन्थ्यौं । यसरी चार दिनसम्म भैलो खेल्दा १० रुपियाँजति जम्मा हुन्थ्यो’

000

“छोरी छोरी आका हुम, रुपियाँ पैसा ल्याका छम, छोरी आईम आँगन रुपियाँ पैसा मागन” ८० वर्षकी देवकला उपाध्यायले आफ्नो बाल्यकाललाई स्मरण गर्दै सुनाईन । बालापनमा खेलेको देउसी भैलोको एक टुक्का उनी यो उमेरमा पनि गुनगुनाउँछिन् ।


देवकलालाई पर्वहरुमध्ये तिहार मन पर्ने पर्व हो । उनी भन्छिन्–‘दाजु बहिनीको माया प्रेम गासिएको पर्व भएकाले पनि यसको महŒव बेग्लै रहेको छ । समय बित्दै जाँदा यो पर्वमा आएको बिकृतिले भने उनलाई खिन्न बनाएको छ । पछिल्लो पुस्ताले तिहार पर्वको महŒव नै बिर्सन लागेको हो कि भन्ने चिन्ता छ उनमा ।


देवकला भन्छिन्–तिहार आयो भने पछि हामी गाउँका छोरीहरु एकै ठाउँमा भेला भएर भैलो गाउँन हिँड्थ्यौं । ‘रातो माटो चिप्लो बाटो, चुरा बजे छिन छिन भाउजुले के दिनछिन्’ यस्तै भैलो गाउने चलन थियो । त्यहाँबाट एक मोहर पैसा, विभिन्न थरीका रोटी, चामल, सुपोमा धान दियो बालेर कार्तिकको दान पाउँदा हाम्रो खुशीले घरको धुरी काट्थ्यो । हामीले लक्ष्मीले बास गरोस् सुख शान्ति होस्, सधै घर भित्र बास बसोस् भनेर आषिस दिएर देउसी भैलो खेल्थ्यौं । यसरी चार दिनसम्म भैलो खेलेर हामीले १० रुपियाँ जम्मा गरिथ्यो । त्यसबेला त्यो पैसाको महŒव पनि बेग्लै थियो । कार्तिक महिनामा पाएको दानलाई हामीले धानबाली भित्राएपछि जंगलमा गएर खाजा खाने चलन थियो । सेलरोटी पकाउने, अचार बनाएर खाजा खाएर रमाउने बेला थियो हाम्रो । आज त यस्तो कुरा सपना मात्र हो कि जस्तो लाग्छ ।


अहिले भैलो त जसरी नि धेरै पैसा दिन पर्ने बाध्यता नाच्ने गाउने पनि के हो के हो । संस्कार संस्कृति नै हरायो । पर्वको महŒव नै छैन जस्तो लाग्छ मलाई त । तिहारमा भैलो खेल्दा गाउने गीतको पुरानो भाका हराए । हामी भने पनि सुन्ने पुस्ता नै छैन, खाली के के बजाएर नाच्ने हुन हामी बुढाबुढीलाई त लाज लाग्छ अहिलेको भैलो देख्दा त ।


आजभोली त के हो र हामीले त तिहार आउन एक महिना अगाडिबाट नै रोटीको तयारी गरिन्थ्योे । घरमै झिलिङ्गा बनाउने र सुकाउन शुरु हुन्थ्यो गाउँभरिका सबैमा । अहिले जस्तो तिहारमा खेतिपाती थन्काउन चटारो हुँदैनथियो । त्यसबेला त दशैं तिहार मनाएपछि बल्ल धान काट्ने मेसो हुने भएकाले पनि तिहारमा आनन्दले मनाउन पाईन्थ्यो तर अहिले त के हो के हो मनिसलाई जहिले नि हतार मात्रै ।


ल अहिले नै हेर्नु न धान भित्राउनीको हतार छ संघारमा तिहार पर्व छ । यस्तोमा त खासै रमाईलो पनि हुँदैन । तर यो सबै मानिस आफैले बनाएको हो फेरि ।


हाम्रा पालामा घर लरक्क रातो माटो र कमेराले लिप्ने । घरभरि साँझ परे पछि माटाको पालामा बत्ती बाल्ने माटाको पाला गाउँमै कुमालले बनाउने र बिक्री गर्ने गर्दथे । तेल सबैका घरमा जति पनि हुने रातभरि तेलका दियो बालेर गाउँ नै झिलिमिलि त्यो रमाईलो कहाँ पाउनु आज । अहिले त सबै बिजुलीबाट बाले पनि त्यत्ति रमाईलो लाग्दैन ।


भैलेनी आउने भने पनि घरका मानिसहरु पनि कति रमाउने हामीले ‘जाउन भानिज जाउन भानिज कालिनागको दुध लिई आउन भानिज’ यस्ता भगवानलाई जोडेर भैलो खेल्दाको मज्जा नै बेग्लै थियो त्यो अहिलेको भैलोमा कहाँ पाउनु । अहिले त जसले धेरै पैसा दिन्छ उसैकहाँ नाच्ने रे हाम्रा पालामा सबैलाई बराबरी हेरर रमाईलो गरिन्थ्यो । चाँदीका एक सुका, मोहर, एक रुपिँया पाउँदाको खुशी अहिले कहाँ पाउनु जुग नै फेरिए जस्तो लाग्छ मलाई त ।


रुपन्देहीको सैनामैना–८ सुर्यनगरकी देवकलाले आफ्ना दाजुहरुलाई तिहारको टिका लगाउँदा तामा रोचेभरि रुपियाँ पैसा राखेर दियो कलशलाई पुजेर टिका लागाएको सम्झना ताजै छ त्यसबेला अहिले जस्तो दाजुभाईलाई उपहार दिने चलन नभए पनि विभिन्न थरीका रोटी चिउरीको पात गाँसेर बनाएको टपरीमा दिएर तिहार मनाउँदा निकै रमाइलो हुने गरेको बताईन । आफ्ना चार दाजुभाईलाई चार दिदीबहिनीले टिका लगाउने घरमै फूलेका सयपत्री र मखमलीका माला लगाएर तिहार मनाएको भन्दै अहिले त रोटी माला सबै बजारबाट ल्याएको देख्दा जुग नै फेरिएको भान हुन्छ ।


चार छोराछोरी, नौ नातीनातिना र ६ वटा पनातिना भएकी देवकलाले अबको केही समय पछि तिहार पर्वको वास्तविक महŒव नै लोप हुने भन्दै सरकारले यसको महŒवलाई जोगाउन पहल गर्नुमा जोड दिईन ।

 

अपडेट : 2021-11-05 10:29:42




your-image

Leave a Comment