मंसिर १६ २०७८   |  2021 Dec 02    


खुसीको खोजी...


news

घरलाई जीवन्त र प्रफुल्लित बनाउने सवालमा निकै ठूलो भूमिका निर्वाह गरिरहेकी यूकेजीमा अध्ययन गर्ने एउटी फूलजस्तै नानी । उनको नाम खुसी हो । पहिलेभन्दा अलि मोटाएकी पनि रहिछिन् । कलिलो उमेरकी नानू मोटाएपछि झन सुन्दर लाग्यो । हिजोआज झन कति राम्री भा’की है हाम्री खुसी रु भन्दै माया गरेर बोलाउदा उनको प्रतिक्रिया थियो – ‘मैले अचेल फेसवासले मुख धुन्छु त्यसैले !!!’ खुसी मोटाएको सम्बन्धमा उनको मम्मी अस्मिताको प्रतिक्रिया थियो – ‘स्कूल जान नपरेपछि खुसी त कति मोटाउछ कति १’ मैले हसिमजाक गर्दै खुसीलाई ‘तिम्रो स्कूल त दशैंपछि पनि खुल्दैन भन्छन् त रु’ भन्दा खुसी खुसीले उफ्रिएर कराउदै थिइन् – ‘त्यो स्कुल कहिल्यै खुल्दै नखुले पनि म त कति खुसी हुन्छु कति १’ त्यसपछि भने म अवाक भए । उनीसँग बाँकी जिज्ञाशा राख्न मन लागेन । उनले यसो भन्नुका कतिपय कारणको बारेमा म आफै भुक्तभोगी भएको कारण पनि उनीसँग तिनै कारणहरुको बारेमा सोधिरहन मन लागेन । कुरा यत्ति जानकारी भयो कि मेरो आफन्त नातेदारको परिवारमा भएकी ती सुन्दर पुतलीजस्तै नानी खुसीको खुसी अपहरण गर्ने सवालमा अरु विद्यालयले झै उनको विद्यालयले पनि अहम् भूमिका निर्वाह गरेको रहेछ ।


यो कथा खुसी र उनको विद्यालयको कथा मात्र नभइ प्रारम्भिक तहमा अध्ययन गर्ने अधिकांश बालबालिका र विद्यालयको कथा हो । संस्थागत विद्यालयमा यो कथा झन बढि चर्को रुपमा देखिन्छ । खुसीजस्ता बालबालिकाहरुको खुसी अपहरण गर्ने सवालमा विद्यालय, शिक्षक र अभिभावक सबैको उत्तिकै सहकार्य र योगदान छ भन्ने कुरामा पनि कुनै सन्देह छ जस्तो लाग्दैन । अभिभावक चाहन्छ, आफ्नो सानो नानीले विद्यालय गएको छोटो समयमै अक्षर र अङ्कहरु चिन्न सकोस् । कितावहरु नरोकिएर पढ्न सकोस् । अभिभावकको यही अपेक्षा पूरा गर्नका लागि कतिपय विद्यालयहरुले सोही अनुरुपको निर्देशन शिक्षकहरुलाई दिइन्छ र शिक्षकहरुले सोही अनुरुप सहजीकरण गरिरहेका हुन्छन् । अक्षर चिनाउनु र पढ्न सिकाउनु नराम्रो भनेको होइन । तथापि त्यो सबै काम बालबालिकाको खुसी र समुन्नतिका लागि गर्ने हो । उसमा भएको खुसी लुटेर पढाउनु र शिक्षा दिनु भनेको के साँच्चि त्यो शिक्षा हो त रु के शिक्षा खुसीका लागि अध्ययन गर्ने होइन र रु मैले खुसीलाई भेटेपछि र उनको प्रतिक्रिया सुनेपछि मभित्र उल्लिखित प्रश्नहरुले फेरि घर गरेर मलाई नै अप्ठ्यारोमा पारिरहेका छन् ।


जुन मुलुकमा लोकतन्त्र, सुशासन र मानवअधिकार कमजोर हुन्छ, त्यो देशमा बाहुबलका हिसावले कमजोर भएका बालबालिका, महिला र बृद्धबृद्धाको अवस्था उनीहरुमैत्री हुन सकिरहेको हुदैन । लोकतन्त्रलाई मनपरी तन्त्रको रुपका बुझ्ने काम भएको हुन्छ । बालबालिकाको सवालमा उनीहरुको रुचि, क्षमता र प्रतिभाको पहिचान गरी तदनुरुप नै उनीहरुमा विद्यमान रुचि, क्षमता र प्रतिभालाई प्रष्फुटन गर्न र गराउनका लागि उपयुक्त वातावरणको सिर्जना गर्नु भनेको विद्यालय, शिक्षक र अभिभावकको कर्तव्य हो । तथापि हाम्रोमा त्यो सुविधा छैन । भन्दा लोकतन्त्र भनेपनि सत्तामा सवारहरुले जनताको भावना अनुसार काम नगरेजस्तै विद्यालयभित्र पनि कुरा बालमैत्रीका गरिए पनि बालबालिकाको आवश्यकता अनुसार व्यवहार भएको पाइदैन । कतैकतै बालमैत्रीका नाममा बालबालिकालाई सामान्य सहजीकरण र रेखदेख समेत नगरी उनीहरुलाई छाडा हुने र जे मन लाग्यो त्यही गर्न दिने गरिएको पनि पाइन्छ । हाम्रो लोकतन्त्र र बालमैत्री स्कूलको अवधारणा भनेको त्यो पनि होइन । बालमैत्री स्कूलको अवधारणालाई कार्यान्वयन गर्नका लागि त विद्यालय र शिक्षक पेशा र बालबालिकाप्रति अझ बढी समर्पित र अझ बढी जिम्मेवार हुनुपर्दछ जसरी लोकतन्त्रको संस्थागत विकासका लागि राजनेताहरु नमूना भएर मुुलुक र नागरिकका लागि खटिएका हुन्छन् ।


गत असोजमा झरी परेको बेला जाजरकोटको बारेकोट क्षेत्रमा रहेको बीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साको कक्षाकोठा भत्किएर बालविकासका केही विद्यार्थीहरु सख्त घाइते हुन्छन् । यसबाट यो पङक्तिकारलाई बुझ्न कठिन भएन कि त्यो विद्यालयको सबैभन्दा कमजोर पूर्बाधारमा बालबिकासका नानीहरुलाई राखिएको रहेछ । यस्तो अरु विद्यालयमा पनि गरिन्छ । अझ यतिसम्म पनि गरिन्छ कि तल्लो तहमा भएका राम्रा र सक्षम शिक्षकहरु त माथिल्लो कक्षामा अध्यापन गर्न थाल्छन् र कमजोर भनिएकाहरुलाई तल्लो कक्षामा जिम्मा दिइन्छ । हाम्रो चिन्तन र सरकारकै नजरमा पनि तल्लो कक्षा भनेको तल्लो किसिमको प्राथमिकता दिने कक्षा हो । जव कि त्यो हुदै होइन बरु यो धर्तिमा भर्खर पाइला टेकेका बालबालिकाहरुलाई सही मार्गनिर्देशन गरेर असल मानिस बनाउने हो भने सबैभन्दा असल शिक्षकहरु तल्लो कक्षामा हुनु आवश्यक छ । उनीहरु यत्ति असल होउन् कि घरबाट बाबाआमा छोडेर भर्खर विद्यालय आएका बालबालिकाहरुलाई विद्यालयमा भएका शिक्षकहरु पनि घरमै भएका बाबाआमा जस्तै लागून । सायद त्यस्तै शिक्षकहरु भएको भए सानी नानी खुसीमा आफू अध्ययन गर्ने विद्यालय सधैंका लागि बन्द हओस् भन्ने भावना जाग्दैनथ्यो होला ।


हामी हाम्रो सरकार हुदै विद्यालयहरुसम्म पुग्दा हामी जति हुनुपर्ने हो त्यत्ति विद्यार्थीमैत्री हुन नसकिरहेको अवस्था छ । झन् साना कक्षाका विद्यार्थीहरु तुलनात्मक किसिमले अन्यायमा पर्नु हाम्रो जस्तो मुलुकका विद्यालयहरुमा अस्वाभाविक पटक्कै होइन । दशैंको समयमा क्यानडामा बसोवास गर्दै आएका मेरो भतिजा नाता पर्ने रबि बाबुसँग दशैंपछि मेरो घरमा आएपछि भेटघाट र भलाकुसारी भएको थियो । मेरो जिज्ञाशामा उनले भनिरहेका थिए, ‘क्यानडामा जाडो याममा हिउ पर्छ र चीसो पनि त्यत्तिकै हुन्छ तर विद्यालयहरु बन्द हुदैनन् । यसको मतलव विद्यालयहरु पनि बातानुकूलित बनाइएका हुन्छन् । तर त्यहाँका विद्यालयहरु गर्मीमा दुई महिना जति बिदा हुन्छन् । यसकारण कि बालबालिकाहरु आफ्ना अभिभावकहरुसँग आफूले अध्ययन गरिरहेको विद्यालय भन्दा अरु कुनै राम्रो स्थानमा घुम्न गएर रमाउन् र धेरै कुरा सिकेर आउन् । साथै त्यहाँ साना कक्षाका विद्यार्थीहरुलाई घरमा पढ्न वा काम गर्नका लागि खासै केही दिइदैन । कक्षा ८ पछि मात्रै अलि बढि काम दिने गरिन्छ ।’ उनले भनेको कुरा सम्झेर डाहा लागेर आयो । किनभने हाम्रो देशको सन्दर्भमा यो पङ्क्तिकारले सोचेको पनि त्यही थियो जुन कुरा क्यानडामा प्रयोग भइरहेको छ ।


जिन पियाजेको विकासात्मक मनोविज्ञानका अनुसार पनि सानो उमेरका बालबालिकाहरुलाई सिकाइका निम्ति सहजीकरण गर्दा भन्ने वा सुनिने भन्दा पनि देखिने वा गरिने कुराका आधारमा सिकाइ कार्य सम्पादन गरिनु पर्दछ । प्रश्न तथा जिज्ञाशा शिक्षकले बालबालिकालाई होइन कि बालबालिकाले शिक्षकलाई सोध्ने गरी वातावरणको सिर्जना गरिनुपर्दछ । सकेसम्म उनीहरुका धेरै इन्द्रीयहरुको सक्रियता र भोगाइको माध्यमबाट सिकाइ हुनेगरी शिक्षण सिकाइको ढाँचा बनाइ कार्यान्वयन गरिनुपर्दछ । सिकाइको क्रममा उनीहरुसँग विद्यमान खुसीमा खुसी थप्दै त्यो खुसी अनन्तसम्म कायम रहने गरी सिकाइको तरिका अपनाउनु पर्दछ । सिकाइको क्रममा खुसी पनि कहिल्यै नसुक्ने मुल ९जरुवा० को पानी जस्तै हुन सक्यो भने त्यो खुसीले सिकाइलाई समेत सँगसँगै अघि लैजान बालबालिकालाई प्रेरित गर्दछ । मानिसको जीवनको अधिकतम् लक्ष्य नै खुसी हुनु हो भने सिकाइलाई पनि खुसी सँगसँगै र खुसीलाई पनि सिकाइ सँगसँगै सहयात्रीको रुपमा लिन सक्नुपर्दछ । अनि मात्र सम्भव छ, खुसीका लागि शिक्षा र शिक्षाका लागि खुसी । अन्यथा शिक्षा र खुसी नदीका दुई किनारा हुने हुन् र यिनीहरुको बीचमा भेटघाट र भलाकुसारी नै हुने होइन भने त्यस्तो शिक्षा पो किन चाहियो र?


केही दिन अघि मात्र बर्दियाको एउटा माध्यमिक विद्यालयमा प्रवेश गर्ने अवसर मिल्यो । एकजना चिरपरिचित म्यामलाई देखें त्यहाँ र सोही अनुरुप हाम्रो भलाकुसारी चिरपरिचित जस्तैगरी सुरु भयो । तथापि उहाँको नाम भने बिर्सेछु । यत्ति परिचित वातावरणमा कुरा गरियो कि अब बीचमा नाम सोध्न पनि उपयुक्त लागेन मलाई । म्यामले आफैले मेरो असजिलोलाई फुकाउदै ‘सरले नाम बिर्सिनु भएजस्तो छ, मेरो नाम सीता गैरे’ भन्नुभयो । त्यसपछि भने स्मृतिको लहरो फैलिदै गयो । उहाँको पतिको नाम मैले नै भनिदिएपछि सीता म्याम अलि बढी खुसी हुनुभयो । त्यसपछि मैले भने पनि – ‘म्याम हजूरसँग पहिले बारम्बार भेट भएको हो । बीचमा केही वर्ष नै भेट नभएपछि भुलेछु म्याम । माफ गर्नुहोला । आज सुरुमै भेट हुँदा, मैले के छ हालखवर सीता म्याम रु भनेर नामैबाट सम्बोधन गरी भलाकुसारी गर्न पाएको भए हार्दिकता झन् कति गहिरोे हुन्थ्यो होला है म्याम रु’ प्रतिक्रियामा सीता म्यामले भन्नु भयो, ‘ हो त नि, मन झनै खुसी हुन्थ्यो होला । सरले बिर्सिनु भएको रहेनछ भनेर हजूरप्रतिको सम्मान झन् अस्भावाविक तरिकाले आकासिन्थ्यो होला । यसको मतलव हार्दिकता र सम्मान घट्यो भन्न खोजेको भने होइन ।’


सीता म्यामले यो पङ्क्तिकारबाट अपेक्षा गरेको व्यवहार हरेक बालबालिकाहरुले पनि शिक्षकबाट अपेक्षा गरिरहेका हुन्छन् । जस्तै ः शिक्षकले आफ्नो पहिलो नामबाटै सम्बोधन गरेर मायालु किसिमले बोलाओस्, आफ्नो मुखाकृति र व्यवहारको समेत अध्ययन गरेर व्यक्तिगत हिसावले समेत सुखदुःखमा साथ देओस्, सफलतामा स्याबासी र असफलतामा सान्त्वना देओस्, आफ्नो घरायसी अवस्था र घरपरिवारका सदस्यहरुको बारेमा समेत चासो र परिचय भएको कुरा अवगत गराओस् आदि आदि । अतः विद्यालयलाई बालमैत्री बनाउनका लागि पहिलो सुरुवात शिक्षकले गर्नुपर्दछ भन्ने लाग्छ मलाई । जसरी ममताकी खानीरुपि आमालाई आफ्नो सन्ततिलाई कसरी माया गर्नुपर्दछ भन्ने कुरा कसैले सिकाउनु पर्दैन त्यसैगरी हाम्रा शिक्षकहरुलाई पनि शिक्षण सिकाइको क्रममा बालबालिकालाई कसरी माया गर्नुपर्दछ भन्ने कुरा सिकाउनु परेन र त्यो माया ह्रदयको स्पन्दनबाट छचल्कियो भने बालमैत्री विद्यालयले सम्पादन गर्नुपर्ने आधा काम त्यसैपनि सम्पन्न हुन्छ भन्ने लाग्छ । त्यसपछि त खुसीका लागि खुसीजस्ता विद्यार्थीहरुले विद्यालय नजाँदा खुसी हुने होइन कि खुसी हुनका लागि विद्यालय जान उत्प्रेरित हुनेछन् । 

अपडेट : 2021-10-31 11:06:28




your-image

Leave a Comment