मंसिर १६ २०७८   |  2021 Dec 02    


पहिरोले रोक्यो रानीमहल आउन-जान


news

आइतबारदेखि परेको बर्षाले तानसेन नगर-रानीमहल सडक खण्ड अवरुद्ध हुदा रानीमहल भई हिड्न यात्रु र पर्यटक अलपत्र परेका छन ।


दशैंका अवसरमा रानीमहल पुगेका आन्तरिक पर्यटक सडक माथिबाट ठाउँ ठाउँमा खसेको पहिरोकाकारण अलपत्र परेको स्थानियहरुको भनाई रहेको छ ।


वर्षादको समयमा बिग्रेको सडक दशैको अवसरलाई लक्षितगरि मर्मत गरेको भएपनि गत आइतबार देखि परेको वर्षादका कारण ४ ठाउँमा पहिरो खसेका खसेका कारण ठुलो संख्यामा साना सवारीका साधन रानीमहल मै रोकिएको स्थानिय होटल व्यवसायी बसन्त कुवरले बताए ।


सडक सुचारु गर्नका लागि स्थानिय सरकारले वर्षाद रोकिएपछि मात्र सुरु गर्ने तानसेन नगरका इन्जिनियर राम प्रसाद श्रेष्ठले बताए ।

अपडेट : 2021-10-19 08:51:50




your-image

Leave a Comment