मंसिर १६ २०७८   |  2021 Dec 02    


ओलम्पिकमा कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान


news

जापानमा जारी ओलम्पिकमा सहभागी नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन्।

टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफलमा शनिबार विहान भएको खेलमा कल्पनाले छनोट चरणमा ६१६।८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४।५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

कल्पनाले ६१६।८ स्कोर गरेर राष्ट्रिय कीर्तिमान बनाए पनि टोकियो ओलम्पिकको अन्तिम चरणमा भने छनोट हुन सकिनन्।

छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन्। उनी ५० जना खेलाडीमध्ये ४६ औं स्थानमा रहिन्।

अपडेट : 2021-07-24 17:33:07




your-image

Leave a Comment