जेठ १२ २०७७   |  2020 May 25    


कोरोनाबीचको खुशी



news

संसारभर फैलिएको कोरोनाको कहर कति दिन, महिना चल्ने हो त्यो थाहा छैन । तर यही कहरबीच पनि नेपालमा एउटा खुशिको दियो टिमटिमाएको भान भएको छ देशका नागरिकका लागि । त्यो के भने भारतले जवरजस्ती हड्पेको नेपालको भूमि जो हाम्रो देशका पूर्व शासकले वास्ता नगरेर बसेका थिए, त्यो हाम्रो भूमि हामी नेपालीकै भागमा आउँछ कि भनेर खुशि हुनुपरेको छ । किनकी अहिले कालापानी लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालको नक्सा बनाउने निर्णय संसदबाट पास भएअनुसार नक्सा जारी गरिएको छ । आशा राखौँ अव नक्साले सार्थकता पाउँला कि ?


अहिलेसम्म कालापानी क्षेत्रमा गुमेको जमिन र महाकालीको पानीको लागि कयौँपटक आन्दोलन भए, नारा जुलुस् भए, मानिसका ज्यान पनि गए । तर समस्या ज्युँका त्यौं नै रहेको थियो । महाकाली सन्धिका बेला पूर्व सरकारमा बसेकाहरुले कालीको मुहान निक्र्यौल गर्न आवश्यक ठानेनन् । त्यसैले यो पिलोकै रुपमा रहीरह्यो । अहिले पनि नक्सा जारी हुँदैमा ठूलो समस्या हल हुन्छ भन्ने अवस्था छैन । नेपालको रुप पुरानै हालतमा छ । केवल नक्सा बनाउने काम भएको छ । जमिन भारतले छाडेर गएको छैन । हटाउन पहल पनि भएको छैन ।

अहिले नेपाल सरकारले जारी गरेको नक्सा प्रकाशनले नेपालका नागरिकलाई अँध्यारोमा जुकिरीको सहारा भनेजस्तै त भएको छ । तर, यो पूर्ण समाधान होइन । जवसम्म कालापानीमा भएका भारतीय फौज हटाउने, बनाइरहेको सडक रोक्ने र कालीको मुहान निक्र्यौल गरेर आप्mनो जमिन नेपालको हातमा आउँदैन तवसम्म नक्सामा समेटिए पनि खुशी भएर फुकिनु पर्ने अवस्था छैन । जहिले हाम्रो गुमेको भूभाग नेपालको पोल्टामा आउला, त्यहाँको सिमानामा सिमा पिलरहरु गाडिएलान् वानेपालीहरुको बसाइ होला, नेपालका सुरक्षा बल सिमानामा क्याम्प खडा गरेर बस्लान्, त्यहाँ सरकारको दरो उपस्थिति रहला, झण्डा फर्फराउला त्यो दिन हामी सबै नेपाली दीप बालेर नाचौँला गाउँला घरघरमा खुशि मनाउँला ।

महाकाली सिमा नदी मानिए ता पनि भारतले नदी पूर्व नेपालतर्फ नै धेरै ठाउँमा नेपालको जमिन लुटेको छ । नहर बाँध बनाउँदा केही समयका लागि प्रयोग गर्न दिएको नेपाली भूमि पनि फिर्ता गरेको छैन । उसले कब्जा जमाएर राखेको छ । उसले तयो जमीन आफ्नो ठानेको छ । यसरी भारतले पूर्व पश्चिम दक्षिण गरेर कब्जेका नेपालका थुप्रै जमिनमा भारतीयले रजार्इँ गरिरहेका छन् । नेपाल हो । तर, भारतीय सुरक्षाकर्मीले बाटोमा तगारो तेर्छाएका छन् । ती पनि फिर्ता लिनुपर्ने हुन्छ । आप्mनो देशको जमिनको सुरक्षा गर्ने दायित्व नेपाल सरकारको हो । तर यहाँका शासकको सोंच अहिलेसम्म राष्ट्रियताका निम्ति भन्दा आफु आर्थिक रुपमा र सत्तामा बस्ने तरिकाबाट बलियो बन्नेतिरै देखिएको छ । अव केही हुन्छ कि भनेर आशाको दियो बलेकोमात्र हो । यो कुनैबेला ललिपपको लोभमा निभ्न पनि सक्छ ।

अहिले नक्सा बनाउने र जारी गर्ने हिम्मत सरकारले गरेको छ । यो राम्रो काम भएको छ । यस्तो नक्सा आजभन्दा धेरै पहिले पनि बन्न सक्थ्यो शासकहरुले चाहेको भए । कालीपूर्वका हाम्रा गाउँठाउँ भारतले आफनोतिर पारेर गत साल भारतको नक्सा जारी गर्यो । यो थाहा पाएपछि नेपाली नागरिकले बिरोध जनाए जो स्वभाविक थियो । नक्सा मात्र नभएर अहिले त बाटो नै बनाएर उद्घाटन गर्यो । कत्रो दुस्साहस र हेपाहा प्रबृत्ति भारतको । भारतले त्यति गर्दासम्म नेपाली शासकले थाहा पाइएन भन्नु लाजमर्दो कुरा हो । अव बल्ल अहिले यी कुरालाई सरकार पक्ष र प्रतिपक्ष सबैले यो हाम्रो जमिन हो १८१६ को सुगौली सन्धिअनुसार हामीले त्यो जमिन फिर्ता लिनुपर्छ भन्ने कुरा उठिरहेका छन् र सुगौली सन्धिमै अडान लिन सक्नुपर्छ नेपाल सरकारले भन्ने कुरा उठेको छ । प्रतिपक्षमा रहेर राष्ट्रियताका लागि प्रधानमन्त्रीलाई साथ दिन्छु भनेर प्रतिवद्धता जाहेर गर्ने सांसद डा. मिनेन्द्र रिजाललाई साधुवाद छ । त्यसरी नै कला बेचेकी हुँ, राष्ट्रियताका लागि म नेपालको स्वाभीमानको लागि नेपाली जनतासँग छु भनेर भारतीयलाई तर्साउन सकेकी मनिषा कोइराला पनि धन्यवादकी पात्र छन् ।

कोरोनाको पिडा एकातिर छँदैछ । यसबीच पनि नागरिकहरु आप्mनो देशको भूमि फिर्ता आओस् भनेर उत्साहित छन् अहिले । नेपालमा रहेका नेपालीमात्र हैन, भारतमा रहेका नेपालीहरु पनि आफ्नो देशको सार्वभौमिकता अच्छुण्ण राख्न भारतमै आन्दोलित छन् । यो नेपाली शिर उचाली .... खुकुरी नाच नाच्दैछन् ।
उतिबेला त्यो ठाउँमा गएका त्यहाँको बस्तुस्थिति बुझेका, जनगणना, निर्वाचन गराएका रिटायर्ड सेनाका उच्च पदस्थ ब्यक्ति लगायतका जिउँदा ब्यक्तिका भनाइहरु बिद्युतीय संचार माध्यममा आई रहेका छन् । सबैले भनिरहेका छन् अव सरकारले ढिलो गर्नु हुँदैन । परराष्ट्रमन्त्री, प्रधानमन्त्रीले सबै प्रमाण जुटाएर भारतीय प्रधानमन्त्री वा सम्बन्धित ब्यक्तिसंग आम्ने साम्ने कुरा गर्नुपर्छ र यो दुखिरहने पिलोको समस्या सधैका निम्ति समाधान गर्नुपर्छ । अहिले फलाम तातेको छ । फलाम तातेको बेला हिर्काउने हो भने हँसिया, बन्चरो र घन जे पनि बन्छ । सेलाएपछि हिर्काएर हतियार बनाउन सकिँदैन, उल्टै घन आफैतिर फर्कन्छ । त्यसैले यो समस्या छिटो समाधान गर्ने कामतिर सरकार लागोस् । यो समस्या समाधान गर्न सम्पूर्ण नेपालीको सहयोग र समर्थन रहने छ ।

यो त भयो नेपालतर्फको काम कुरो । अहिले जव नेपालले कालापानी काली नदीको पूर्वतर्फ कालीको उद्गम स्थलको भाग देखि पूर्वका भाग समेटेर नेपालले जव नक्सा जारी गर्यो तव भारतले फेरि बिरोध जनाएको छ र त्यो ठाउँ आफ्नो भएको दावी गरेका कुरा संचार माध्यममा ल्याइएका छन् । उसले सजिलोसंग नेपालको भूमि छाड्ला जस्तो छैन । आप्mनो ब्यापारको फाइदाका लागि हड्पेको त्यो ठाउँ झट्ट छोड्न मान्ने देखिँदैन । यता भारतीय मिडियाले नेपालकी चेली, एउटी कलाकार जो भारतीय थुप्रै सिनेमामा काम गरेकी छन् मनिषा कोइरालालाई “खाती भारतकी, गाती चीनकी” भनेर तुच्छ बचन बोल्दै नीचता देखाईसकेका छन् । मनिषा एउटी कलाकार हुन् । कलाकार कसैको ब्यक्तिगत पेवा त हुँदैन । कलाकारले आप्mनो कला जुन देशमा पनि देखाउन सक्छ । भारत गएर काम गर्दा भारतमै त खानुपर्यो । के भारतीयहरु अरु देश जाँदा आउँदा दाल भात भारतबाटै बोकेर जान्छन् र ? उनीहरु पनि जहाँ जान्छन् त्यहींकै होटलमा वा आफन्तकोमा त खाँदा हुन् । रह्यो कुरा “गाती चीनकी” भन्ने भारतीयहरुको आरोप । किन नगाउँने त उनले चीनको बारेमा ? उनले सत्य कुराको लागि नेपाल, चीन भारत अमेरिका जसको बारेमा पनि बोल्न सक्छिन् । उनि बोल्न पनि हुन्छ, चीन जान पनि हुन्छ । उनी नेपालकी छोरी हुन् र कलाकार हुन् । उनले नेपालको पक्षमा पनि बोल्न हुन्छ । उनका बाउ बाजे कोइराला खानदान नेपालका हुन््, नेपाली नागरिक हुन् । नेपालमै राजनीति गर्र्दै आए र गर्दैछन् । उनका नाता सम्बन्ध नेपालमै छन् । उनलाई नेपाल, चीन, भारत सबैको माया लाग्दो हो । अझै उनलाई त नेपालको राष्ट्रियतामाथि आँच आउँदा मन दुख्दो हो, त्यसैले चीन र नेपालको पक्षमा दुई चार कुरा बोलिन् । राष्ट्रियता जनाइन् । र, बोल्नु पनि पर्छ । भारतीय मिडिया यति दुच्छर होलाजस्तो लागेको थिएन बहुत दुच्छर रहेछन् ।

यस्तो अवस्थामा कुटनीति, भाइचाराको नाता वा के के अवलम्बन गर्नु पर्ने हो सबै प्रमाणसहित भारतीय आधिकारिक ब्यक्तिसंग नेपाल सरकारले आम्ने साम्ने बसेर कुरा गर्ने हिम्मत अब राख्नुपर्छ । यदि १८१६ को सुगौली सन्धिको आधारमा टेकेर कुरा गर्दा भारतले कुरा सुनेन र त्यो ठाउँ छाड्न मानेन भने अन्तर्राष्ट्रिय अदालत पनि धाउनु पर्छ । तर, सुगौली सन्धिको प्रमाणमा दरोसंग उभिनु पर्छ । अहिले कालापानीकै विबादलाई लिएर केही भारतीय बुद्धिजीवी र एसडी मुनिसमेतले पनि भारतले सत्यलाई अँगाल्नु पर्ने र सत्य तथ्यको आधारमा भारतले त्यो ठाउँ नेपालको हो भने भारतले छोड्नु पर्ने भए छाड्नु पर्छ भनेका कुरा सामाजिक सन्जालमा देखिएका छन् । उनीहरुले भनेका छन् , “नेपाल सानो देश हो । नेपाल भारतको सम्बन्ध सदियौं देखिको हो । नेपाल भारतको सम्बन्ध धार्मिक, साँस्कृतिक रुपमा जोडिएको छ । रोटी बेटीको सम्बन्ध त्यत्तिकै छ । यस सम्बन्धलाई यथाबत राख्न पनि भारतले नेपालको मागलाई सकारात्मक रुपमा लिएर उसको समस्या समाधान गर्नुपर्छ । नेपाल भारतलाई असल छिमेकी मान्छ ठूलो दाजु मान्छ ”। त्यसैले भारतले जे सत्य हो त्यो गर्नुपर्छ भनेका छन् । हाम्रो देश दुई ढुङ्गाको तरुल त हो नै । बेला बेलामा दुबै ढुङ्गाले थिच्न खोजेकै छन् ।

अर्को ठूलो दाजु जसले नेपालसंग नसोधी नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग हात मिलाएर भारत चाइना बीच ब्यापारकि नाका खोल्ने सहमति जनायो, उसले बुझेर हो वा नबुझेर हो नेपालप्रति घात गर्यो । अव उसले पनि त्यो घातबारे आफनो कुरा बोल्नुर्पछ भने यो बेला नेपाल सरकारले खुट्टा नकमाई दरोसंग टेकेर आप्mनो ठाउँ फिर्ता लिन जहाँ जहाँ जानुपर्ने हो, जे जे काम गर्नुपर्ने हो सबै गर्नुपर्छ । सरकारको पक्षमा अव सबै नेपालीको जमात छ । सारा नेपाली नागरिक छन् । अव “जस्तालाई त्यस्तै” भन्ने उखान जस्तै नेपालले पनि भारताई अप्ठयारो पर्ने काम सोच्नुपर्छ । हरेक नेपालीले आप्mनो ठाउँबाट बिरोध जनाउनु पर्छ सिमा सुरक्षामा जुट्न, सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीसंग पनि प्रतिकारमा उत्रनु पर्ने अवस्था आएमा तयार रहनु पर्ने पनि देखिन्छ । यदि यो बेला कालापानी समस्या सदाको निम्ति समाधान भयो भने प्रधानमन्त्रीको जयजयकार हुनेछ । यो राम्रो मौका आएको छ ।

अपडेट : 2020-05-23 20:39:54




your-image

Leave a Comment