जेठ १२ २०७७   |  2020 May 25    


कोभिड १९ व्यवस्थापनमा मेडिकल कलेजकोे असहयोग !



news

विश्वमा महामारीको रुपमादेखिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण व्यवस्थापनमा निजि स्वास्थ्य संस्थाहरुले चासो देखाएका छैनन ।

कोभिड १९ नियन्त्रणको लागि प्रदेश नं ५ प्रदेश सरकारले अघि सारेको योजनाहरु कार्यान्वयनमा ति संस्थाहरुले वेवास्ता गरेको पाईएको हो । सामाजिक विकास मन्त्रालयका अधिकारीहरुका अनुसार मन्त्रालयले दिएको निर्देशन कार्यान्वयनमा उनिहरु उदासिन देखिएका हुन ।
भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजले कोभिड १९ को व्यवस्थापनमा असहयोग गरेपछि मन्त्रालयले चेतावनी दिदै पत्र समेत काट्नु परेको बताईएको छ ।

सामाजिक विकास मन्त्रालयले चैत्र ११ गते पत्र काटेर कोभिड –१९को रोकथाम तथा नियन्त्रणको लागि तोकिएको जनशक्ति व्यवस्थापन गर्न तथा आईसोलसन वेडमा संक्रमितहरुलाई राख्न आग्रह गर्दे पत्र पठाएको थियो ।


तर उक्त कलेजले अहिले सम्म तोकिएको जनशक्ति नखटाएको र आईसोलेशन वेडको पनि व्यवस्थापन नगरेको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा.उमाशंकर प्रसाद चौधरीले जानकारी दिए ।
मन्त्रालयले उक्त मेडिकल कलेजलाई तिन जना फिजिसियन कन्सल्टेन्स, ६ जना मेडिकल अधिकृत र ९ जना नर्सिङ स्टाफ तोकि कोरोरा विशेष अस्पतालमा खटाउन निर्देशन दिएको थियो । त्यसैगरी २० वटा वेड आईसोलेशन वेडको लागि छुटाउन भनिएको थियो । अहिले सम्म आईसोलेशन वेडमा विरामी राख्न नचाहेको र जनशक्ति पनि नपठाएको वरिष्ठ स्वास्थ्य प्रशासक डा. चौधरीले बताए । उनले भने– कोभिड नियन्त्रणमा निजि क्षेत्रको उत्साहजनक उपस्थिती देखिएन यसले गर्दा व्यवस्थापनमा केही असजिलो भएको छ ।’

सामाजिक विकास मन्त्रालयले कोरोना विशेष अस्पतालमा जनशक्ति खटाउन प्रदेशमा रहेका ४ वटा निजि क्षेत्रको मेडिकल कलेजलाई आग्रह गरेको थियो । देवदह मेडिकल कलेज रुपन्देही, लुम्विनी मेडिकल कलेज प्रभास पाल्पा, कोहलपुर मेडिकल कलेज बाँके र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजसंग जनशक्ति माग गरेको थियो ।

मन्त्रालयको निर्देशन अटेर गरे पछि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई मन्त्रालयले शुक्रवार पत्र काटेर असहयोग गरेमा प्रचलित कानुनका आधारमा कारवाही प्रकृया अघि वढाउने चेतावनी सहितको पत्र पठाएको हो ।

कोभिड १९ व्यवस्थापनमा प्रदेश सरकारलाई असहयोग गरेका सन्दर्भमा कलेजका प्रशासन प्रम्ुख तेज केसीले केही कुरा बताउन चाहेनन । उनले एचआर म्यानेजर कमलराज ढकालसंग वुझेन आग्रह गरे। म्यानेजर ढकालले फोन उठाएनन ।

निजि क्षेत्रको उक्त स्वास्थ्य संस्थाले जनशक्ति परिचालन नगर्दा सेवा प्रवाहमा असहजता भएको छ । अहिले प्रदेश नं ५ मा ४ वटा कोरोना विशेष अस्पतालमा संचालन गरिएको छ । त्यसैगरी आईसोलेसन अस्पताल वेड भएको ५० वटा अस्पताल रहेका छन । अहिले सम्म ४ वटा विशेष अस्पतालका अलवा केही निजी सहित विभिन्न अस्पतालहरुमा कोरोना संक्रमित राखिएको छ । प्रदेशमा करिव ७ सय स्वास्थ्यकर्मीहरु अहिले २४ सै घण्टा खटिएका छन । यो जनशक्ति अपुग हो । माग गरिएको जनशक्ति नआउदा अस्पतालहरुमा समस्या दखिएको मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए । अहिले सम्म प्रदेश नं ५ मा २ सय संक्रमित पुगेका छन । त्यसैगरी क्वरेन्टाईनमा १८ हजार भन्दा वढि व्यक्त रहेका छन ।

 

अपडेट : 2020-05-23 07:51:27




your-image

Leave a Comment