जेठ १२ २०७७   |  2020 May 25    


बाँकेमा १४ जना थपिए २१ जना निको भए



news

बाँकेमा शुक्रवार थप १४ जना कोरोना पोजेटिभ भेटिएका छन् । यसअघि एक सय जना संक्रमित र एक जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रवार १ जना राप्तीसोनारी र १३ जना नरैनापुरका कोरोना पोजेटिभ थपिएका हुन् । नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै बाँकेका चार वटा स्थानीय तहमा कोरोना पोजेटिभ भेटिइसकेका छन् । नरैनापुर, नेपालगन्ज, खजुरा र राप्तीसोनारीमा कोरोना भेटिएको छ ।

बाँकेमा कुल संक्रमितको संख्या १ सय १५ पुगेको छ । एकको कोभिडका कारण मृत्यु भैसकेको छ । बाँकेमा २१ जना निको भएर शुक्रबार नै घर फर्किएका छन् ।

त्यसैगरी नेपालमा २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएकोमा डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको छ । यस्तै मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।

अपडेट : 2020-05-22 20:23:14




your-image

Leave a Comment