जेठ १२ २०७७   |  2020 May 25    


लापर्वाही गर्ने अस्पताललाई कानुनी कार्वाहीको माग



news

कोरोनाको संक्रमणवाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षीय मृतककी श्रीमतीले लार्पवाही गर्ने अस्पतालमाथि कानुनी कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छन् । उनले आफ्ना श्रीमानको मृत्यु कोरोनाको कारणवाट नभई क्रिमसन अस्पतालको गंभिर लार्पवाहीका कारण भएको भन्दै उपचारको क्रममा लार्पवाही गर्ने अस्पताललाई कानुनी कार्वाही गरि आफुहरुलाई न्यायको माग गरेकी हुन् ।


उनले जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई शुक्रवार निवेदन पठाएकी छन् । मृतककी श्रीमतीले पठाएको निवेदन शुक्रबार नेपाली काँग्रेस गुल्मीका पार्टि सभापति भुवनप्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गर्दैै पीडितको मागलाई सम्बोधन गर्न आग्रह्र गरेका छन् ।

मृतककी श्रीमतीले दिएको निवेदनमा क्रिमसन अस्पतालले आफ्नो गल्ती स्वीकारगरि आगामी दिनमा यस प्रवृतिको गल्ती नगर्ने प्रतिवद्धता व्यक्त गर्नु पर्ने, वृद्ध वुवाआमा र वालवालीकाको जीवन निर्वाहको लागि उचित कोषको व्यवस्था मिलाउनु पर्ने, हालसम्मको सबै उपचार खर्च मिनाह गर्नु पर्ने र मृतकको उचीत दाहसंस्कारको प्रबन्ध मिलाउनु पर्ने लगायत चारबुँदे माग समेत राखेकी छन् ।

कोरोना संक्रमित गुल्मी मदाने गाउँपालिकाका एक पुरुषको उपचारको क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।

अपडेट : 2020-05-22 20:17:51




your-image

Leave a Comment