जेठ १२ २०७७   |  2020 May 25    


बुटवलमा ५० वेडको आइसोलेशन थपियो



news

कोरोना संक्रमित बिरामीलाई राखी उपचारका लागि बुटवलमा ५० वेडको थप आइसोलेसन सेन्टर बनाएको छ ।

बुटवल उपमहानगरपालिकाको पहलमा बुटवल नगरपालिकाका ११ देवीनगरमा रहेको एन्फा एकेडेमीमा आइसोलेसन सेन्टर बनाइएको हो ।

एन्फा एकेडेमीको भवन उपयुक्त देखिएको हुदा त्यसलाई आइसोलेसन सेन्टर बनाइएको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जानकारी दिए । उनले अबको दुई तीन दिनमा आइसोलेसन संचालनमा आउने बताए ।

उनका अनुसार कोरोना परिक्षणमा पोजेटिभ देखिएका बिरामीहरुलाई उक्त सेन्टरमा राखिनेछ । खुल्ला खेलमैदान भएका कारण पनि उक्त ठाउँ सामाजिक दुरी कायम गरेर हिडडुल गर्न र योगा तथा व्यायाम गर्नका लागि निकै उपयोगी हुने ठानिएको छ ।

अव बुटवल उपमहानगरपालिकाले वडा स्तरमा सामुदायिक क्वारेन्टाइनको मोडेलमा काम अघि बढाउन लागेको उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बताए । त्यसरी स्थापना हुने क्वारेन्टाइन, वडा, समुदाय र सम्बन्धित घर परिवारको संयुक्त व्यवस्थापनमा हुने उनको भनाई छ । बुटवल नगरपालिकाको ठेगाना भएर आउनेलाई ति सामुदायिक क्वारेन्टाइनमा राखिने नगरप्रमुख सुवेदीले बताए ।

बुटवल धागो कारखानामा पनि आइसियू सहितको बिशेष कोरोना अस्पताल संचालनमा छ । त्यसैगरी बुटवलको तामनगरमा रहेको कोरियन टेक्निकल इनिष्टिच्यूट १५० बेड र कान्तिमा माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा १५० बेडको व्यवस्था नगरपालिकाले गरिसकेको छ ।

ति दुई क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई योगा अभ्यास शुरु गरिसकिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताए ।

बुटवल धागो कारखानामा पनि आइसियू सहितको बिशेष कोरोना अस्पताल ३८ आइसोालेशन ८ वटा आइसियू संचालनमा छ । थप २०० बेड आइसोलेसन थप्ने निर्णय भइसकेको छ ।

 

अपडेट : 2020-05-23 07:50:33




your-image

Leave a Comment